कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

कोरोनाबाट उत्पन्न परिस्थितिमा फिल्डमै खटिनुपर्ने विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारहरुलाई मास्क र स्यानिटाइजर सहयोग गरिएको छ ।

696
राजेन्द्र बस्नेत
शुक्रवार, बैशाख २६, २०७७

उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाँउपालिका वडा नं. २ लतापवासीको जिविकोर्पाजन निगालोमा आश्रित रहेको छ । उनीहरु निगालोको चोया बनाएर चोयाबाट थुन्चे बुन्ने गर्दछन् । थुन्चे बुन्न मेलपात जस्तै पर्म चल्ने लताप गाँउको नगद आम्दानीको मुख्य श्रोत थुन्चे नै भएको स्थानीय जीत बहादुर तामाङले बताए ।

1175
विप्लव काफ्ले
शुक्रवार, बैशाख ५, २०७७

कोभिड–१९ (कोरोनाभाइरस) महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले धेरै व्यक्ति फूर्सदमा छन् । फूर्सद भए पनि घुमफिर गर्ने, आयआर्जनका काम रोकिएका छन् । तर, केही कलाकार फूर्सदको समयलाई सदुपयोग गरिरहेका छन् । चित्रकलालाई पेशा बनाएका कलाकार दिनहुँ रंग र कूची सहित एकान्तबासमा छन् ।

1479
कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६

बीबीसी स्टुडियोको फम्र्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स’ को नेपाली संस्करणका रूपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही वैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।

1330
देवराज गुरुङ
बिहिवार, चैत्र ६, २०७६

मैवाखोला गाउँपालिका–३ साँघुका ५५ वर्षीय पासाङ शेर्पा डोकाडाला बुन्न खप्पिस छन् । उबेला बावु बाजेसँग गाईबस्तु चराउँदा सिकेको सीप आम्दानीको माध्यम बनेको छ । अझ भनौं–डोको, डालो, दाम्लो,नाङ्लो इत्यादि बुनेर घरगृहस्थी चलेकै छ । यात्राको क्रममा बाटोमा डालोको भारीसँग देखिएका शेर्पा निकै थकित देखिन्थे । डालोको भारी बिसाएर आराम गरेका बेला भेटिएका शेर्पालाई उत्तिकै हतारो पनि थियो । किनकी औसी पुर्णेमा लाग्ने गाउँघरको मेलामा बेलामा पुगेर सामान विक्री गर्नु थियो ।

1515
कृञ्जला पुलामी
बिहिवार, चैत्र ६, २०७६

सिन्धुलीको दुधौली नगरपालिका ३ निपानेका शम्शेरबहादुर परियारलाई केही वर्ष अघिसम्म पञ्चे बाजा बजाउन भ्याई नभ्याई हुन्थ्यो । ३० वर्षसम्म पञ्चे बाजा बजाएर गर्जाे टारेका उनी अहिले भने समस्यामा परेको छन् । “पहिले–पहिले त धेरै बाजा बजाइन्थ्यो । विहेको सिजनमा भ्याई नभ्याई हुन्थ्यो, अहिले त बोलाउन पनि छाडे,” शम्शेरले भने, “बाजा बजाएर नै जीवन चलाईरहेको थिएँ, अहिले भित्रिएको नयाँ प्रविधिले हाम्रो पेशा नै धराशायी अवस्थामा पुग्यो ।”

1678
नरी बडु
बिहिवार, चैत्र ६, २०७६

दशरथचन्द नगरपालिका–४ का खिमानन्द भट्टको घरमा समय हेर्न घडी थिएन । तर पनि उनी सधै समयमै बिउँझिन्थे । स्कुल जान उनलाई कहिले अबेला भएन । बिहान चार बजेको मिर्मिरेमा उनकी आमाले घुमाउने जाँतो नै उनको अलार्म थियो । जाँतोको आवाज र जाँतो घुमाउँदा बज्ने उनकी आमाको चुरा उनका लागि घडीको अलार्मजस्तै थियो । सधैं उही समयमा बज्ने । तर अहिले प्रविधिको यति विकास भयो कि त्यो समय कल्पना मात्र गर्न सकिन्छ ।

1507
कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६

प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेसनलको २९ औं संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् । डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्केटिङप्रमुख उपेन्द्र प्रधान र मार्केटिङ प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धिका लागि बधाई दिनुका साथै सम्मान प्रदान गरे । सोही कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेर एमओयूमा हस्ताक्षर गरेका छन् ।

