कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
301

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि कांग्रेसले सोमबार छाया सरकार गठन गरेको हो ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिम छाया सरकारको रुपमा क्रियाशिल रही कार्यसम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् ।
छाया सरकारको मन्त्रालयको जिम्मेवारी पाएका सांसदहरुलाई मन्त्री नभनेर संयोजक भनिएको छ । सरकारका कामकारबाहीको निगरानी गर्नका लागि सरकारमा अनुभव लिइसकेका नेतालाई छाया सरकारको मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

के गर्छ छाया सरकारले ?
सरकारका कामकारवाहीलाई नजिकबाट नियालेर खबरदारी गर्नु छाया सरकारको दायित्व हो । छाया सरकारको कुनै कार्यालय र तलबभत्ता हुँदैन । आफूले पाएको जिम्मेवारीअनुसार सरकारले ल्याउन लागेका कानुन, सरकारले गरेका कामकारवाहीलाई नजिकबाट हेरेर गलत रहेछ भने पहिले नै सुझाव दिन पनि सक्छ छाया सरकारले ।
‘वेस्टमिनिस्टर सिस्टम’ भएका मुलुकहरुमा छाया सरकारको चलन पाइन्छ । यो प्रणाली बेलायतमा विकास गरिएको हो । यसमा संसदीय प्रणालीमार्फत् सरकार बनाउने गरिन्छ । यो शब्दको प्रयोग वेष्टमिनिस्टर प्यालेसको नामबाट रहन गएको हो । पहिला बेलायती राजाको आवास रहेको यो स्थानमा अहिले बेलायती दुवै सदन हाउस अफ कमन्स र हाउस अफ लडर््सका बैठक कक्षहरु रहेका छन् ।
छाया सरकारको प्रचलन भने अष्ट्रेलियाको राजनीतिक प्रणालीमा अनौपचारिक प्रक्रिया अघि बढाउनका लागि १९ औं शताब्दिको मध्यतिर ल्याइएको विभिन्न दस्तावेजहरुमा पाइन्छ । विपक्षीले राखेको तर्कसंगत कुराकोे सुनुवाइ होस् भनेर बेलायतमा पनि यसको प्रयोग भएको हो । पछिल्लो समयमा छाया सरकार बेलायती संसदको एउटा नियमित अंग नै मानिन्छ ।

बक्स
यस्तो छ मन्त्रालयस्तरीय समन्वय समिति
क) उर्जा, जलस्रोत तथा सिँचाइ
(१) ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
(२) सत्यनारायण खनाल
(३) ज्ञानकुमारी छन्त्याल

ख) परराष्ट्र मन्त्रालय
(१) डा. नारायण खड्का, संयोजक
(२) डा. अमेरश कुमार सिंह
(३) दिव्यमणी राजभण्डारी

ग) अर्थ मन्त्रालय
(१) डा. मिनेन्द्र रिजाल, संयोजक
(२) मीना पाण्डे
(३) विनोद कुमार चौधरी

घ) गृह मन्त्रालय
(१) दिलेन्द्रप्रसाद वडू , संयोजक
(२) रमेशजंग रायमाझी
(३) महेन्द्र कुमारी लिम्वू

ङ) सहरी विकास मन्त्रालय
(१) उमाकान्त चौधरी, संयोजक
(२) मीनाक्षी झा
(३) रामबहादुर विष्ट

च) युवा तथा खेलकूद मन्त्रालय
(१) किशोर सिंह राठौर, संयोजक
(२) रंगमति शाही
(३) दुर्गा प्रसाद उपाध्याय

छ) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
(१) मीनबहादुर विश्वकर्मा, संयोजक
(२) विन्दा देवी आले राना
(३) कर्मा घले
ज) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(१) गगन कुमार थापा, संयोजक
(२) उमेश श्रेष्ठ
(३) नमिता कुमारी चौधरी

झ) खानेपानी मन्त्रालय
(१) सुजाता परियार, संयोजक
(२) मिना सुब्बा
(३) नागेन्द्र कुमार राय

ञ) स्वास्थ्य तथा जनसंख्या
(१) पार्वता डि.सी. चौधरी, संयोजक
(२) सीताराम महतो
(३) मोहन आचार्य

ट) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
(१) देवेन्द्रराज कँडेल, संयोजक
(२) प्रकाश स्नेही रसाइली
(३) प्रमिला राई

ठ) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
(१) डा. डिला संग्रौला पन्त, संयोजक
(२) प्रकाश पन्थ

ड) सञ्चार तथा सूचना प्रविधि
(१) बहादुर सिंह लामा, संयोजक
(२) सूर्यबहादुर केसी
(३) विमला नेपाली

ढ) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
(१) लक्ष्मी परियार , संयोजक
(२) प्रमोद कुमार यादव
(३) स्मृति नारायण चौधरी

ण) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
(१) अतहर कमाल मुसलमान, संयोजक
(२) तेजुलाल चौधरी
(३) धन कुमारी खतिवडा

त) कृषि तथा पशुपंक्षी मन्त्रालय
(१) पद्म नारायण चौधरी, संयोजक
(२) अनिता देवकोटा
(३) सरवत आरा खानम हलुवाइनी

थ) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
(१) उमा रेग्मी, संयोजक
(२) लालकाजी गुरुङ्ग
(३) हिरा गुरुङ्ग

द) रक्षा मन्त्रालय
(१) भिमसेनदास प्रधान, संयोजक
(२) अभिषेक प्रताप शाह

ध) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
(१) सञ्जय कुमार गौतम, संयोजक
(२) जीप छिरिङ लामा
(३) देवप्रसाद तिमिल्सिना

न) वन तथा वातावरण मन्त्रालय
(१) राजेन्द्र कुमार केसी, संयोजक
(२) मुक्ता कुमारी यादव

प) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
(१) राधेश्याम अधिकारी, संयोजक