कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
991

टोकियो - जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि आगामी अप्रिलबाट जापान प्रवेश थप कठिन हुने भएको छ । जापानले नेपाली विद्यार्थीहरुले भिषा आवेदन गर्दा अतिरिक्त कागजात बुझाउनुपर्ने नियमसहित कागजातमाथि कडाइका साथ चेकजाँच गर्ने भएको छ ।
जापानको अध्यागमन कार्यालयले जारी गरेको नयाँ नियमानुसार आगामी अप्रिल

इन्टेकदेखि भिषा आवेदनमा थप कडा प्रावधानहरु लागू हुनेछ । जापानको विद्यार्थी भिषा प्रक्रिया कडाइ पारिने देशहरुको सूचीमा नेपाल सहित भियतनाम, चीन, म्यानमार, श्रीलंका, बंगलादेश र मंगोलिया रहेका छन्।कडाइ गरिएका यि देशका विद्यार्थीहरुको जापानमा अध्ययन भन्दा काम,शरणार्थी आवेदन, अवैधानिक बसाई, गैरकानुनी क्रियाकलापमा संलग्नता आदिबढेपछि भिषामा कडाइ गरिएको बताइएको छ । नेपालबाट भिषा आवेदन गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश भएको पाईएकाले पनि त्यसमा थप कडाई गरिन लागिएको जनाइएको छ ।
यसैगरि बैंक मौज्दात, पारिवारिक आर्थिक अवस्था आदि समेत फर्जी कागजात बनाएर पेश गरेको पाइएको बुझिन्छ । यसबाहेक पारिवारिक गलत नाता प्रमाणित कागजात, आर्थिक अवस्था बढी देखाउन अस्वाभाविक आम्दानीको श्रोत पेश गरेको प्रमाण जापानी अधिकारीहरुले फेला पारेका छन् ।
जापानमा धेरै विद्यार्थी आउने गरेका नेपाल सहित ७ देशमाथिको यो कडाइ ८० देशमाथि लागू हुने छ । विद्यार्थी भिषा आवेदन कडाईमा परेका देशहरुमा अफगानिस्तान, बंगलादेश,भुटान, कम्बोडिया, ईजिप्ट, ईथियोपिया, घाना, हाईटी, भारत, ईण्डोनेशिया,
केन्या, माली, मंगोलिया, म्यानमार, पाकिस्तान, श्रीलंका, सिरिया, सुडान,यमन, जिम्बाबे लगायत रहेका छन् ।

गोकर्ण अधिकारी