कारोबार संवाददाता
बिहिवार, पुष १०, २०७६

हरिया डाँडाकाँडा, चियावारी, खोल्सी अनी झरना । यो इलामको पर्याय हो । ताल, पोखरी, यहाँबाट देखिने दृष्य लगायतले धेरैको मन तानेको छ । तर यति हुँदा हुँदै पनि फिल्मकर्मीहरू इलाम आएर सुटिङ भने कमै मात्र गर्दथे । हरेक क्षेत्रको केन्द्र काठमाडौ भएर हुनुपर्छ, फिल्मकर्मीहरूका लागि इलाम टाढा पनि पर्दछ ।

481
रजनी श्रेष्ठ
बिहिवार, पुष ३, २०७६

गएको शनिबार राति लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वल्र्ड २०१९ को उत्कृष्ट १२ मा छानिन सफल भएपछि मिस नेपाल अनुष्का श्रेष्ठले प्रशंसा बटुलिरहेकी छन् । प्रतियोगिताको अन्तिम चरणमा केन्या, नाइजेरिया, ब्रजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कूक आइल्यान्ड्सका सुन्दरीहरूसँगै नेपालकी अनुष्का श्रेष्ठ पनि उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् ।

1084
कारोबार संवाददाता
बिहिवार, पुष ३, २०७६

निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान्’ नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शुक्रबार दिउँसो १ बजे रिलिज हुँदैछ ।

728
सरस्वती ढकाल
बिहिवार, पुष ३, २०७६

‘नमस्कार ! तपाईंहरुलाई हाम्रो कार्यालयमा स्वागत छ’ भन्दै दुई हात जोडेर मुस्काइन् राधिका । लवज र उनको मौलिक नेपाली शब्द चयनले पक्कै पनि नेपाली नारीको झल्को दिइरहेको थियो । चीनको राजधानी बेइजिङमा यसरी शुद्धसँग नेपाली बोल्ने राधिका नेपाली नभएर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईकी समाचार वाचिका कुचनसी हुन् ।

885
कारोबार संवाददाता
बिहिवार, मंसिर १२, २०७६

ओरियन्टल पब्लिकेशनको आयोजनामा सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको छुट्टाछुट्टै पुस्तक एक कार्यक्रमबीच राजधानीमा विमोचन गरिएको छ ।

714
कारोबार संवाददाता
बिहिवार, मंसिर १२, २०७६

कैलारी गाउँपालिका–५ बन्दरैया मनिराम कुमाललाई माटोको भाँडा मात्रै होइन, आर्सेनिक छान्ने मेसिन पनि माटोकै बनाउन आउँछ । गोरुगाडामा माटोका भाँडा राखेर बेच्दै हिँड्ने गरेका उनले पेशा छोडेको चार वर्ष भइसक्यो । प्लाष्टिकको भाँडाको बढ्दो प्रयोगले माटोको भाँडा बिक्नै छाडेपछि उनले पेशा छाडेर गाउँमै खेती मजदुरी गरेर परिवार पाल्न थाले । उनका छोराबुहारीले पनि कोही भारत त कोही धनगढी बसेर मजदुरी गरी जीविका चलाएका छन् ।

612
नीरज पिठाकोटे
बिहिवार, मंसिर ५, २०७६

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा निर्माण गरिएको भौतिक पूर्वाधार संरचना र सडक विस्तारहरूले वन्यजन्तुको जैविक मार्ग जोगाउन चुनौती देखिएको छ । पर्सा वन्यजन्तु हुँदै जाने सडकको विस्तार र निकुञ्जको क्षेत्र आसपासमा निर्माण गरिएका राष्ट्रिय गौरवका आयोजनाको भौतिक पूर्वाधार संरचना निर्माणले निकुञ्जका वन्यजन्तुको सहज ओहोर दोहोरलाई असहज बनाइदिएको छ ।

