कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

जुम्लाबाट प्रदेश तथा राष्ट्रिय स्तरमा पदक पाउने र राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीहरुलाई पहिलो पटक सम्मान गरिएको छ । खेलाडीहरुलाई खेल क्षेत्रमा प्रवर्धन गर्न जिल्ला खेलकुद खेलकुद विकास समिति जुम्लाले प्रदेश तथा राष्ट्रियमा सहभागि ४२ जना खेलाडीहरुलाई सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिले एथेलेक्टीक तर्फका १८ जना, फुटबलतर्फका १३ जना, कराते तेक्वान्दो तर्फ ८ जना, बक्सीङ तर्फ १ जना, तथा १० जना प्रशिक्षक सहित ५२ जनालाई जुम्लामै पहिलो चोटी सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरम बहादुर महतले जानकारी दिए ।

662
कारोबार संवाददाता
बिहिवार, श्रावण ९, २०७६

नेपालमा बसोबास गर्ने विभिन्न समुदायको आ–आफ्नै भाषा, कला, संस्कृति चाडपर्व मनाउने परम्परा छ । लिम्बू समुदायले पनि छुट्टै मौलिक पर्वहरु मनाउने गरेका पाइन्छ । यसमध्येको एक हो, सिसेक्वा ताङ्नाम । हरेक वर्ष साउन एक गते यो पर्व मनाइन्छ ।

865
कारोबार संवाददाता
बिहिवार, श्रावण ९, २०७६

गत वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा विगत १६ वर्षदेखि त्रिपिटक बाचन भइरहे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष त्रिपिटक गुन्जिएको थियो । लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गतवर्षको कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक समितिका संयोजक भिक्षु मैत्रेय महास्थबिरले जानकारी दिए ।

1325
गोपाल पोखरेल
बिहिवार, श्रावण ९, २०७६

साउन महिना सुरु हुनेबित्तिकै सदरमुकाम गाईघाट, तथा कटारी, बेल्टार, जलजलेलगायतका व्यापारिक बजारमा हरियो र पहेलो चुरा तथा मेहेन्दीको बिक्री बढेको छ । साउन महिनामा महिलाले हरियो तथा पहेँलो चुरा, पोते र मेहेन्दी लगाउने गरेका बजार माग बढेको हो । हिन्दू धर्म अनुसार विवाहित महिलाले साउन महिनामा नारीमा हरिया चुरा र हातमा मेहेन्दी लगाएमा आफ्नो श्रीमानको आयु लामो हुने र अविवाहितहरुले राम्रो श्रीमान पाउने विश्वास गरिन्छ । यही परम्परागत मान्यताकै कारण यो महिनामा हरिया चुरा र मेहेन्दी लगाउने महिलाको

829
सागर परियार
बिहिवार, श्रावण ९, २०७६

केही वर्ष अघिसम्म वैशाख, जेठ, असार र मंसिरमा कर्णालीका गाउँबस्ती मागलमय हुन्थे । छोरा जन्मिँदा, विवाह, व्रतबन्ध तथा ठूलो रोपाइँमा पञ्चेबाजा र मागलको ताल गुन्जिन्थ्यो । वर्षमा चार पटक कर्णालीका मठमन्दिरमा हुने पूजामा पनि मागल अनिवार्य हुन्थ्यो । कर्णालीमा राजनीतिक दलका नेता पुग्दा पनि मागल र पञ्चेबाजाबाटै स्वागत सत्कार गरिन्थ्यो । विभिन्न अवसरमा गाइने मागलको महत्व तथा विशेषता थुप्रै छन् ।

1346
कारोबार संवाददाता
मंगलबार, श्रावण ७, २०७६

आइतबार सम्पन्न फेस अफ मारवाडीको उपाधि पुरुषतर्फ मिस्टर मारवाडी–२०१९ को धरानका राहुल अग्रवालले जितेका छन् भने महिलातर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् ।

1185
रजनी श्रेष्ठ
बिहिवार, श्रावण २, २०७६

टिकटक एउटा मोबाइल एप हो । एस एपबाट फरकफरक प्रकारको संगीत अथवा कुनै बोलीमा ओठ चलाएर (लिप्सिङ) गरेर ३ देखि १५ सेकेन्डसम्मको भिडियोबाट आफ्नो प्रतिभा र हास्यकला देखाउनुका साथै सामाजिक सञ्जालमा राख्न पनि सकिन्छ । यदि आफ्नै आवाजमा छुट्टै बनाउने हो भने यस एपमा ६० सेकन्डसम्मको भिडियो बनाउन सकिन्छ । टिकटकको नाममा सुरु हुनुभन्दा अघि म्युजिकल्लीको नाममा प्रचलित भएको यो एपले पहिले नै लोकप्रियता हासिल गरिसकेको थियो । सन् २०१७ मा बाइट डान्सले यस कम्पनी किनेको थियो ।

