कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६

थारु जातिको परस्परागत रुपमा लोप हँुदै गएको संस्कृति संरक्षणका लागि कञ्चनपुरमा थारु संग्रहालयको स्थापना गरिएको छ । शुक्लाफाँटा नगरपालिका–८ मा थारु संग्रहालय स्थापना गरिएको हो ।

835
मनिषा चम्लागाईँ
बिहिवार, माघ ९, २०७६

ठूलो क्षेत्रफल । चारैतिर पोखरी । जोकोहीलाई लोभ्याउने हेभन वाटर पार्क । पूर्वकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको काख । १६ बिघा पोखरीमा रहेका थरिथरिका अर्गानिक माछा । माछाका ५२ प्रकारका परिकार । माछाको स्वादसँगै हेभन पार्कको दृश्यपानमा रमाउनुको मज्जा छुट्टै । माछाको स्वाद लिनैका लागि हेभन पार्क पुग्ने आन्तरिक साथै बाह्य पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ । झापामा विभिन्न परियोजना सञ्चालनका लागि होस् तथा घुमघामका सिलसिलामा आउने प्रायःको रोजाइमा हेभन पार्कको माछा पर्छ ।

1642
कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६

मानवशास्त्री प्राध्यापक डा. डोरबहादुर विष्टको प्रख्यात पुस्तक ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा ‘भाग्यवाद र विकास’ लाई मानवशास्त्री बिहारीलाल श्रेष्ठले विमोचन गरे । पुस्तकको नेपाली अनुवादको विमोचन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा. जगमान गुुरुङले आफू विष्टको मानसपुत्र भएता पनि विष्टको बाहुनवादसँग भने आफ्नो फरक विचार रहेको जनाए ।

897
कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा शुक्रबार नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको भव्य उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

526
लक्ष्मण ढुंगाना
बिहिवार, माघ २, २०७६

पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक छाएको छ । माघी शुरु हुन केही साता अगाडि नै बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरका थारु गाउँ संगीतमय भएका छन् । विगतको समीक्षा र आगामी वर्षको योजना गर्दै मनाइने माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत लिने गर्छन् । नयाँ वर्षमा नयाँ उमंगका साथ नाचगान रमाईलो गर्ने र परम्परागत भेषभुषा पहिरनमा नृत्य गर्ने चलन छ ।

709
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

नेवारी समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस वर्ष पनि पोखरामा मिस नेवाः पोखरा ११४० हुने भएको छ । नेवारी समुदायको भाषा र संस्कृति संरक्षण गर्दै अनुज पुस्तालाई नेवारी सुमदायको बारेमा जागरण गराउन उक्त प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागेको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।

463
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

लमजुङको मध्यनेपाल नगरपालिकामा माघको तेस्रो साता महोत्सव हुने भएको छ । नेपालकै मध्यभागमा पर्ने मध्यनेपाल–२, सोतिपसलमा पर्यटन वर्षलाई लक्षित गरी दोस्रो रिस्ती उपत्यका महोत्सव हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गरी माघको १७ देखि २६ सम्म महोत्सव हुने जानकारी गराएको हो । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै रिस्ती उपत्यकाको कला सँस्कृति, पर्यटन, व्यापारलगायतको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक सीता शाहीले बताइन् । ओझेलमा परेको रिस्ती उपत्यकाको पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको संयोजक शाहीको भनाइ छ ।

453
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

सयौं वर्ष पहिलेदेखि एक गौरवमय धार्मिक इतिहास बाकेको बराहादह प्राकृतिक सम्पदाको प्रमुख स्थल पनि छ । धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचार–प्रसारका लागि विगतका केही वर्षहरूदेखि मेला आयोजना गर्दै आइरहेको शीतगंगा–९ का वार्ड अध्यक्ष भिम केसीले बताए । धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तुलगायतका विभिन्न जिल्लाबाट पुस मसान्तामा बास बस्न भक्तजनहरू आउने गर्छन् ।

579
कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६

नेपालको प्राकृतिक सम्पदाको विश्वमा प्रवद्र्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेसन रनवे’ हुने भएको छ । फेसन रनवे जनवरी २६ का दिन हुन लागेको हो ।

1002
कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६

सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले बुधबारको खेलमा १००औँ गोल गरेका हुन् ।

488
कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६

सिन्धुलीको न्यू इंग्लिस बोर्डिङ स्कुलमा बुधबारदेखि अन्तरिक्षसँगै जोडिएका विभिन्न प्रयोग सम्बन्धित कार्यशाला सुरु भएको छ । जापानको कुसु इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत नेपालको पहिलो नानो भू–उपग्रह बनाउने आभार मास्के र हरिराम श्रेष्ठको विशेष पहलमा यो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक दिबोध लामिछानेले बताए । कार्यशाला शनिबारसम्म जारी हुनेछ ।

497
मुकेश चौधरी
बिहिवार, पुष २४, २०७६

पश्चिम नेपालको तराईका थारु बस्तीहरुमा ‘माघ’ अथवा ‘माघी पर्व’ को रौनक छाएको छ । तर पछिल्ला वर्षहरुमा पहिलेको भन्दा फरक शैलीको रौनक छ । केही वर्ष पहिलेसम्म माघ महिना नजिकिँदै गर्दा गाउँ गाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गरी माघी मनाउने तयारी गर्नेको लहर गाउँ गाउँमा देखिन्छ ।

896
कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६

फोटो जर्नलिस्ट क्लब नेपालले विगत ७ वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले पुस २० गते आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता घोषणा गरेको हो ।

519
कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले ब्राण्डिङ शो सुरु गरेको छ । ‘ब्राण्ड स्टोरी’ नामक उक्त शोमा नेपाली ब्राण्डको समग्र जीवन कथा भनिने कम्पनीले जनाएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त शो उद्घाटन गरेका थिए । नेपाल टेलिकमले प्रायोजन गरेको शो उद्घाटन कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, डीआईजी विश्वराज पोखरेल लगायत उपस्थित थिए ।

615
कारोबार संवाददाता
शुक्रवार, पुष १८, २०७६

चीनको ग्वान्जाउमा आयोजित ‘मिसेस युनिभर्स २०१९’मा नेपालकी प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगितामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।

705