कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

देशभरबाट आएका किशोर–किशोरीहरूको शानदार प्रतिक्रियापश्चात हामी हर्सोल्लासका साथ ‘वाईवाई ग्लोकल टिन हिरो–२०१९’ का लागि छनोटमा परेका उत्कृष्ट ६ प्रतिस्पर्धीको नाम शनिबार घोषणा गरेका छौं ।

342
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

श्रम तथा पुँजी उपार्जन आज राज्यको आवश्यक्ता भइसकेको छ । जसका लागि कठिन संघर्षसहित लगनशील हुनुपर्ने यथार्थ बुझिसकेका अमृत जब नुवाकोटबाट पिपुल्स कलेजमा स्नातक तह अध्ययन गर्न पसे, त्यस बेला सुनका गहनामा कला कोर्ने बानी बस्यो । यही कलालाई पेसाका रूपमा पछयाउँदै अमृतले सुनका गहनामा यो कला देखाउँदै, बालाजुको माछा पोखरीस्थित गोल्डन राइज ज्वेलर्स नामक शोरुम सञ्चालनमा सफल भएका हुन् । त्यसो त नेपाली हातेकला कुदिएका सुन–चाँदीका गहना विदेशी बजारमा अत्यधिक मन पराइने वस्तुमध्ये पर्न सफल हुँदै गएको छ ।

486
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

पोखराको व्यस्त बजार बुद्धविशाल बजार तथा पाखिलेचोक क्षेत्रमा यस वर्षको तायाः मचा नृत्य प्रतियोगिता तामझामका साथ हुने भएको छ । नेवारी कला, संस्कृति, भेषभूषाको संरक्षण गरी पर्यटन प्रबद्र्धनमा थप टेवा पुराउने उद्देश्यले पोखराको व्यस्त बजार बुद्धविशाल बजार क्षेत्रकै सडकमै यस बर्षको तायाः मचा नृत्य प्रतियोगिता यही साउन ३१ देखि ३२ गतेसम्म हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

468
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

तीज भन्नेबित्तिकै महिलाहरूले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै र युवतीहरूले राम्रो वरको आशमा ब्रत बस्ने पर्वको हो भन्ने बुझिन्छ । तर, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका रानाथारु समुदायका महिला तथा युवतीहरूले मनाउने तीजको उद्देश्य फरक छ । उनीहरूले दाइभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निर्जला ब्रत बस्छन् । रानाथारु समुदायमा श्रावन शुक्ल तृतीयामा तिजियागुडिया (तीज) मनाउने चलन छ ।

673
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही साउन २७ गतेदेखि मुक्तिनाथ यार्तुङ महोत्सव हुने भएको छ । धार्मिक, सांस्कृतिक, साहसिक तथा खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जनैपूर्णिका पर्वको अवसरमा मनाइने उक्त महोत्सव यस वर्ष यही साउन २७ देखि ३० गतेसम्म रानीपौवा गाउँमा मनाइने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

691
रासस
बिहिवार, श्रावण १६, २०७६

पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरू पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’

524
प्रकाश लम्साल
बिहिवार, श्रावण १६, २०७६

देशका विभिन्न ठाउँमा सुरुङमार्गका महत्वाकांक्षी परियोजना प्रस्ताव गरिएका छन् । कतिपय ठाउँमा निर्माण कार्य चलिरहेको पनि छ । सय वर्षअघि एसियामा नै पहिलो पटक नेपाली इन्जिनियरले बनाएको सवारी साधन गुड्ने सुरुङमार्ग अहिले पनि देख्न सकिन्छ । बारा र मकवानपुरको सिमानामा पर्ने चुरे पहाड छेडेर सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले नेपाली श्रमिकहरू प्रयोग गरी उक्त सुरुङमार्ग बनाएको बताइन्छ ।

837
कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६

जुम्लाबाट प्रदेश तथा राष्ट्रिय स्तरमा पदक पाउने र राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीहरुलाई पहिलो पटक सम्मान गरिएको छ । खेलाडीहरुलाई खेल क्षेत्रमा प्रवर्धन गर्न जिल्ला खेलकुद खेलकुद विकास समिति जुम्लाले प्रदेश तथा राष्ट्रियमा सहभागि ४२ जना खेलाडीहरुलाई सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिले एथेलेक्टीक तर्फका १८ जना, फुटबलतर्फका १३ जना, कराते तेक्वान्दो तर्फ ८ जना, बक्सीङ तर्फ १ जना, तथा १० जना प्रशिक्षक सहित ५२ जनालाई जुम्लामै पहिलो चोटी सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरम बहादुर महतले जानकारी दिए ।