1282
सागर परियार
बिहिवार, श्रावण २, २०७६

कुन्जाङ पुटिक तामाङ चन्दननाथ नगरपालिका–२ मा बस्छिन् । दशक पहिलेसम्म उनीसँग कमाउने कुनै मेसो थिएन । उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो । के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो । उनको न कमाइ खाने जग्गा थियो, न त कुनै व्यवसाय नै । सधैं भोको पेट कसरी भर्ने भन्ने चिन्ता हुन्थ्यो । भाडाको सानो कोठामा जाँडरक्सी बनाउन थालिन् । ठीकै आम्दानी त भयो तर समाजले उनलाई जाँड बेच्ने भनेर होच्याउन थाल्यो । धारो छुँदा पनि विभेद गर्न थाले ।

1066
मेगराज खड्का
बिहिवार, श्रावण २, २०७६

फूल देखेपछि सबैको मन हुरुक्क हुन्छ । चुमौं कि शीरमा सिउरिदिउँ कि भन्नेमात्र लाग्दैन, फूलको वरिपरि डुलिरहेका माहुरी, पुतलीको दृष्यावलोकन गरिरहुँ पनि लाग्छ । कार्यालय, घर तथा अन्य पार्कहरुमा सुन्दर वाताबरण बनाउन पछिल्लो समय फूलखेती गर्ने गरिएको छ ।

847
कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६

फेस अफ मारवाडीको दोस्रो संस्करण होटल डेल अन्नपूर्ण, दरबारमार्गमा हुन गईरहेको आयोजकले जनाएका छन् । पेज थ्रि सर्भिसेज तथा पेज थ्री हाउटे कोन्टुर फेस अफ मारवाडी प्रतियोगिताका जन्मदाता हुन् ।

854
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

यस वर्षको गणतन्त्र दिवस मनाउने क्रममा सबैभन्दा अग्रभागमा रुकुमका महिलाहरु नै पञ्चेबाजासहित नाच्दै थिए । गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले खलंगादेखि सेरी गाउँसम्म गरेको प्रभातफेरीमा जिल्लामा महिलाहरुलाई पञ्चेबाजा बजाउने जिम्मा दिइएको थियो ।

946
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित ‘अग्निदहन’ उपन्यास लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले उपन्यासको विमोचन गरेकी थिइन् । वरिष्ठ मनोचिकित्सक डा. देशराज बहादुर कुँवर, इथियोपियाका लागि नेपाली राजदूत राजेन्द्र गिरी तथा समाजसेवी भुवनेश्वर शर्माको उपस्थिती रहेको थियो । लोकार्पण पश्चात् वरिष्ठ साहित्यकारहरुले उक्त उपन्यासका बारेमा समालोचना प्रस्तुत गरेका थिए ।

719
कृञ्जला पुलामी
बिहिवार, असार २६, २०७६

कमलामाई नगरपालिका–४ ढकाल गाउँका विश्वम्भर लामिछानेको घर जराबुटा कलाले सिंगारिएको छ । उनले रुखका जराहरूलाई कलाको माध्यमबाट विभिन्न स्वरुप र आकार दिएका छन् । बुद्धको जन्म, नारी बन्धन र मुक्ति, पासाङ ल्हामू र तेञ्जिङ नोर्गेले हिमाल चढेको, हामी एक हौं, नेपालको राष्ट्रिय चरा डाँफे, आदि मानव, पृथ्वीनारायण शाह, भानुभक्त, भृकुटीलगायतका व्यक्तिहरूका आकृति लामिछानेको कला संग्रहालयमा देख्न सकिन्छ ।

714
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

सुन–चाँदी तथा हीराका उत्कृष्ट डिजाइनहरूको बृहत् कलेक्सन रहेको जेजे ज्वेलर्स (एमेरल्ड प्रालि) ले नाचघर, जमलमा आयोजित मिसेस आदिवासी जनजाति–२०७६ प्रायोजन गरेको जनाएको छ ।

804
मेगराज खड्का
बिहिवार, असार १९, २०७६

रुकुम पूर्व र पश्चिममा मगर समुदायको ठूलो चाड भूमे नाचको रमझम सकिएको छ । मगर समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका गाउँगाउँमा यस्तो नाच नाच्ने गरिएको छ भने रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको खलंगा सहिद मैदानमा पनि भूमे नाच नाच्ने गरिएको छ ।

854