कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्य समिति (एनसीसी) नाइजेरियाले तिहारमा देउसीभैलो खेली जम्मा गरेको रकम टिकापुरका मृगौला पीडित रमेश चौधरीलाई सहयोगार्थ प्रदान गरेको छ ।

732
कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले परराष्ट्र सचिव शंकरदास वैरागीलाई भेटेर ५ वटा समसामयिक विषयमा छलफल गरेको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर गैरआवासीय नेपाली नागरिकता, कालापानी सिमा अतिक्रमण लगायतका पाँच समसामयिक विषयमा छलफल गरेको बताइएको छ ।

518
कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६

पोखराको पुम्दीकोटमा निर्माणाधिन महादेवको मूर्तिसहितको भौतिक संरचना निर्माणका लागि स्पेनबाट सहयोग प्राप्त भएको छ । कास्की समाज स्पेनले मंगलबार पोखरामा मूर्ति निर्माण समितिलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

455
एजेन्सी
मंगलबार, मंसिर १०, २०७६

नेदरल्याण्डको हेगस्थित भारतिय दुताबास अगाडि नेदरल्याण्डबासी नेपालीहरूले अपरान्ह भारतिय हस्तक्षेप विरुद्ध नाराबाजी गरेका छन् । छिमेकी भएर चरम ज्यादती गरेको भारतलाई मित्रवत ब्यवहार गर्न पनि आग्रह गरे स्थानीय प्रहरीले ज्ञापन र नाराबाजी दुबै नगर्न र दुईमा एक गर्न भनेपछि नाराबाजी गर्दै ज्ञापनपत्र हुलाक मार्फत बुझाउने सहभागीहरू बताउँछन् ।

560
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग मिचेको विरोध गर्न विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको छ । संघका महासचिव डा. हेम राज शर्माले शुक्रबार विश्वभर छरिएका एनआरएनएका शाखाहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन् ।

902
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, सचिवालयका पदाधिकारीहरु, सल्लाहकारहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु तथा पूर्व पदाधिकारीहरु समेटेर नयाँ मर्यादाक्रम तोकेको छ ।

677
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

730
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

भारतले जारी गरेको नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति गैर आवासीय नेपाली संघ, जापानको अगुवाईमा शान्तिपूर्ण विरोध -याली आयोजना गरिएको छ । जापान स्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले टोकियोमा शान्तिपूर्ण विरोध -यालीसहित ज्ञापनपत्र बुझाएका हुन् ।

636
कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यका लागि बेलायतबाट ७ जनाको नाम सिफारिस गरिएको छ ।

335
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

वैदेशिक रोजगारमा गएका कुनै कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा आर्थिक सहायता प्राप्त गर्नका लागि अब स्थानिय तहमै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा कातिक १८ गते जारी गरिएको व्यवस्था सबै स्थानिय तहलाई परिपत्र गरेको छ ।

520
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

हङकङमा बस्दै आएका प्रवासी नेपालीहरुले लमजुङका दुईजना मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । लमजुङमा जन्मिएर कामको शिलशिलामा हाल हङकङ बस्दै आएका प्रवासीहरुले आफ्नै जिल्लाका दुईजनालाई आर्थिक सहयोग गरेका हुन् । लमजुङ सेवा समिति हङकङ मार्फत संकलन भएको तिन लाख ५७ हजार नौ सय चार रुपैयाँ जनहि एक लाख ७८ हजार नौ सय ५२ रुपैयाँ दुईजना बिरामीहरुलाई सहयोग गरेका हुन् ।

949
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो ।

534
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा पदाधिकारीहरुसँग भेट गरी संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती सम्बन्धमा छलफल गरेको छ ।

1057
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल र संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

518
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन बोर्डका अध्यक्ष पुष्पराज कँडेलसँग भेट गरेका छन् । भेटमा राष्ट्रिय योजना आयोगले केहि पहिलेमात्र १५ औं राष्ट्रिय योजना तयार पारेको बताउँदै त्यस योजनामा सम्वाहक तथा सहयोगी शक्तिको रुपमा गैरआवासीय नेपालीहरु र नेपालको ख्यातिलाई पहिचान गरी आवश्यक सहकार्य र सहयोगको वातावरण बनाउन आयोग कटिवद्ध रहेको औंल्याउँदै गैरआवासीय नेपालीहरुलाई उपयुक्त भूमिका प्रदान गर्ने र त्यसका लागी आवश्यक बातावरण तयार गर्न आयोग तयार रहेको जानकारी दिए ।

431