507
कारोबार संवाददाता
बिहिवार, श्रावण ९, २०७६

नेपालमा बसोबास गर्ने विभिन्न समुदायको आ–आफ्नै भाषा, कला, संस्कृति चाडपर्व मनाउने परम्परा छ । लिम्बू समुदायले पनि छुट्टै मौलिक पर्वहरु मनाउने गरेका पाइन्छ । यसमध्येको एक हो, सिसेक्वा ताङ्नाम । हरेक वर्ष साउन एक गते यो पर्व मनाइन्छ ।

736
कारोबार संवाददाता
बिहिवार, श्रावण ९, २०७६

गत वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा विगत १६ वर्षदेखि त्रिपिटक बाचन भइरहे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष त्रिपिटक गुन्जिएको थियो । लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गतवर्षको कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक समितिका संयोजक भिक्षु मैत्रेय महास्थबिरले जानकारी दिए ।

851
गोपाल पोखरेल
बिहिवार, श्रावण ९, २०७६

साउन महिना सुरु हुनेबित्तिकै सदरमुकाम गाईघाट, तथा कटारी, बेल्टार, जलजलेलगायतका व्यापारिक बजारमा हरियो र पहेलो चुरा तथा मेहेन्दीको बिक्री बढेको छ । साउन महिनामा महिलाले हरियो तथा पहेँलो चुरा, पोते र मेहेन्दी लगाउने गरेका बजार माग बढेको हो । हिन्दू धर्म अनुसार विवाहित महिलाले साउन महिनामा नारीमा हरिया चुरा र हातमा मेहेन्दी लगाएमा आफ्नो श्रीमानको आयु लामो हुने र अविवाहितहरुले राम्रो श्रीमान पाउने विश्वास गरिन्छ । यही परम्परागत मान्यताकै कारण यो महिनामा हरिया चुरा र मेहेन्दी लगाउने महिलाको

629
सागर परियार
बिहिवार, श्रावण ९, २०७६

केही वर्ष अघिसम्म वैशाख, जेठ, असार र मंसिरमा कर्णालीका गाउँबस्ती मागलमय हुन्थे । छोरा जन्मिँदा, विवाह, व्रतबन्ध तथा ठूलो रोपाइँमा पञ्चेबाजा र मागलको ताल गुन्जिन्थ्यो । वर्षमा चार पटक कर्णालीका मठमन्दिरमा हुने पूजामा पनि मागल अनिवार्य हुन्थ्यो । कर्णालीमा राजनीतिक दलका नेता पुग्दा पनि मागल र पञ्चेबाजाबाटै स्वागत सत्कार गरिन्थ्यो । विभिन्न अवसरमा गाइने मागलको महत्व तथा विशेषता थुप्रै छन् ।

731
कारोबार संवाददाता
मंगलबार, श्रावण ७, २०७६

आइतबार सम्पन्न फेस अफ मारवाडीको उपाधि पुरुषतर्फ मिस्टर मारवाडी–२०१९ को धरानका राहुल अग्रवालले जितेका छन् भने महिलातर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् ।

770
रजनी श्रेष्ठ
बिहिवार, श्रावण २, २०७६

टिकटक एउटा मोबाइल एप हो । एस एपबाट फरकफरक प्रकारको संगीत अथवा कुनै बोलीमा ओठ चलाएर (लिप्सिङ) गरेर ३ देखि १५ सेकेन्डसम्मको भिडियोबाट आफ्नो प्रतिभा र हास्यकला देखाउनुका साथै सामाजिक सञ्जालमा राख्न पनि सकिन्छ । यदि आफ्नै आवाजमा छुट्टै बनाउने हो भने यस एपमा ६० सेकन्डसम्मको भिडियो बनाउन सकिन्छ । टिकटकको नाममा सुरु हुनुभन्दा अघि म्युजिकल्लीको नाममा प्रचलित भएको यो एपले पहिले नै लोकप्रियता हासिल गरिसकेको थियो । सन् २०१७ मा बाइट डान्सले यस कम्पनी किनेको थियो ।

959
सागर परियार
बिहिवार, श्रावण २, २०७६

कुन्जाङ पुटिक तामाङ चन्दननाथ नगरपालिका–२ मा बस्छिन् । दशक पहिलेसम्म उनीसँग कमाउने कुनै मेसो थिएन । उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो । के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो । उनको न कमाइ खाने जग्गा थियो, न त कुनै व्यवसाय नै । सधैं भोको पेट कसरी भर्ने भन्ने चिन्ता हुन्थ्यो । भाडाको सानो कोठामा जाँडरक्सी बनाउन थालिन् । ठीकै आम्दानी त भयो तर समाजले उनलाई जाँड बेच्ने भनेर होच्याउन थाल्यो । धारो छुँदा पनि विभेद गर्न थाले ।

782