952
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु-याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स २०२० अवार्डबाट सम्मानित गरेको छ ।

784
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपाल भाषाको गीति संग्रह ‘सिरपा’ सार्वजनिक भएको छ । आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा (अर्थात् पुरस्कार) मा संगीतकार जुगल डंगोलद्वारा संगीतवद्ध गीतहरु संग्रहित छन् । सुरजवीर बज्राचार्यको शब्द र स्वरमा जुगल डंगोलले संगीत संयोजन गरेको जन्मदिनको शुभकामना गीत ‘बुदिंया भिंतुना’को कभर प्रतिस्पर्धामा १२१ प्रतिस्पर्धीले भाग लिएका थिए ।

745
कारोबार संवाददाता
आइतवार, फाल्गुन २५, २०७६

वेलकम एड्भरटाइजिङ एन्ड मार्केटिङ प्रालिको प्राङ्गणमा वेलकम परिवारले मिस नेपालनर्थ अमेरिका, श्रेया गजुरेलसँग शुभकामना आदान प्रदान गरी होली मनाएको जनाएको छ । साथै कोरोनाभाइरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि मास्क लगाएर होली मनाइएको भन्दै मिस नेपालनर्थ अमेरिका श्रेया गजुरेले आफ्नो मातृभूमिमा हराइरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिँदै, व्यस्तताका बाबजुद पनि अमेरिकाबाट नेपाल आएर वेलकम परिवारको साथमा सम्पूर्ण देशवाशीलाई होलीको शुभकामना प्रदान गरिन् ।

746
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २२, २०७६

प्रथम राष्ट्रिय काँठे लोकदोहोरी प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकका प्रदीप रोक्का र कल्पना दाहालको जोडीले जितेको छ । ‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नारा लिएर डिएआर मुभिजको आयोजनामा काठमाडौंको टुँडीखेलमा फागुन १६ गतेदेखि २० गतेसम्म भएको प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव अन्तर्गतको प्रतियोगितामा गोरखाकी बबिता बानियाँ (जेरी) र विजय बानियाँको जोडीले फाइनलमा प्रदीप रोक्का र कल्पना दाहालको जोडीसँग प्रतिस्पर्धा गरेको थियो ।

758
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकी छन् ।

745
सागर परियार
बिहिवार, फाल्गुन १५, २०७६

स्रोत साधनले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । यहाँका बहुमूल्य जडिबुटि, कृषि सम्भावना, पर्यटनको फराकिलो दिर्घकालिन भविष्य कर्णाली बाहेक अन्य प्रदेशको कमै देखिन्छ । तर, लगानी अभावकै कारण यहाँका सम्भावनाहरू अवसरमा रुपान्तरण हुन सकेका छैनन् । युवाहरूमा आफ्नै ठाउँमा भविष्य नदेख्ने प्रवृत्तिको विकास भएको छ । विकासको अनुभूति दिने यहाँका गौरवका आयोजना दशकौंदेखि अलपत्र छन् । अनि कसरी हुन्छ समृद्ध कर्णाली ? कर्णाली सरकारले समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको नारा तय गरेको थियो । त्यहि आधारमा रोजगारी सृजना, उद्योग कलकारखामा लगानी, कृषि पर्यटन, जडिबुटि क्षेत्रलाई लगानी गर्नुपर्ने हो । तर नारा अनुसारको काम प्रदेश सरकार गर्न सकेन । फलस्परुप कर्णाली अहिले पनि उस्तै छ ।

1204
रासस
बिहिवार, फाल्गुन १५, २०७६

सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपहीको स्मरण अझै ताजा नै छ । पन्ध्र वर्षका उमेरमा विद्यालयमा बिदा भएका समयमा गाउँमै आयोजना भएको दुर्गा मेलामा मनोरञ्जनका लागि बुबाले ढोल र आफूले पिपही (मिथिलाञ्चलका उत्सवमा बजाइने एक प्रकारको लोकबाजा) बजाएको समय स्मरण गर्दै मञ्जीतले भने, “हुन त त्यस समयमा सोखले बजाए पनि पछिल्लो समयमा आफूले अरु व्यवसाय नपाउँदा व्यावसायिक रुपमै पेशा अँगाल्ने सोच बनाएको थियौँ तर क्रमिकरुपमा सो धुन (सहनाइ) क्रमिकरुपमा समाजबाट हराएपछि आफना समुदायका युवा बेरोजगार भई कडा परिश्रम गर्नका लागि विदेशिनु परेको छ ।”

695