एजेन्सी
मंगलबार, भदौ ३, २०७६
483

स्पेन-केन्या प्रहरीले सामुद्रिक तटअवस्थित शहर माम्बासामा लागू औषध कारोबारको गरेको आशंकामा नेपाली मुलकी सुस्मिता कार्कीलाई छानविन पछि त्यहाँको अदालतले रिहा गरेको छ ।
केन्यामा लागू औषध कारोबारको निम्ति कुख्यात भारतीय मूलका उच्च घरानाको ब्यापारी अलि पुन्जानीको घरबाट गिरफ्तार कार्कीले आफूलाई पुन्जानीकी श्रीमती भएको दावी गरेकी छिन् ।

माम्बासाको न्यालीमा अवस्थित भब्य बंगालामा पुलिसले छापा मार्दा सँगै पक्राउ परेका शिव प्रसाद वस्यालपनि संगै रिहा भएका छन् ।
नैरोबीमा अवस्थित नेपाली कन्सूलको कार्यालयमा कार्यरत एडिथले जनाए अनुसार उनीहरु दुवैजना नेपाली भएको पुष्टि समेत गरेका छन् । तीन दिनको हिरासत पछि उनीहरु पुलिसको निगरानीमा रहने गरी रिहा भएको त्यहाँको संञ्चार माध्यमहरूले जनाएका छन् । रिहाइ भएपछि उनीहरु सकुशल र सुरक्षित छन् समेत रहेको त्यहाँ स्थीत नेपाली दुतावासले समेत जनाएको छ ।
भारतीय अभिनेत्री किम शर्माका पूर्व पति पुन्जानीको आकाश परिवार केन्यामा निकै ठूलो चर्चित ब्यापारिक घराना भएको बताइएको छ । भारतीय मूलका यी तीन भाइको पहुच त्यहाँको सरकारको माथिल्लो तहसम्म रहेको श्रोतको दावी समेत रहेको छ ।
दक्षिण अमेरिकाबाट अफ्रिकामा लागू औषध र हतियारको ओसारपसारको अभियोगमा अमेरिकी गुप्तचर निकाय एफबिआइले यिनका दुई भाइहरु बक्तास र इब्राहिमलाई केन्याबाट पक्रेर अमेरिका लगेको संञ्चार माध्यमहरूले जनाईएको छ । अमेरिकी जेलमा कैदबन्दी विताइरहेका उनीहरु अहिले अदालतको अन्तिम फैसलाको पर्खाइमा बसेका छन् ।
अलि पुन्जानी भने मुटुको अपरेशनका लागि भन्दै भारतमा केहि समय देखि बस्दै आएका छन् ।
केन्याका रेस्टुरेन्ट एण्ड बारहरूमा नेपाली चेलीहरु पुर्याएर बेश्यावृत्तिमा समेत लगाइने गरेको समाचार सार्वजानिक भएपछि नेपाल सरकार र गैर आवासीय नेपाली संघको पहलमा गत महिना मात्रै नैरोबीबाट नेपाली चेलीहरुको सकुशल उद्दार गरिएको थियो ।