कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

कैलालीका राजी परिवार व्यावसायिक कुखुपालनतर्फ आकर्षित भएका छन् । राजी समुदायले जीविकोपार्जनका लागि कुखुरा, बाख्रा, बङ्गुरपालनजस्ता व्यवसाय गर्न थालेका हुन् ।

261
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

गैरआवासयि नेपाली संघ (एनआरएनए) मलेसियाको आईसिसी सदस्यमा विश्व राई चयन भएका छन् । एनआरएएन मलेसियाको छैटौ अधिवेशनबाट यसअघि नै आइसिसी सदस्यमा महेन्द्रजंग शाह, र टेकबहादुर टमोटा निर्वाचित भइसकेका थिए । यससँगै मलेसियाबाट आइसिसी सदस्यमा तीन जना चयन भएका छन् ।

179
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको चुनाव नजिक आएसँगै विश्वका विभिन्न क्षेत्रमा छरिएर रहेका राष्ट्रिय समन्वय समिति (एनसिसि) को चुनाव पनि अन्तिम चरणमा पुगेको छ । एनसिसिको चुनाव लगभग अन्तिम चरणमा पुगेसँगै विधान अनुसार केन्द्रीय निर्वाचनमा प्रतिनिधित्व गर्ने सदस्यहरुको टुंगो लाग्नेछ । यसका साथै आईसीसीमा उमेदवारी दिने आकांक्षीको समेत चर्चा शुरु भएको छ । आईसीसी निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न देशमा एनसिसिको चुनाव पनि लगभग अन्तिम चरणमा पुगेको छ ।

253
कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

गैरआवासीय नेपाली र नेपालको बारेमा स्वदेश तथा विदेशमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गर्न उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ का लागि आवेदन आह्वान गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ । विश्वको कुनै पनि कुनामा रहेर मातृभूमि नेपाल र नेपालीका लागि पत्रकारिता मार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो ।

298
एजेन्सी
बुधवार, भदौ २५, २०७६

गैरआवासीय नेपाली संघ संघ राष्ट्रिय समन्वय समिति स्पेनको अध्यक्षमा दिनेश गुरूङ (देउकाजी) विजयी भएका छन् । आइतबार क्षेत्रिय समितिहरू ग्रान क्यानरीया,पाईसभास्को विलबाउ तथा म्याड्रिडमा र सोमबार बार्सिलोनामा भएको निर्वाचनमा पेशल कुमार कोइरालालाई १ सय २४ मतले पराजित गर्दै विजयी भएका हुन् । कोइरालाको ५ सय ७२ मत ल्याएका थिए भने गुरुङको ६ सय ९६ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा उत्तर कुमार राईले ७ सय ३१मत ल्याएर सहित विजयी भएका छन् ।

595
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

एनआरएनए स्पेनको आशन्न छैठौं अधिवेशनले स्पेन चुनावीमय बनेको छ । सेप्टेम्बर दोस्रो साता हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा दिनेश गुरूङ (देउकाजी) र पेशल कुमार कोइराला बिच कडा प्रतिस्पर्धा हुने भएको छ । गुरुङ एनआरएनए स्पेनको पुर्व महासचिब तथा विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरेको अनुभव सहित आफ्नो कार्ययोजना अनुसार अध्यक्षमा दावि गरेका छन् ।

777
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष हिक्मत थापाले वर्ष २०१९–२०२१ को लागि अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । थापा एनआरएनए नाइजेरियाको संस्थापक अध्यक्ष समेत रहिसकेका छन् ।

1167
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सरोकारवालासँगको छलफलाई तीव्रता दिएको छ । कार्यक्रमको कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार नीतिनिर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार, अर्थशास्त्री, सरकारका उच्च अधिकारी तथा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल गरेको छ ।

361
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

गैरआवासीय नेपाली संघको केन्द्रीय सहकोषाध्यक्षमा रसियाबाट गोविन्द्र प्रसाद गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ युरोपका सहसंयोजक समेत रहेका गौतमले अन्तर्राष्ट्रिय भाषा–साहित्य सम्मेलनमा भाग लिन अमेरिका पुगेका बेला केन्द्रीय सहकोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका संसार न्युजले जनाएको छ ।

217
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच रक्तदानसम्बन्धी सम्झौता भएको छ । रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर विश्वका २३ भन्दा बढी देशहरुमा रक्तदान सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले एनआरएनएसँग सम्झौता गरेको हो ।

222
कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको दुई भातृ संगठन प्रवासी नेपाली मञ्च तथा नेपाली प्रगतिशिल मञ्च स्पेन विधिवत रुपमा एकता भएको छ । दुई संगठनका अध्यक्ष सहितको पूर्ण कार्यसमितिको उपस्थितिमा संयोजकमा हेम शेर्पा र सचिवमा अशोक किरण न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको एकता घोषणा सभामा उपस्थित नेपाली जनप्रगतिशिल मञ्चका पुर्व युरोप महासचिव गंगा भुषालले बताए ।

390
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको २०१९–२०२१ कार्यकालका लागि दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई ९ सय ३४ को फराकिलो मतलले पराजित गरेका हुन् । मुक्तदाले २ हजार ६० मत प्राप्त गरेका थिए ।

415
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

गैरआवासीय नेपाली संघ यूएईमा सुदीप कार्कीले युवा संयोजकका लागि उमेदवारी दिने घोषणा गरेका छन् ।

396
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डमा नयाँ कार्यसमिति चयन भएको छ । एनआरएनए थाइल्याण्डको अधिवेशनले सर्वसम्मत रुपमा पुनः असाजिता अवालेको नेतृत्वमा नयाँ राष्ट्रिय समन्वय समिति चयन गरेको हो ।

353
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राजनीतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचारप्रसार गर्न नपाइने जनाएको छ । २०१९–२०२१ कार्यकालको लागि विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद्हरुमा महाधिवेशनका साथै नयाँ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रकृया सुरु भइरहेको बेला सो अनुरोध गरिएको हो । यस सम्बन्धमा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय महाधिवेशन सम्बन्धि नियमावली २०१९ को धारा ५.१२ अनुसार राजनीतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न वा प्रचारप्रसार गर्न पाइने छैन भनेर सूचना जारी गरेको छ ।

380