कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
436

नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ ।
काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उनकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।

पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य हुनुभएका उहाँले नेपाल विद्यार्थी सङ्घको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्व रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए । स्व रेग्मीका दुई श्रीमती छन्।