कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
359

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५, लाइतको एक युवा क्लबले दसैतिहारमा मयुर नाच नाची संकलन भएको रकम विद्यालयलाई सहयोग गरेको छ । स्थानीय समाज परिवर्तन युवा क्बलले दसैतिहारको अवसरमा वडाका घरघरमा मयुर नाच नाचेर संकलन गरेको १ लाख ३७ हजार रकमबाट व्यवस्थापन खर्च कटाएर बचत भएको ८३ हजार रकम स्थानीय जनस्थापना आधारभूत विद्यालयलाई सहयोग गरिएको क्लबका सहसचिब टेकबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा लामो समयदेखि आर्थिक समस्यामा गुज्रीरहेको अवस्थामा विद्यालयको भौतिक तथा अन्य सुधारको लागि उक्त रकम एक कार्यक्रमका लागि वितरण गरिएको हो । रकम सहयोग गरिएपछि बिद्यालय परिवार खुसि रहेको र आवश्यक कार्यको लागि उक्त रकम खर्च गर्ने बताइएको छ । देउसीभैलो तथा मयुर नाच मार्फत संकलन भएको रकम भोजभत्तेर लगायतका अन्य कार्यमा खर्च पर्ने संस्कार बढिरहेको बेला सामाजिक उत्तरदायित्वमा लगानी गर्न सकारात्मक सन्देश प्रदान गर्न क्बले उक्त रकम बिद्यालयलाई सहयोग गरेको क्लबले बताएको छ ।