कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
321

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) युगान्डाको अधिवेशन शनिबार सम्पन्न भएको छ । अधवेशनबाट अध्यक्षबाहेक अन्य पदका लागि निर्विरोध कार्यसमिति चयन भएका छन् । १५ सदस्यीय कार्यकारी समितिमा उपाध्यक्षमा प्रेम श्रेष्ठ, महिला उपाध्यक्षमा तारा गिरी, महासचिवमा कमल दत्त भट्ट, सचिवमा धनराज गिरी, कोषाध्यक्षमा सन्जिव शर्मा, सहकोषाध्यक्षमा कल्पना अर्याल गैरे, महिला संयोजकमा वर्षा आचार्य क्षेत्री शर्मा, युवा संयोजकमा तेजेन्द्र विवश तथा प्रवक्तामा निमेष श्रेष्ठ निर्वाचित भएका छन् ।