कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
419

गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, सचिवालयका पदाधिकारीहरु, सल्लाहकारहरु, राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु तथा पूर्व पदाधिकारीहरु समेटेर नयाँ मर्यादाक्रम तोकेको छ ।
पुरानो मर्यादाक्रम खारेज गर्दै संघले नयाँ मर्यादाक्रम निर्धारण गरेको हो । संघका महासचिव डा. हेमराज शर्माका अनुसार मर्यादाक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षदेखि पन्जिकृत सदस्यहरु सम्म समेटिएको छ । तर मर्यादाक्रममा जे लेखिए पनि राष्ट्रिय समन्वय परिषद्का कार्यक्रमहरुमा सभापतित्व गर्ने, त्यस देशका अन्य संस्थामा प्रतिनिधित्व गर्ने जस्ता स्थानीय प्रकृतिका कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् अध्यक्षले नेतृत्व गर्ने डा. शर्माले जनाए ।
नयाँ मर्यादाक्रम अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसि) का अध्यक्ष सबै भन्दा अघि रहेका छन् । यसैगरी क्रमशः आईसिसि संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षकहरु, पूर्व अध्यक्षहरु, कार्यकारी सचिवालयका पदाधिकारीहरु र अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गठन गरेका उच्चस्तरीय समितिका सदस्यहरु जस्तै– अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त विशेषज्ञहरुको समितिहरु रहेका छन् । यसपछि आईसिसि सम्वद्व र मानार्थ सदस्यहरु, परिषद्का सल्लाहकारहरु, परिषद्का पूर्व संरक्षकहरु, परिषद्का कार्यालय पदाधिकारीहरु (कार्यकारी सचिवालय पदाधिकारीहरु) बाहेकका रहेका छन् ।