कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

मेरिको लिमिटेड, उपभोग्य सामानहरूको एक अग्रणी उत्पादकले नेपालको बजारमा लिभअन सेरम ड्यामेज प्रोटेक्ट बजारमा ल्याएको छ । यो नारीहरूको हेयर स्टाइल गर्नका लागि चर्चित ब्रान्ड लिभअन्को एक त्यस्तो नयाँ प्रकार हो, जुन नेपाली बजारलाई नै लक्षित गरेर खास रूपमा डिजाइन गरिएको छ ।

1063
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

यस वर्षको मिस नेपालका लागि अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ । द हिडेन टे«जरले प्रत्येक वर्षझैं यस वर्ष पनि चार प्रतिभाशाली युवती चयन गरी मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स र मिस इन्टरनेशनल जस्ता प्रख्यात अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पठाउने जनाएको छ ।

1385
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । संसारका १९१ देशमा चलिरहेको उक्त रियालिटी शो नेपालमा पनि सञ्चालन हुन लागेको हो ।

2291
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल विवाह गरिन्छ । नेवारी समुदायमा छोरीहरुको पराइ घर जाने विवाहको दिनभन्दा बेल विवाह ठूलो पर्व नै मान्ने गर्छन् ।

2730
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

चलचित्र क्षेत्रमा बक्स अफिसको सुरुवातसँगै नेपाल चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्न उद्देश्यले डिजिटाइजेशन गर्ने भएको छ । यसमा नेपाली चलचित्रको स्वर्णकाल पुराना चलचित्र आमा, कुमारीदेखि शान्तीदिपसम्म डिजिटाइजेशन हुने भएको छ । बोर्डको पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । बोर्डले सबैभन्दा पहिले नेपाली चलचित्र आमासहित १२ वटा चलचित्रलाई पहिले चरणमा डिजिटाइजेशन गर्न लागेको हो ।

2160
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ ।

1288
मीनकुमार नवोदित
बिहिवार, फाल्गुन २४, २०७४

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित नाटक ‘मुनामदन’ को मञ्चन सकिएको छ । छिनछिनमै दर्शकलाई हँसाउँदै र रुवाउँदै नाटकको मञ्चन सकिएको हो ।

1662
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

राग रागिनी इण्टरटेन्टमेन्टको आयोजनामा सुशील चालिसेको मुक्तक संग्रह “गुराँसहरु पलाँसहरु” शनिबार एक समारोहका बीच काठमाडांैमा लोकार्पण गरियो । प्रमुख अतिथि साहित्य, कला संस्कृतिविद् एवं मुक्तककार चेतन कार्कीेले पुस्तक विमोचन गर्दै मुक्तककार सुशील चालिसेको मुक्तक विधामा भविष्य उज्वल रहेको बताए ।

1516
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १७, २०७४

आज फागु पूर्णिमा अर्थात् होली । काठमाडौंमा फागु पूर्णिमाको रौनक नै अलग छ । वसन्तुपुरमा चीर गाडेपछि एक हप्ता अघिदेखि नै फागु फुकेको मानिन्छ । फागु रगंहरूको मिश्रण र सहिष्णुता एवं प्रेममय पर्व हो । यही रमाइलोका कारण यसमा मानिसहरू बढी रम्छन् । काठमाडौं, भक्तपुर र ललितपुरका पसल एवं पेटीमा होलीको टिसर्ट भरिभराउ छन् ।

