कारोबार संवाददाता
बुधवार, मंसिर १८, २०७६
487

 नेपालको राष्ट्रिय संग्रहालय र ओमानको राष्ट्रिय संग्रहालयका बीच द्विपक्षीय समझदारीपत्रमा ओमानको राष्ट्रिय संग्रहालयमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ ।
सोमबार समझदारीपत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्रहालय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले हस्ताक्षर गरेका छन् । नेपाल र ओमानको राष्ट्रिय संग्रहालयका बिचमा एकअर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरिएको छ ।