कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६
503

शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस) द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले यही शुक्रबार आफ्नो डब्लुएक्सवाईजेड बारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त लाइभ एट अलफ्टको एक विशेष संस्करणद्वारा राजधानीको रात्री जीवनमा चमक थप्ने भएको छ । यो महिना लाइभ एट अलफ्टले नेपाल आइडल सिजन २ का फाइनलिस्टहरुको रोमाञ्चक पर्फर्मेन्स होस्ट गर्ने भएको छ ।
नेपाल आइडल सिजन २ का विजेता रवि ओडका साथमा रनर अप विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो सुमधुर आवाजद्वारा भिडको मन लोभ्याउनेछन् ।

लाइभ एट अलफ्ट म्युजिक सिरिजको बारेमा अलफ्ट काठमाडौं ठमेलका जनरल म्यानेजर विक्रम सिंहले भने, “अलफ्ट होटलको मुख्य विशेषता लाइभ एट अलफ्ट अन्तर्राष्ट्रिय मान्यता प्राप्त कन्सर्टको सिरिज हो, जुन विश्वभर रहेको हरेक अलफ्टको होटलमा स्थानीय, उदीयमान र भेट्रान कलाकारहरुले प्रस्तुति दिन्छन् । अलफ्ट काठमाडौं ठमेल पनि अरु भन्दा फरक छैन ।”
अलफ्ट मुख्य गीतसंगीत, प्रविधि र डिजाइनका लागि परिचित छ । अन्तर्राष्ट्रिय स्तरमै एक दशकदेखि विश्वभरका अलफ्ट होटलहरुमा निरन्तर हरेक साँझ डब्लू एक्सवाईजेड बारमा लाइभ म्यूजिक होस्ट गरेर उदीयमान सांगीतिक प्रतिभाहरु तथा स्थानीय प्रतिभाहरुलाई प्रबद्र्धन गर्दै आइरहेको छ ।
हाल विश्वका २६ देशमा १ सय ४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् । अलफ्ट नयाँ पुस्ताको होटल हो, जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई बढीभन्दा बढी मनोरञ्जन प्रदान गर्दै आएको छ ।