कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
657

यूएईका लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख महम्मद बिन रशीद अल मक्तुमसमक्ष आइतबार आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै यूएईका प्रधानमन्त्री शेख अल मक्तुमले सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको सम्बन्धको विकास र नागरिकको हितमा सदैव आफू र आफ्ना मन्त्रालयले समन्वय गर्ने बताए । गत माघ २९ गतेदेखि यूएईका लागि राजदूत नियुक्ति भएका ढकाल फागुनको अन्तिम सातादेखि यूएई आएर कार्यभार सम्हाल्दै आएका छन् ।