कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५, लाइतको एक युवा क्लबले दसैतिहारमा मयुर नाच नाची संकलन भएको रकम विद्यालयलाई सहयोग गरेको छ । स्थानीय समाज परिवर्तन युवा क्बलले दसैतिहारको अवसरमा वडाका घरघरमा मयुर नाच नाचेर संकलन गरेको १ लाख ३७ हजार रकमबाट व्यवस्थापन खर्च कटाएर बचत भएको ८३ हजार रकम स्थानीय जनस्थापना आधारभूत विद्यालयलाई सहयोग गरिएको क्लबका सहसचिब टेकबहादुर खड्काले जानकारी दिए ।

967
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् । सो उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे । यो मन्दिर काठमाडौं जिल्लाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ ।

677
सागर परियार
बिहिवार, कार्तिक २१, २०७६

तातोपानी गाउँपालिका–२ का गोरे चनारा ढाल नाचका नाइके थिए । विभिन्न अवसरमा विजय उत्सवका रुपमा नाचिने ढाल नाचलाई चनारा जहाँ पनि प्रस्तुत गर्थे । उनको उमेर ढल्किँदै गएपछि छोरा चैते चनाराले सिके ढाल नाच । खस सभ्यता र शक्तिशाली खस राज्यको सफलताको प्रतिक ढाल नाचलाई गोरे चनाराका छोरा चैते चनाराले पनि केहि वर्ष निरन्तरता दिए ।

1100
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

इलाम सूर्योदय नगरपालिकामा रहेको देशकै एकमात्र लाप्चा संग्रहालय बेवारिसे अवस्थामा पुगेको छ । भवन मात्र निर्माण भएर अन्य काम नभएपछि संग्रहालय बेवारिसे अवस्थामा पुगेको हो ।

1998
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

भक्तपुरको मध्यपुर थिमिस्थित निगु पुखू क्षेत्रमा एकदिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पु-याउने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना भएको हो । दिवेश प्रधानको संयोजन तथा शंखधर एसोसिएसन अफ फाइन आर्टले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरभित्रका मूर्त र अमूर्त सम्पदा क्यानभासमा समेटिनु स्थानीय सरकारको लागि उपलब्धि भएको दाबी गरे ।

603
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ संघले वर्षेनी उक्त महोत्सव गर्दै आएकामा यसवर्ष १३औँ संस्करणको महोत्सव गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

1025
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

प्रविण निरौला लिखित ‘तिरस्कृता’ लोकार्पण भएको छ । राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, विशेष अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, लेखक प्रविण निरौला र लेखन कुन्जका अध्यक्ष कमल ढकाल, साहित्यकार नर्वदेश्वरी सत्याल, साहित्यकार अनिल पौडेलले संयुक्त लोकार्पण गरेका थिए ।

579
रजनी श्रेष्ठ
बिहिवार, कार्तिक १४, २०७६

केही वर्षयता नेपालमा ट्याटु फस्टाइरहेको छ । सबै वर्ग र उमेर समूहका व्यक्तिले ट्याटु मन पराउने गरेका छन् । तर विशेषगरी युवा पिँढीमा निकै नै लोकप्रिय छ ट्याटु । देश विदेशबाट धेरै जना नेपालमा ट्याटु बनाउन आउँछन् । अन्तराँष्ट्रिय स्तरमा पनि नेपालले ठाउँ पाइरहेको छ ।

1096
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

यही महिना अमेरिकाको न्यूयोर्कमा पहिलो पटक आयोजना हुन लागेको ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ को उत्कृष्ट दश मनोनयन सार्वजनिक गरिएको छ । जम्मा १८ विधा रहेको यस अवार्डमा उत्कृष्ट दशमा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागि छनोट हुनेछन् । जसका लागि निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ ।

790
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस) द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले यही शुक्रबार आफ्नो डब्लुएक्सवाईजेड बारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त लाइभ एट अलफ्टको एक विशेष संस्करणद्वारा राजधानीको रात्री जीवनमा चमक थप्ने भएको छ । यो महिना लाइभ एट अलफ्टले नेपाल आइडल सिजन २ का फाइनलिस्टहरुको रोमाञ्चक पर्फर्मेन्स होस्ट गर्ने भएको छ ।

655
सागर परियार
बिहिवार, कार्तिक ७, २०७६

कर्णालीका गाउँ, भेग, क्षेत्रपिच्छे नै भिन्नै खालका कला संस्कृति तथा रहन सहन छन् । धान रोप्दा, बाली भित्र्याउँदा, वनपाखा जाँदा, गाई चराउन जाँदा, छोरा हुँदा विवाह गर्दा, जात्रा लाग्दा, साउने संक्रान्ति, विसुँवा पर्व, मागि पर्व लगायत पर्वहरुमा कर्णालीमा गाईने गीत लगाउने रहन सहन सबै भिन्नै खाले छ । करिब १७ लाख ७० जनसंख्या रहेको कर्णालीका घरघरमा आ–आफ्नै कला संस्कृति रहेका छन् । जात भाषा धर्म, परम्परा, भेग क्षेत्रसँग जोडिएको मौलिक संस्कृति पुस्तान्तरणको अभावमा लोप हुँदै गएको छ ।

996
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि निर्माणकर्ताले छलफल गरिरहेका छन् ।

525
कारोबार संवाददाता
बुधवार, कार्तिक ६, २०७६

चौंथो विश्वमहिला सम्मेलनको २५ औं वार्षिकोत्सवका उपलक्ष्यमा समानान्तर राष्ट्रिय प्रतिवेदन तयारीका सिलसिलामा आयोजित बेइजिङ्गप्लस २५ को राष्ट्रिय समीक्षा कार्यक्रम२० बुँदे काठमाडौं घोषणा–पत्रजारी गर्दै कात्तिक ५ गते मंगलबार सम्पन्नभएको छ । सातै प्रदेसका महिलाअधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन महिलाबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले गरेकीथिईन ।

607
दीपेन्द्र थापा
बिहिवार, आश्विन १६, २०७६

दशैँ सुरु भएसँगै काठमाडौं उपत्यका सुनसान हुन्छ । लाखौं उपत्यकाबासी दसैं मनाउन घर फर्कन्छन् । कोहीले घुमघामको योजना बनाएका हुन्छन् । दसैंको केही दिन बिदा घुमेर रमाइलो गरी मनाउने योजना राम्रै पनि हो । काठमाडौंमै बस्नेका लागि नजिकका केही गन्तव्य छन् जहाँ केही दिन रमाइलोसँग बिताउन सकिन्छ ।

1460
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ यही असोज ११ गते सार्वजनिक हुने भएको छ । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

1140