876
कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६

सङ्खुवासभाको चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखे नाच प्रतियोगिता हुने भएको छ । चैनपुर सेवा युवा क्लबको आयोजना र नेवाः देय दबु चैनपुर नगर समितिको समन्वयमा लाखेनाच प्रतियोगिता हुने भएको हो । संखुवासभाको चैनपुर बजारमा मंसिर ७ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा भएको नेवाः देय दबु चैनपुरका नगर संयोजक पदम शाक्यले जानकारी दिए ।

697
कारोबार संवाददाता
बिहिवार, मंसिर ५, २०७६

मुगुको कार्मारोङ गाउँपालिका ९ का दिनेश बुढा कर्तव्य ज्यान मुद्दाको आरोपमा जुम्ला कारागारमा छन् । १५ वर्षको कैद सजायमध्ये उनले ६ वर्ष काटिसकेका छन् । अझै नौ वर्ष कैद सजाय काट्न बाँकी छ । उनले कारागारभित्रै आफ्नो उद्यमशीलता कला देखाएका छन् । गएको एक वर्षदेखि नियमित रुपमा सिलाई बुनाई मार्फत आफ्नो कला देखाइरहेका छन् उनी ।

645
घनश्याम पौडेल
बिहिवार, कार्तिक २८, २०७६

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्गलामा बैकुण्ठपुरी संग्रहालय स्थापना भएको छ । वाङ्गलाको आमडाँडामा स्थापित संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएका छन् ।

689
हरिश चन्द
बिहिवार, कार्तिक २८, २०७६

हरेक वर्षझै यस वर्ष पनि सुदूरपश्चिममा मेलाको रौनक छाएको छ । डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा मंगलबार भव्य मेला देहिजाँत सम्पन्न भएको छ । स्थानीय भाषामा ‘देहिजाँत’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्छ ।

656
सागर परियार
बिहिवार, कार्तिक २८, २०७६

भाषा–संस्कृति र परम्पराको हिसाबले कर्णाली भरिपूर्ण छ । घरघरमा कलाकार र कलाकारिता छ । त्यतिमात्र नभई धार्मिक आस्थाका एतिहासिक धरोहर कर्णालीमा थुप्रै छन् । तीमध्ये एक हो, कर्णालीको मष्टो सस्ंकृति । अहिले पनि कर्णालीमा जीवित छ यो । खस जातीका कुल देवताका रुपमा लिइने (मष्टो देवता) कर्णालीबासीका घरघरमा छन् ।

677
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५, लाइतको एक युवा क्लबले दसैतिहारमा मयुर नाच नाची संकलन भएको रकम विद्यालयलाई सहयोग गरेको छ । स्थानीय समाज परिवर्तन युवा क्बलले दसैतिहारको अवसरमा वडाका घरघरमा मयुर नाच नाचेर संकलन गरेको १ लाख ३७ हजार रकमबाट व्यवस्थापन खर्च कटाएर बचत भएको ८३ हजार रकम स्थानीय जनस्थापना आधारभूत विद्यालयलाई सहयोग गरिएको क्लबका सहसचिब टेकबहादुर खड्काले जानकारी दिए ।

645
कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् । सो उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे । यो मन्दिर काठमाडौं जिल्लाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ ।

516
सागर परियार
बिहिवार, कार्तिक २१, २०७६

तातोपानी गाउँपालिका–२ का गोरे चनारा ढाल नाचका नाइके थिए । विभिन्न अवसरमा विजय उत्सवका रुपमा नाचिने ढाल नाचलाई चनारा जहाँ पनि प्रस्तुत गर्थे । उनको उमेर ढल्किँदै गएपछि छोरा चैते चनाराले सिके ढाल नाच । खस सभ्यता र शक्तिशाली खस राज्यको सफलताको प्रतिक ढाल नाचलाई गोरे चनाराका छोरा चैते चनाराले पनि केहि वर्ष निरन्तरता दिए ।

636