कारोबार संवाददाता
बिहिवार, चैत्र ६, २०७६
1484

बीबीसी स्टुडियोको फम्र्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स’ को नेपाली संस्करणका रूपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही वैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।
बेलायत, अमेरिका, अस्ट्रेलिया, भारतलगायतका विश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको विश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेकशुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।
विश्वभर चलेको फम्र्याटअनुसार आईएमई डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरूलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन् । कार्यक्रममा २ जनाहोस्ट र ३ जना निर्णायक हुने छन् ।