कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६
429

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) लक्जेम्वर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत भएका छन् । हालै सम्पन्न एनसिसिको पाँचौं अधिवेशनले कार्यसमिति अध्यक्षमा खत्रीलाई सर्वसम्मत चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा विमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिवमा यम बहादुर खत्री, सचिवमा विश्वजित बहादुर थापा, कोषाध्यक्षमा युद्ध बहादुर थापा, सहकोषाध्यक्षमा नारायण प्रसाद दवाडी, महिला संयोजकमा दुर्गा केसी थापा, युवा संयोजकमा नवजित न्युरे र सदस्यहरुमा विष्णु खत्री, चंगु नारायण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोले गुरुङ, प्रेम गोले, सरस्वती थापा र यम बहादुर थापालाई चयन गरिएको छ । यसैगरी परिषद्को प्रवक्तामा बालहरि राई र आईसीसी सदस्यमा बालकृष्ण सापकोटा चयन भएका छन् ।