राजेन्द्र बस्नेत
शुक्रवार, बैशाख २६, २०७७
710

लताप (धादिङ): उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाँउपालिका वडा नं. २ लतापवासीको जिविकोर्पाजन निगालोमा आश्रित रहेको छ । उनीहरु निगालोको चोया बनाएर चोयाबाट थुन्चे बुन्ने गर्दछन् । थुन्चे बुन्न मेलपात जस्तै पर्म चल्ने लताप गाँउको नगद आम्दानीको मुख्य श्रोत थुन्चे नै भएको स्थानीय जीत बहादुर तामाङले बताए । एक सय भन्दा बढी परिवार रहेको लतापका १० वर्ष माथीका सवै मानिसहरु थुन्चे बुन्न दक्ष रहेको तामाङले बताए ।
कोराना भाइरसको संक्रमण फैलन नदिन स्कुल विदा भएपछि कक्षा पाँचको परिक्षा दिएर बसेकी ११ वर्षिय कन्चन तामाङदेखि ९० वर्षिय दईसिङ तामाङसम्मको दैनिक थुन्चेसंग जोडिएको छ । नजोडियो पनि कसरी फागुनमा रोपेको मकै भदौमा पाक्छ । फागुनमा रोपेको आलु असरमा खान्न योग्य हुन्छ । असारमा रोपेको कोदो मंसिरमा पाक्छ । त्यही पनि प्रस्शत खेतीयोग्य जमिन छैन । गाँउमा भर्खर सडक पुगेको छ । आम्दानीको अन्य अरु श्रोत छैन ।

उनीहरु आफ्ना खोरियामा रहेको निकालोलाई गोठमा बाँधिएको भैसीलाई सरह हेरचाह गर्छन । निगालोको गोडमेल, रेहदेख गर्छन । हरेक वर्ष निगालोको विरुवा सार्ने गर्छन् । उनीहरु आफ्नो जमिनमा भएको निगालोले वर्षभरीलाई काम नपुग्ने भएपछि जंगल गएर ल्याउछन् । जंगल जादाँ गाँउका मानिसहरु समुह बनेर जाने गर्छन । उनीहरु जंगलमा १० दिन सम्म बस्छन् । जंगलमा निगालो काट्ने, चोया काट्ने काम गर्ने दिन भन्दा बाटो हिड्ने दिन धेरै हुने गृष्मा तामाङले बताइन । जंगलैजंगलको बाटो ३ दिन हिडेर हिमालको फेदी गोरखा जिल्लाको जंगसम्म पुग्छौ । जंगलमा घर भन्दा ठुला ठुला ओडार छन् । त्यही आडोरमा बस्ने गर्छौ । पर्कन चाहिने सामल अडकलेर घर फर्के हो । जंगलमा निगालो काट्ने, चोया काट्ने काम सकेर चोया भारी बोकेर आउने हो । एक भारी चोयाबाट १५ देखि २५ वटासम्म थुन्चे बुन्न पुग्ने बताईन । निगालो काट्न जान भन्दा थुन्चे बेच्न जान गाह्रो हुन्थ्यो । अहिले सडक आयो संगै मोटर आएको छ । गाँउकै दाईले घरबाटै थुन्चे किन्छ । नुन तेल मसला, चामल गाँउमै किन्न पाईन्छ । आफु थुन्चे बेच्न आरुघाट, धादिङवेशी, नुवाकोटसम्म गएको र भोगेको दुख गृष्माले बताईन ।
प्रत्येक परिवारले वार्षिक कम्तिमा एक सय पचास थुन्चे बुन्ने र वार्षिक १५ हजार भन्दा बढी थुन्थे विक्रीबाट करिव ३३ लाख आम्दानीको हाराहारीमा आम्दानी हुने राज तामाङले बताए । पछिल्लो समय थुन्चे बुन्ने मानिसहरुको संख्या थपिएको छ । निगालो कम हुदै जाँदा जंगल टाढा टाढासम्म पुग्नु पर्नेको उनले बताए । भुकम्पमा घरहरु भत्केकाले भुकम्प प्रतिरोधी घर मानिसहरु बस्न समेत नपुग्ने भएकाले चोया र थुन्चे राख्न समस्या भएको नवराज तामाङले बताए । अहिले आफुहरुले कम मूलयमा गाँउमै विक्री गरिरहेकाले बजारिकरण गरेर गरिदिए थप मूल्य पाउन सकिन्थ्यो कि राहुल तामाङ बताए ।
खातादोङ तामाङले वार्षिक एक हजारको हाराहारीमा थून्चे आफुलाई बेच्ने गरेको स्थानीय व्यापारी बुद्ध तामाङ बताए । सवै घरका मानिसहरुको काम नै थुन्चे बुन्ने भएकाले आफु थुन्चे व्यापार गर्न प्ररित भएको उनले बताए । हिँउदमा बन्दा बर्खामा बढी थुन्चे बुन्ने गरेकाछन् । बजारको माग अनुसार दुई सय देखि दुई सय पचाससम्म घरबाटै थुन्चे किन्ने गरेको उनले् बताए । आफ्नै गाडी भएकाले पसल पनि गरेको छु । दैनिक उपभोग्य बस्तुहरु गाँउलेहरुलाई उधारो पनि दिन्छु । थुन्चे किनेर कटाउछु उनले बताए ।
लताप सहित गंगाजमुना गाँउपालिका वडा नं. १ र २ को सवै जसो परिवारको पेशा थुन्चे, भकारी, मान्द्रो बुन्ने हो । पछिल्लो समय निगालो कम हुदै गएकोले अव नयाँ जातका निगालो भित्र्याउन ढिलो हुन लागेको छ । आगामी वर्षको योजनामा निगोलो प्रर्वद्धन तथा विस्तार कार्यक्रमका लागि बजे छु्याउने योजना रहेको उपाध्यक्ष एन्जिला तामाङले बताईन । थुन्चे बुन्न र गादोम गर्न ठाँए नभएको माग समुदायबाट आएकाले आगामी योजनामा सामुदायिक थुन्चे बुन्ने घर बनाउने योजना रहेको सुचना अधिकृत दीपक अघिकारीले बताए ।
परम्परागत पेशालाई प्रर्वद्धन तथा सुधार नगरे नयाँ पेशा सवै मानिसलाई दिन कठिन हुन्छ । परम्परागत सामाग्रीहरु खास गरि कृषि पेशा गर्ने वा श्रममा आधारित पेशा गर्नेहरुका लागि बढी आवश्यक हुन्छ । त्यस कारण पनि प्रर्वद्धन गर्न आवश्यक हुन्छ । स्थानीय समुदायको परम्परागत सीप हस्तान्तरण गर्न ढिलो हुदाँ कयौ सीपहरु लोपउन्मुख भएकाछन् । थुन्चे बुन्ने सीप समयमै हस्तान्तरण तथा प्रर्वद्धन गरि स्थानीय समुदायको पहिचान जोगाउन र आफ्नै परम्परागत सीपमा जीविकोर्याजन गर्न पाउने अधिकार भएकाले त्यस तर्फ सम्वन्धित संस्था तथा निकायको ध्यान पुयोस ।

c