1323
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

एउटा सानो, चिटिक्कको, सामान्य साजसज्जाको रंगमञ्च, रंगमञ्चमा भिन्नभिन्न भूमिकामा सबै बालकलाकार, दर्शक दिर्घामा सांसद, विभिन्न स्कुलका प्रधानाध्यापक, पत्रकार, रंगकर्मी, शिक्षक र विद्यार्थी । हो, यस्तै परिदृश्य देखिन्थ्यो काठमाडांैको कुमारीगालस्थित मोक्षदा स्कुलको मञ्जरी थिएटरभित्र । शुक्रबार साँझ स्पेस नाट्य संस्था र मञ्जरी थिएटरको पहिलो संयुक्त प्रस्तुति नाटक उड्की–मुड्कीको पहिलो सो सुरु हुनुअघिको परिवेश थियो यो । मोक्षदा स्कुलमा अध्ययनरत कक्षा ३ देखि ६ सम्मका ११ जना छात्रछात्राको अभिनय रहेको नाटक उड्कीमुड्कीले एउटा स्कुलको कक्षाभित्रको कथाव्यथा बोकेको छ । कक्षाकोठाभित्र देखिने विद्यार्थीका चकचके हर्कत, रमाइला क्रियाकलाप, बालसुलभ अबोध जिज्ञासा र तिनै अबोध जिज्ञासाभित्र लुकेका गम्भीर पाटालाई कथाकार तथा निर्देशक सुरेश चन्दले रंगमञ्चमा उतार्ने कोसिस गरेका छन् । नाटकभित्र एउटी शिक्षिकाको विद्यार्थीप्रतिको माया, समर्पण र प्रेरणा पनि देख्न सकिन्छ । नाटकले विद्यार्थीको चकचक र उटुंग्याहा रमाइला क्रियाकलापकै बिचमा मज्जाले हँसाउँदा हुँसाउँदै द्वन्द्वकालीन समयमा पु¥याएर जुम्लाकी एकजना महिलाको पीडा सुनाएर कतिखेर दर्शकलाई भावविह्वल बनाइसकेको हुन्छ, पत्तै हुँदैन । ३ देखि ६ कक्षासम्मका छात्रछात्राले पहिलोचोटि रंगमञ्चमा अभिनय गर्दै गरेको हुनाले अभिनयमा सुधार गर्नुपर्ने धेरै ठाउँ भेटिन्छ । तैपनि, शिक्षिकाको भूमिकामा कक्षा ६ की छात्रा उपहार लिम्बूले गज्जबको न्याय गरेकी छिन् । नाटक हेर्दै गर्दा उनको आवाजबाहेक कुनै पनि कोणबाट ६ कक्षा पढ्दै गरेकी फुच्ची हुन् जस्तो लाग्दैन । नाटकमा उनी एउटी साँच्चैकी शिक्षिका देखिएकी छिन् । त्यसैगरी विद्यार्थीको भूमिकामा चुलबुले पाराकी देखिने आकृति तिमल्सेना जुम्लाकी महिलाको कथाव्यथामार्फत दर्शकलाई भावुक बनाउन सफल भएकी छिन् । त्यसैगरी तारा लामा, खुसी हमाल, सामना श्रेष्ठ, संगीत श्रेष्ठ, आर्यन चन्द, अधीश चन्द, समृद्धि दाहाल, भवेश पौडेल, प्रिन्स वाग्लेलगायतको अभिनय पनि प्रशंसनीय छ । लगभग एक घन्टा १५ मिनेट लामो नाटक हेर्दै जाँदा बिचबिचमा आउने देउडादेखि विभिन्न नेपाली तथा अंग्रेजी गीत संगीत पनि श्रवणीय छन् । समग्रमा मञ्जरी थिएटर र स्पेस नाट्य संस्थाको पहिलो प्रस्तुति उड्की–मुड्की ससाना स्कुले बालबालिकादेखि प्रौढ जुनसुकै उमेरका दर्शकलाई पनि मनोरञ्जन गराउन सफल हुने देखिन्छ । नाटक प्रदर्शनीपश्चात आयोजित अन्तक्र्रियामा सांसद गगन थापाले नाटक हेर्दै गर्दा आफूलाई आफ्नो स्कुलका दिनहरूको सम्झना आएको बताए । ‘उड्की–मुड्की हेर्दै गर्दा म मेरो स्कुलका दिनहरूलाई सम्झिरहेको थिएँ,’ थापाले भने, ‘नाटकले कतिखेर हँसायो र कतिखेर रुवायो पत्तै भएन ।’ उनले यस्ता नाटकहरूले बालबालिकाको प्रतिभालाई उजागर गर्न सहयोग पु¥याउने बताउँदै मञ्जरी थिएटर, स्पेस नाट्य संस्था र मोक्षदा स्कुलले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै, उनले यस नाटकले ससाना बालबालिकादेखि अभिभावकसम्म सबैलाई एक घन्टासम्म मज्जाले बाँधेर राख्ने बताए । सो अवसरमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोख्रेलले नाटक आफूले सोचेभन्दा निकै राम्रो भएको बताए । ‘ससाना भाइबहिनीहरूको नाटक भनेको सुन्दा सामान्य कुनै नाटक होला भन्ने सोचेर आएको थिएँ,’ यहाँ नआएको भए निकै ठूलो अवसर गुम्ने रहेछ ।’ नाटकले हँसाउँदाहँसाउँदै रुवाइदिएको बताउँदै पोख्र्रेलले सामान्य स्कुलको कक्षाकोठाभित्रका कथाव्यथामा रमाउँदा रमाउँदै आफूलाई मध्य र सुदूर पश्चिमको कथाव्यथा सम्झाइदिएको बताए । उनले नाटकले बालबालिकाको सिंगो संसार बोकेको पनि बताए । निर्देशक चन्दले आफूले विगतमा गुरुकुलमा बस्दा सिकेको ज्ञान अहिले स्कुले भाइबहिनीलाई बाँड्ने जमर्को गरेको बताए । उनका अनुसार आगामी दिनमा पनि मञ्जरी थिएटर र स्पेस नाट्य संस्थाको सहकार्यबाट विद्यार्थीद्वारा विद्यार्थीकै लागि नियमित नाटक मञ्चन गरिराख्ने बताए । शुक्रबार सुरु भएको नाटक उड्की–मुड्की यही १९ फागुन, शनिबारसम्म हरेक दिन ४ः३० बजे मञ्चन हुने पनि उनले जानकारी दिए ।

