कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६

राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदान हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

187
कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न उनले उम्मेदवारी दर्ता गराएका हुन् । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् । संसद् सचिवालयले मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।

243
कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताएका छन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको मंगलबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गरे ।

268
कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६

सभामुखका लागि उम्मेदवारी दिनुअगावै चर्चामा आएका सापकोटाको राजनीतिक जीवन यस्तो छ । २४ फागुन २०१४ मा सिन्धुपाल्चोकको साविक कुविण्डे गाविस (हाल चौतारा साँगाचोकगढी नगरपालिका–४)मा आमा तीलमायाको कोखबाट जन्मिएका हुन् अग्निप्रसाद सापकोटा । श्रीमती र तीन छोरा रहेको सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । उच्च शिक्षासँगै अध्यापन सुरु गरेका सापकोटा सिन्धुपाल्चोकमा कुशल हेडसरका रुपमा परिचित छन् । अहिले पनि सापकोटालाई जिल्लावासीले अग्नि सरको सम्बोधन गर्छन् । साँगाचोकको जनजागृति माविमा उनले प्रधानाध्यापक चलाएका थिए । उनले १५ वर्ष अध्यापनमा आफ्नो समय बिताएका थिए ।

314
रासस
मंगलबार, माघ ७, २०७६

उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि बाटो खुलेको छ । सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै उनले पदबाट राजीनामा दिएकी हुन् ।

204
मुकेश चौधरी
मंगलबार, माघ ७, २०७६

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेश सरकरको कडा आलोचना भएको छ । सोमबार शुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले सरकारको कडा रुपमा आलोचना गरेका हुन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री बिना लगामका घोडा जस्तै भएको आरोप समेत लगाए । उनले प्रदेश सभाबाट कानुन बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको बताउँदै पहिलो र अन्तिम प्रदेश सांसद् आफूहरु नै हुने खतरा बढेको समेत बताए ।

226
रासस
सोमवार, माघ ६, २०७६

उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट गरिन् । एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उनले बताए । 

302
कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६

राष्ट्रियसभामा सत्ताधारी नेकपा र प्रतिपक्षी राजपा दुवैले आफ्ना उम्मेदवार जिताउन हरसम्भव प्रयास अगाडि बढाइरहेका छन् । प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबीचको राष्ट्रियसभामा भएको समीकरणले आफ्ना उम्मेदवारहरूको जित सुनिश्चित गर्न एक दिनअघि ह्विप जारी गरेको राजपाले नेकपासँग संघीय समाजवादीसँग सम्झौता गरेको छ । पूर्वमन्त्री तथा एमाले नेता रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादीसँग नेकपा र राजपाले सम्झौता गरेको हो । संघीय समाजवादी पार्टीले प्रदेश नम्बर २ मा जितेका स्थानीय जनप्रतिनिधिहरूको मत सत्ताधारी गठबन्धनलाई दिलाउन यो सम्झौता गरिएको हो ।

266
कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

231
केशव समर्पण
आइतवार, माघ ५, २०७६

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहको सरकारबीच समन्वय र सहकार्य नहुँदा काम गर्न निकै अप्ठेरो भइरहेको बताएका छन् । नेपालको संविधानले तीनै तहको सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको कल्पना गरे पनि व्यवहारमा भने लागू हुन नसकेको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

238
कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए । सिफारिस गरिएकामा सत्य निरुपणको अध्यक्षमा डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी रहेका छन् । पदाधिकारी विहीन भएको नौ महिनापछि समितिले नाम सिफारिस गरेको हो ।

252
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

नेवाः सरोकारवालाहरुले सरकारको प्रस्तावित गुठी विधयेक नेवारहरुका लागि स्वायत्त, स्वशासित तथा गुठीमा कसैले हस्तक्षेप गर्न नपाउने नीति आवश्यक रहेको धारणा राखेका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेको ‘सरकारको प्रस्तावित गुठी विधयेक र नेवाः सरोकार’ अन्र्तक्रियामा गुठी विधयेक विरुद्ध एकिकृत  आन्दोलनका संयोजक डा. महेशमान श्रेष्ठले नेवारहरुको गुठीमा कसैले हस्तक्षेप गर्न नपाउने शर्तसहित मात्र गुठी विधयेक स्वीकार गर्ने बताए ।

358
कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे नै रहेको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने, “उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन ।”

294
रासस
बिहिवार, माघ २, २०७६

विद्यार्थी शतीराम रोकायले माइक समातेर यो चर्चित गीत गाउन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै रहेका बालबालिका त रमाए नै, राष्ट्रपति भण्डारी र सहभागी विशिष्ट व्यक्तिको अनुहारमा खुशी छाएको थियो । गीत गाइसकेपछि रोकायले मन नै भएन भने धनको काम नलाग्ने र धनभन्दा मन नै ठूलो हो भन्ने विचार दिएर मञ्चबाट ओझेल पर्दा उनलाई तालीको प्रशंसाको कुनै खडेरी परेन । अर्का विद्यार्थी गोविन्द सार्कीको ‘रेशम फिरिरी...’ धुनमा बाँसुरी बादन, बालबालिकाको अर्काे समूहको ‘च्वाङ्वा ओइ च्याङ्वा..’, ‘चिँ मुसी चिँ’, ‘झुम्रा’,

319
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाभित्रको विवादका कारण तीन महिनादेखि संसद अनिर्णयको बन्दी बनेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले नेकपाभित्रको विवादकै कारण प्रतिनिधिसभाले सभामुख पाउन नसकेको प्रस्ट पारे ।

275