कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६
934

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । पन्त जर्मनीका व्यवसायी हुन्। निर्वाचन समितिको औपचारिक घोषणा भने अझैँ बाकी छ । निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो। ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए।