कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

यही महिना काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनको लागि जापानका पुराना तथा स्थापित व्यवसायी महेशकुमार श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । आफू लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएन अभियानमा जोडिँदै आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत् उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन चाहेको उनले बताएका छन् ।

589
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं विश्व सम्मेलनको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । आइतबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले ‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ हुने विश्व सम्मेलनको उद्घाटन १५ अक्टोबरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने निश्चित भएको जानकारी दिए । यस्तै सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

834
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाका पूर्व पत्रकार मरहट्टाले आफ्ना भावी योजनासहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।

782
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

गैरआवासीय नेपाली संघ इजरायलका पूर्व अध्यक्ष, पूर्व आईसिसी सदस्य दिपक प्रसाद ओलीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा उमेदवारी दिने घोषणा गरेका छन् । एनआरएन इजरायलको अध्यक्ष, दुई कार्यकाल एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए इजरायलको वर्तमान कार्यसमितिको संरक्षक समेत रहेका ओलीले इजरायलको अध्यक्ष हुँदा थुप्रै काम गरेका छन् ।

680
कारोबार संवाददाता
सोमवार, आश्विन १३, २०७६

यसै वर्षको अक्टोबरको १५ देखि १७ तारिखमा एनआरएनको विभिन्न पदका लागि निर्वाचन हुदैछ । यसका लागि विभिन्न पदका लागि विभिन्न प्रत्याशीहरुले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । उमेद्वारीको घोषणासँगै उनीहरुले आफ्ना वाचा गर्ने क्रमले पनि निरन्तरता पाएको छ । यससँगै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचीव पदका प्रत्याशी उमेदवार शिव कुमार बरुबालले बडादशैको शुभकामना सहित दुई वर्षे कार्यकालको ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

739
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले मंगलबार लन्डनमा आयोजित सभामा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । आचार्यले ९ सूत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गरेका छन् । तर, आचार्यले काठमाडौंमा अर्को साता एक कार्यक्रमको आयोजना गरी विस्तृत प्रतिबद्धता पत्र जारी गर्ने पनि बताइएको छ ।

755
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

गैर आबासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप–संयोजक पदमा स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्त बहादुर गुरुङले आफ्नो जन्मदिनमा उम्मेदवारी घोषणा गरेका छन् ।

769
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

साउदी अरबमा व्यवसाय गर्दै त्यहीँबाट गैरआवासीय नेपाली संघको यात्रामा २०१३ देखि थालनी गरेका राजेन्द्र अर्यालले एनआरएनए मध्यपूर्व उपसंयोजकको उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका लागि उम्मेद्वारी घोषणा गर्नेको लर्को लागेका बेला हालसम्म भने अर्याल एकल दाबेदारका रुपमा देखिएका छन् ।

1346
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तरराष्ट्रिय समन्वय समितिको आसन्न निर्वाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले उपाध्यक्षको उम्मेदवारी दिने जनाएका छन् ।

1203
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले विज्ञप्ति जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर १५–१७ मा काठमाडौंमा हुँदैछ । एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन् ।

575
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

आगामी अक्टोबर १५–१७ मा काठमाडौंमा हुन गईरहेको एनआरएनए आइसिसिको नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप संयोजक तथा समाजसेवी एवम् बेल्जियमका लाजि पर्यटन बोर्डका मानार्थ पर्यटन दुत शिव कुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद को सचीव पदमा उम्मेद्वारी दिने भएका छन ।

774
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

गैरआवाशिय नेपाली संघको केन्द्रीय अधिवेशन नजिकिदै गर्दा विश्वभर रहेका एनआरएनए सामाजिक अभियान्ताहरुले आ–आफ्नो उमेदवारी घोषणा गर्ने क्रम बढ्दो गतिमा रहेको छ । यसै क्रममा युरोप संयोजकमा समाजसेवी तथा एनआरएनए सामाजिक अभियन्ता एवम् पूर्व स्पेनका लागि नेपाल पर्यटनबोर्डका मानार्थ स्पेन प्रतिनिधि एकराज गिरीले आफ्नो उमेदवारी सामाजिक संञ्चाल मार्फत घोषणा गरेका छन् । युरोप उप संयोजक समेत रहेका गिरीले आफ्नो दुई वर्षे कार्यकालमा विश्व शान्त्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थान लुम्बिनी नगरपालिका र स्पेनको राजधानी म्याड्रिड महानगरपालिका विचमा भगिनी सम्बन्ध स्थापनार्थ महत्वपूर्ण भूमिका खेलेका थिए ।

547
कारोबार संवाददाता
आइतवार, आश्विन ५, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा २ कार्यकाल उपाध्यक्ष पदमा अनुभव हासिल गरेका कुमार पन्तले आगामी चुनावका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षका प्रत्याशी पन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर विश्वभरका गैरआवासीय नेपालीको भावना र मर्मअनुुसार अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको घोषणा गरेको बताए । उनले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, विदेशमा रहेका नेपालीको मताधिकार र गैरआवासीय नागरिकता, दिगो संगठन र व्यापक सहभागितालाई आफ्नो ५ मन्त्रका रूपमा प्रस्तुत गरेका छन् ।

532
कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६

आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका लागि यतिबेला उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । यसै क्रममा मध्यपूर्वका देशहरूमा पनि एनआरएनएको चुनावको चर्चा बढेको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकहितका लागि सरकारबाट मान्यता प्राप्त संस्थाको नजिँकैदै गरेको अधिवेशनलाई गल्फबाट पनि निकै चासोको रुपमा हेरिएको छ । नेपाल छाडेर विदेशमा स्थायी बसोबास गर्ने नेपालीहरूको अवधारणामा सुरु भएको संस्थामा अहिले भने दुई वर्ष नेपाल छोडेर विदेश बसेको नेपाली नागरिक यसको सदस्य बन्न सक्ने हुँदा यसको दायरा फराकिलो हुँदै रोजगारको लागि अत्यधिक नेपाली रहेका गल्फतिर पनि फैलिँदै गएको छ ।

1197
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

कैलालीका राजी परिवार व्यावसायिक कुखुपालनतर्फ आकर्षित भएका छन् । राजी समुदायले जीविकोपार्जनका लागि कुखुरा, बाख्रा, बङ्गुरपालनजस्ता व्यवसाय गर्न थालेका हुन् ।

726