1064
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

सिनेमाले ओझेलमा पारेको नाटक क्षेत्र बिस्तारै जुर्मुराउन थालेको छ । राजधानीमा एकपछि अर्को गर्दै नाटक घरहरु खुल्न थालेका छन् र तिनले दर्शकहरुलाई नाटकघरतर्फ तानिरहेका छन् ।

1032
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

कृष्ण मन्दिरको भजन मण्डलीमा सामेल हुने केशवगोविन्द जोशी बिहान उठ्नासाथ स्नान गरी स्वच्छ मनले भगवानप्रति आस्था गरी पूजापाठ गरेर आफ्नो दैनिकी सुरु गर्छन् । उनी बेलुका पनि किर्तनमा रमाउँछन् । उनी आफ्नो जीवनशैलीमा सन्तुष्ट छन् । बिस्तारै उमेर ढल्किँदै जाँदा आफूहरू भजन किर्तन गरेर भुल्ने बहाना पाएको उनी बताउँछन् । धार्मिक आस्था त छँदैछ, बुढेसकालमा एकै जमातका व्यक्तिहरूसँग रहेर भजन किर्तन गर्दा समय पनि सहज रूपमा बितेको अनुभव उनले सुनाए ।

1324
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

दोस्रो वाईवाई मिसेस कल्चर नेपाल–२०७४ को उपाधिी लामाचौर पोखराकी ज्ञान तामाङले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट र मस्ट पपुलरको टाइटलसमेत हात पारेकी हुन् । विजेता ज्ञानु तामाङले चाँदीको क्राउनसँगै भिजि अटो मोवाइल्सको स्कुटरसमेत प्राप्त गरिन् ।

1198
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

काठमाडौं, ३ फागुन (कास) ‘जोय’ कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्क्रिन क्रिमले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नेपाल तथा भारतमा पनि चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त घोषणा सार्वजनिक गरेको हो ।

991
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

सहकारीका नियामक निकायबाट सेवा लिन वा सहकारीसम्बन्धी तथ्यांक र जानकारीका लागि अब सेवाग्राहीलाई सहज हुने भएको छ । सहकारी तथा गरिवी निवारण मन्त्रालयले ‘सहकारी तथा गरिवी निवारण सूचना प्रणाली’ (कोपोमिस) लागू गरेपछि सहकारी क्षेत्र प्रविधिमैत्री बन्न थालेको छ । अनलाईन सफ्टवेयरमार्फत अब सहकारी संस्थाको दर्ता तथा अनुगमन गर्ने सेवाका साथै सहकारीसम्बन्धी ‘रियल टाइम डाटा’ समेत एकै क्लिकमा उपलब्ध हुने अवस्था आएको छ ।

1498