कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७
511

टोकियो, जापान-जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार गत महिना आधा शताब्दि भन्दा धेरै समयपछि बिदेशी पर्यटक आगमनमा न्यून रेकर्ड दर्ता भएको छ ।
संगठनका अनुसार गत अप्रिल महिनामा केवल २९ सय बिदेशी पर्यटक जापान भ्रमणमा आएका छन् । बिदेशी पर्यटक आगमनको यो संख्या सन् १९६४ पछिको सबैभन्दा कम हो ।जापानले सन् १९६४ देखी बिदेशी पर्यटक आगमनको तथ्यांक राख्न थालेको र यस बर्षको

अप्रिल महिनामा ५६ बर्षपछि कम पर्यटक आगमन भएको पाईएको छ । गत बर्ष अप्रिल महिनामा २९ लाख २० हजार बढी बिदेशी पर्यटक जापान भ्रमणमा आएका थिएको तथ्यांकमा उल्लेख छ ।
गत बर्षको तथ्यांकलाई हेर्दा यो बर्षको अप्रिल महिनामा बिदेशी पर्यटकको जापान भ्रमण ९९.९ प्रतिशतले घटेको छ । यो संख्या गत मार्च महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ९३ प्रतिशतले गिरावट आएको थियो । पर्यटक आगमनमा ह्रास आएका कारण जापानको आन्तरिक अर्थव्यवस्थामा गम्भिर प्रभाव पर्न सुरु भएको छ । नयाँ कोरोना भाइरस संक्रमणको असरपछि गत महिनाबाट जापानले अमेरिका सहित
युरोपियन देशबाट समेत जापान प्रवेशमा रोक लगाएको छ ।

गोकर्ण अधिकारी