कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

यही शुक्रबार र शनिबार विराटनगरमा ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ अभियानको दोस्रो कार्यक्रम आयोजना हँुदैछ । कार्यक्रमको आकर्षणका रूपमा विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा विकाश जोशीद्वारा निर्देशित प्रविधि नाटक ‘मिरा मिराज’ मञ्चन गरिनेछ भने मण्डलाको मोबाइल थिएटर बसमा आधा सुरको सांगीतिक समूह जिरो सर्कल इन्टरटेनमेन् लगायत स्थानीय ब्याण्डहरूले कन्सर्ट गर्नेछन् ।

1424
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

केही समययता मौसमअनुसार नयाँ डिजाइनका पहिरनको माग बढ्दो छ । जाडो मौसममा विभिन्न किसिमका न्याना ज्याकेट, पाइन्ट, थर्मकोटलगायत भुवादार कपडाको माग बढी हुने गरेको छ । जाडो मौसममा प्रयोगमा आउने विभिन्न किसिमका न्याना पहिरन बिक्री बढिरहेको व्यवसायीहरू बताउँछन् । जाडो याममा युवा, महिला, पुरुष तथा बच्चाबच्चीले गर्ने ड्रेसपको चाहनालाई मध्यनजर राख्दै चीन, भारत, थाइल्याण्ड, मलेसिया तथा कोरियाबाट पनि नेपालमा रेडिमेड कपडाहरू ल्याउने गरेको व्यवसायीको भनाइ छ ।

2041
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

ध्रुव बुढाथोकीले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१७ को उपाधि जितेका छन् । प्रोस्टाइल ड्यान्ड्रफ कन्ट्रोल तेल तथा हेयर क्रिमको उत्पादक तथा बजार व्यवस्थापन कम्पनी डाबर नेपालले शुक्रबार हयात रिजेन्सीमा आयोजित तथा कान्तिपुर एचडी च्यानलद्वारा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमकाबीच विजेताको घोषणा गरेको जनाएको छ ।

1355
कारोबार संवाददाता
बिहिवार, पुष १३, २०७४

युनिलिभरको प्रसिद्ध साबुन ब्राण्ड लिरिलले आयोजना गरेको ‘लिरिल फ्रेस फेस’को उपाधि हिसिला महर्जनले प्राप्त गरेकी छन् । लिरिल फ्रेस फेस सिजन ४ को विजेताको उपाधिका साथ महर्जनले गद पुरस्कार १ लाख र हिरो डुएट स्कुटर जित्न सफल भइन् ।

1606
कारोबार संवाददाता
बिहिवार, पुष १३, २०७४

काठमाडौं । केही समययता नेपाली राजनीतिमा मःम ले निकै स्थान पायो– ‘नेपालीहरू रेस्टुरेन्टमा गएर मेनु सबै हेर्छन् तर अन्तमा मःम, चाउमिन नै अर्डर गर्छन् ।’ मःम अर्थात् नेपालीको सबैभन्दा मन पर्ने खाजा । पछिल्लो समय निकै राम्रो व्यवसायको रूपमा पनि अगाडि आएको छ मःम ।

4146
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१७ को उपाधिका लागि भिड्दै गरेका १६ जना प्रतियोगीले मंगलबार डाबर नेपालको बनेपास्थित नर्सरी भ्रमण गरेका छन् । यो भ्रमणमा प्रतियोगीहरूले ग्रीन हाउसभित्रको कामका साथै डाबर नेपालले गर्दै आएको सामाजिक कार्यका बारेमा पनि जानकारी लिए । डाबर नेपालको नर्सरीका प्रमुख डा. पंकज राठुरीले डाबर नेपालले ईको प्रणालीलाई संरक्षण र कायम गर्नका लागि विलुप्त हुन लागेका र दुर्लभ वनस्पतिहरूको खेती कसरी हुन्छ भन्ने जानकारी प्रदान गरे ।

1228
कारोबार संवाददाता
शुक्रवार, पुष ७, २०७४

विश्व प्रसिद्ध साबुनको ब्रान्ड लिरिलको उत्पादक युनिलिभरले आफ्नो रियालिटि शो, लिरिल फ्रेस फेसमार्फत ब्रान्डको जीवन्तता र ताजापनलाई प्रतिनिधित्व गर्नका लागि यस कार्यक्रमले खोज गर्ने क्रममा ‘लिरिल फ्रेस फेस’को चौथो संस्करण दर्शकहरूका लागि अझ बढी रोमाञ्चक बनाएको छ ।

