कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६

फेस अफ मारवाडीको दोस्रो संस्करण होटल डेल अन्नपूर्ण, दरबारमार्गमा हुन गईरहेको आयोजकले जनाएका छन् । पेज थ्रि सर्भिसेज तथा पेज थ्री हाउटे कोन्टुर फेस अफ मारवाडी प्रतियोगिताका जन्मदाता हुन् ।

605
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

यस वर्षको गणतन्त्र दिवस मनाउने क्रममा सबैभन्दा अग्रभागमा रुकुमका महिलाहरु नै पञ्चेबाजासहित नाच्दै थिए । गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले खलंगादेखि सेरी गाउँसम्म गरेको प्रभातफेरीमा जिल्लामा महिलाहरुलाई पञ्चेबाजा बजाउने जिम्मा दिइएको थियो ।

688
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

विज्ञान कथाकार तथा पत्रकार लोकमणि पौडेलद्वारा लिखित ‘अग्निदहन’ उपन्यास लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले उपन्यासको विमोचन गरेकी थिइन् । वरिष्ठ मनोचिकित्सक डा. देशराज बहादुर कुँवर, इथियोपियाका लागि नेपाली राजदूत राजेन्द्र गिरी तथा समाजसेवी भुवनेश्वर शर्माको उपस्थिती रहेको थियो । लोकार्पण पश्चात् वरिष्ठ साहित्यकारहरुले उक्त उपन्यासका बारेमा समालोचना प्रस्तुत गरेका थिए ।

581
कृञ्जला पुलामी
बिहिवार, असार २६, २०७६

कमलामाई नगरपालिका–४ ढकाल गाउँका विश्वम्भर लामिछानेको घर जराबुटा कलाले सिंगारिएको छ । उनले रुखका जराहरूलाई कलाको माध्यमबाट विभिन्न स्वरुप र आकार दिएका छन् । बुद्धको जन्म, नारी बन्धन र मुक्ति, पासाङ ल्हामू र तेञ्जिङ नोर्गेले हिमाल चढेको, हामी एक हौं, नेपालको राष्ट्रिय चरा डाँफे, आदि मानव, पृथ्वीनारायण शाह, भानुभक्त, भृकुटीलगायतका व्यक्तिहरूका आकृति लामिछानेको कला संग्रहालयमा देख्न सकिन्छ ।

575
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

सुन–चाँदी तथा हीराका उत्कृष्ट डिजाइनहरूको बृहत् कलेक्सन रहेको जेजे ज्वेलर्स (एमेरल्ड प्रालि) ले नाचघर, जमलमा आयोजित मिसेस आदिवासी जनजाति–२०७६ प्रायोजन गरेको जनाएको छ ।

557
मेगराज खड्का
बिहिवार, असार १९, २०७६

रुकुम पूर्व र पश्चिममा मगर समुदायको ठूलो चाड भूमे नाचको रमझम सकिएको छ । मगर समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका गाउँगाउँमा यस्तो नाच नाच्ने गरिएको छ भने रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको खलंगा सहिद मैदानमा पनि भूमे नाच नाच्ने गरिएको छ ।

648
कारोबार संवाददाता
बिहिवार, असार १२, २०७६

काठमाडौं । नेपाली कलाका विभिन्न शैली, विषय र माध्यम समेटिएका चित्र तथा मूर्तिको प्रदर्शनी चलिरहेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा पाका पुस्तादेखि बालबालिकाका कलाकृति राखिएका छन् ।

699
मेगराज खड्का
बिहिवार, असार १२, २०७६

रुकुम । विकास प्रकृयासँगै विश्वका विभिन्न सहरमा धेरै ठूला र अग्ला महलहरु बनिरहेका छन् । नेपालकै संघीय राजधानी काठमाडौं तथा मोफसलका ठूला सहरमा पनि अग्ला महलहरु बन्ने क्रम जारी छ । ग्रामीण क्षेत्रमा भने गाउँले परिवेशका कलात्मक रुपमा बनेका घरले सबैको मन तान्ने गरेका छन् । परम्परागत तरिकाले माटो, ढुंगा र काठबाट बन्ने यस्ता कलात्मक घरहरु पछिल्लो समय सहरिया देखासिकीपछि लोप हुने क्रममा पनि छन् ।

848
कारोबार संवाददाता
सोमवार, असार ९, २०७६

विराटनगरमा सम्पन्न तेस्रो नोबेल मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज चुमेकी हुन् । प्रमुख निर्णायक गणेश बज्राचार्यले सोधेको ‘भाषा बाँचेमात्रै जाति बाँच्छ भन्ने प्रश्नलाई कसरी पुष्टि गर्नुहुन्छ ?’ भनेर सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै उनले ताज जितेकी हुन् । उदास सञ्चारकर्मीसमेत हुन् । उपाधिसँगै उदासले टिभीएस कम्पनीको स्कुटी, ज्योति इन्स्योरेन्सको तर्फबाट ५ लाख रुपैयाँ बराबरको जीवन बिमा, क्राउन हात पारिन् ।

639
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

काठमाडौं । आर्ट अफ लिभिङ पोखराले यही जेठ ६ गते शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा योग शिविरको आयोजना गर्न लागिएको आर्ट अफ लिभिङ पोखराका संयोजक विश्वमोहन अधिकारीले बताए ।

830
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

काठमाडौंस्थित भारतीय राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तथा राजदूतावासका पदाधिकारी लगायत सोलुखुम्बु जिल्लाको महिला तथा युवा समूहका सदस्यहरु, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ्ग र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यू होटलका कर्मचारी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो ।

801
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

गाउँघरको सांस्कृतिक गतिविधिमा विविधता छ । चाडवर्ष तथा मेला महोत्सवहरूमा सहर बजारको जस्तो साउन्ड सिस्टमबाट गीत बजाउने चलनले अझै पूर्ण रुपमा मिचिसकेको छैन । मेला महोत्सवहरूमा अझै पनि प्राचीन मौलिक गीतसंगीत तथा नृत्य देख्न सकिन्छ ।

795
कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६

किराती नव–सांस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको राष्ट्रिय नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ । केन्द्रका संयोजक राकेश किरातीले किराती समुदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

1193
कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६

किराँत येले सम्बत् ५०७९ औँ को अवसरमा किराँत राईहरुको उभौंली साकेला पर्व भोजपुरमा धुमधामका साथ सम्पन्न भएको छ । किराँत मुन्दुमी मान्यताअनुसार भूमीपूजक किराँत राई समुदायले बेँसी खेतमा अन्नबाली लगाएर प्रकृतिलाई राम्ररी फलोस्, विपत्ति आइनपरोस् भन्ने कामना गर्दै उभौंली पर्व मनाउने गरेका छन् ।

663
कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६

बूकवर्म फाउन्डेसनको आयोजनामा महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा रजस्वला उत्सव मनाइएको छ । कार्यक्रमको उद्देश्य महिनावारीप्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याई यसलाई हेरिने घृणाभावलाई उत्सवमा बदल्नु रहेको थियो ।

896