कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

‘पठन संस्कृतिको पूर्वाधार : पुस्तकालयको विकास र विस्तार’ नाराका साथ यस वर्षको १२ औं पुस्तकालय दिवस मनाइने भएको छ । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ । पुस्तकालय दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गर्ने तयारी सरकारको छ ।

654
प्रगति ढकाल
बिहिवार, भदौ १२, २०७६

नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ की गजकुमारी पुलामी उमेरले ८० लाग्नै लागिन् । वृद्ध अवस्था । घरबाहिरको काम गर्न सक्दिनन् । उनी भन्सामा खाना पकाउन भने जेनतेन सक्छिन् । ‘नगरेर क्यार्नु, खान त परिहाल्यो,” अगेनाका दाउरा ठोस्दै भन्छिन्, “इ.... आगै बल्दैन, दाउरा चि..सा छन्, बर्खा त गाह्रो बनाम्च, धुवाँले आँखै उघार्न सक्दिन ।”

779
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

किताब यात्रा प्रालि र केसिएल अस्ट्युट क्यापिटलबीच आफ्ना ग्राहक, सेयरधनी र कर्मचारीलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षीय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

550
रजनी श्रेष्ठ
बिहिवार, भदौ ५, २०७६

नेवार समुदायलाई खानाको सोखिन मानिन्छ । परम्परादेखि नै नेवार समुदाय खानेकुराको विविधताका लागि प्रख्यात छ । नेवारी परिकार अन्य समुदायका मानिसले पनि मन पराउने गरेका छन् । यस्ता छन् केही नेवारी परिकार ।

1056
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

डायमण्ड स्टार फिल्म इन्टरटेनमेन्ट र भिसा पार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वल्र्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ । यस प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वल्र्ड मिस युनिभर्सिटिमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न ६० देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छिन् ।

515
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

काक्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा आएको छ । पुस्तकको लोकार्पण वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य र निरौला पत्नी बिनालगायतले गरेका थिए ।

500
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

स्वस्थ रहन सन्तुलित खानपिनमात्र नभएर शारीरिक व्यायामको पनि जरुरत पर्छ । व्यायाम पनि अनेक प्रकारका छन् । पछिल्लो समय व्यायामको नयाँ शैली विकास भएको छ । त्यो हो, पानीमा गरिने व्यायाम । यसलाई अक्वा फिटनेस भनिन्छ । ललितपुरको झम्सीखेलस्थित भिभान्ता काठमाडौं होटलमा अक्वा फिटनेस उपलब्ध छ । यो एक किसिमको शारीरिक व्यायाम हो । यसमा स्विमिङ पुलभित्र संगीतको तालमा एरोबिक, एक्वा, जुम्बा, पानी योग आदि गरिन्छ । गर्मीको मौसममा यो व्यायामलाई विदेशतिर प्रख्यात फिटनेसका रुपमा लिइन्छ ।

510
कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६

भारतको ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौंस्थित भारतीय राजदूतावासले साउन ३० गते भद्रकालीस्थित सैनिक सभामण्डवमा विश्वविख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिका रुपमा उपस्थित थिए ।

405
सागर परियार
बिहिवार, भदौ ५, २०७६

जुम्लामा जनै पूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण शुक्ल प्रतिपदाका दिनदेखि जात्रा शुरु हुन्छ । कर्णालीकै लामो तथा ठूलो यो जात्रा कर्णालीकै ऐतिहासिक र सांस्कृतिक जात्रा हो । जुम्लामा जनै पूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण शुक्ल प्रतिपदाका दिनदेखि जात्रा शुरु हुन्छ । कर्णालीकै लामो तथा ठूलो यो जात्रा कर्णालीकै ऐतिहासिक र सांस्कृतिक जात्रा हो ।

309
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

१८० औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर गरिएको ‘फेस फोटो आर्ट कन्टेस्ट–२०१९’ विनर इलाम जमुनाकी निलम गुरुङ भएकी छन् । उनले उपाधिसँगै भिबो ९० सी एन्ड्रोइड फोनसहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र पाएकी छन् । प्रतियोगिताको फस्ट रनर्सअफ रीता श्रेष्ठ, सेकेन्ड र सेकेन्ड रनर्सअफ भावना खपाङ्गी घोषित भएका छन् ।

409
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

सुन्धारास्थित सिभिल मलले भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस्–२०१९’ का उपविजेता प्रितम आचार्यलाई सम्मान गरेको छ । सम्मान समारोहमा आचार्यलाई सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले पनि उपहार प्रदान गरेका थिए ।

406
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

देशभरबाट आएका किशोर–किशोरीहरूको शानदार प्रतिक्रियापश्चात हामी हर्सोल्लासका साथ ‘वाईवाई ग्लोकल टिन हिरो–२०१९’ का लागि छनोटमा परेका उत्कृष्ट ६ प्रतिस्पर्धीको नाम शनिबार घोषणा गरेका छौं ।

285
कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६

श्रम तथा पुँजी उपार्जन आज राज्यको आवश्यक्ता भइसकेको छ । जसका लागि कठिन संघर्षसहित लगनशील हुनुपर्ने यथार्थ बुझिसकेका अमृत जब नुवाकोटबाट पिपुल्स कलेजमा स्नातक तह अध्ययन गर्न पसे, त्यस बेला सुनका गहनामा कला कोर्ने बानी बस्यो । यही कलालाई पेसाका रूपमा पछयाउँदै अमृतले सुनका गहनामा यो कला देखाउँदै, बालाजुको माछा पोखरीस्थित गोल्डन राइज ज्वेलर्स नामक शोरुम सञ्चालनमा सफल भएका हुन् । त्यसो त नेपाली हातेकला कुदिएका सुन–चाँदीका गहना विदेशी बजारमा अत्यधिक मन पराइने वस्तुमध्ये पर्न सफल हुँदै गएको छ ।

363
कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६

पोखराको व्यस्त बजार बुद्धविशाल बजार तथा पाखिलेचोक क्षेत्रमा यस वर्षको तायाः मचा नृत्य प्रतियोगिता तामझामका साथ हुने भएको छ । नेवारी कला, संस्कृति, भेषभूषाको संरक्षण गरी पर्यटन प्रबद्र्धनमा थप टेवा पुराउने उद्देश्यले पोखराको व्यस्त बजार बुद्धविशाल बजार क्षेत्रकै सडकमै यस बर्षको तायाः मचा नृत्य प्रतियोगिता यही साउन ३१ देखि ३२ गतेसम्म हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

439
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

तीज भन्नेबित्तिकै महिलाहरूले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै र युवतीहरूले राम्रो वरको आशमा ब्रत बस्ने पर्वको हो भन्ने बुझिन्छ । तर, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका रानाथारु समुदायका महिला तथा युवतीहरूले मनाउने तीजको उद्देश्य फरक छ । उनीहरूले दाइभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निर्जला ब्रत बस्छन् । रानाथारु समुदायमा श्रावन शुक्ल तृतीयामा तिजियागुडिया (तीज) मनाउने चलन छ ।

640