1056
दीननाथ बराल
बिहिवार, पुष ६, २०७४

अध्ययन भिसामा सिंगापुर पुगेका पद्म बहादुर थापाले सिंगापुरमै नेपाली कला, संस्कृति र भेषभुषा झल्किने गरी गोर्खा प्यालेस रेस्टुरेन्ट संचालन गर्दै आएका छन् । भिज्युअल कम्युनिकेसन ग्राफिक डिजाइन कोर्स पूरा गरेका सिंगापुरका स्थायी बासिन्दा (पिआर) थापाले विदेशमा पनि स्वदेशको झल्को आउने भएकाले नेपालीपन झल्कने रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।

2038
कारोबार संवाददाता
मंगलबार, पुष ४, २०७४

शिखर सुजले भृकुटीमण्डपमा भएको क्रेजी मेलाको अपार सफलतापछि अब छुटेका ग्राहकहरूलाई ध्यानमा राखी यसपटक आफ्नो निम्न लिखित शोरुमहरूमा ‘शिखर

2480
कारोबार संवाददाता
बिहिवार, मंसिर २८, २०७४

दक्षिण अफ्रिकाकी २२ वर्षीय सुन्दरी डामी लेगा नेल पिटर्स यस वर्षको ‘मिस युनिभर्स’ घोषित भएकी छिन् । मिस युनिभर्सको ताज जित्ने उनी ५७ औं प्रतियोगी हुन् । गतवर्ष फ्रान्सकी आइरिस मित्तेनायरले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । पिटर्सले यस वर्ष विश्वका ९२ सुन्दरीलाई उछिन्दै ‘मिस युनिभर्स’ बन्न सफल भएकी हुन् । उक्त प्रतियोगितामा पहिलो रनरअप कोलम्बियाकी लाउरा गोन्जालेज भइन् भने दोस्रो रनरअपको उपाधि जमैकाकी डाभिना बेनेटले जितिन् ।

1065
कारोबार संवाददाता
बिहिवार, मंसिर २८, २०७४

काठमाडौं, पोखरा, चितवनलगायत पर्यटकीय गन्तव्यका होटलहरू यतिबेला क्रिसमसको स्वागतको निम्ति केक मिक्सिङमा व्यस्त छन् । काठमाडौंको ठमेलस्थित पर्यटकीय गन्तव्यमा यतिबेला क्रिसमसको रमझम छाइसकेको छ ।

1036
एजेन्सी
बिहिवार, मंसिर २८, २०७४

यस वर्षको मिस वल्र्डको ताज भारतकी मानुषी छिल्लरले जितेकी छन् । चीनको सान्या सिटी एरेनामा आयोजित ६७ औं मिस वल्र्ड प्रतियोगितामा विश्वभरका ११८ सुन्दरीलाई उछिन्दै भारतकी मानुषीले ताज आफ्नो पोल्टामा पारेकी हुन् । नेपालका तर्फबाट मिस नेपाल निकिता चान्डकले प्रतिस्पर्धा गरेकी थिइन् ।

1855
गोपाल संग्रौला
आइतवार, मंसिर २४, २०७४

कक्षा १२ सम्मलाई नै विद्यालय तह मानेपछि ११ र १२ कक्षालाई पनि समेट्ने गरी नयाँ छात्रवृत्ति कार्यक्रम लागू गरिएको छ । सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई वार्षिक रूपमा २४ हजारसम्म नगदसहितको नयाँ छात्रवृत्तिको योजना लागू गरेको हो ।

1306
कारोबार संवाददाता
बिहिवार, मंसिर २१, २०७४

नेपालकै दुर्लभ तथा पुरानो संस्कृति झल्काउने नाच हो हुड्केली । डोटेली संस्कृतिमा आधारित भई सुदूर पहाडका जिल्लाहरूमा नाचिने यो नाच सुदूरपश्चिम क्षेत्रमा निकै चर्चित छ । सुदूर तथा मध्य पश्चिमका केही ठूला सांस्कृतिक कार्यक्रममा हुड्केली नाचको प्रस्तुति गरिन्छ । हुड्केली नाचले समग्र नेपालीको पहिचानलाई पनि झल्काउने हुनाले यसको महिमा बढ्दै गएको छ । तर, हुड्केली नाच्नेहरू भने संस्कृतिको जगेर्ना गर्नुको साटो बिर्सन थालेका छन् ।

1719
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

काठमाडौंबाट ७० किलोमिटरको दूरीमा रहेको मलेखु बजार माछा बजारको उपनामले समेत चिनिन्छ । मलेखु बजार राजधानी जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्गमा पर्छ । त्यसकारण पनि निजी सवारीसाधनमा राजधानी भित्रिने र बाहिरिनेहरूको विश्राम स्थल बनेको छ मलेखु । खासगरी माछा पारखीको गन्तव्य नै बनेको छ यो ।

1718