कारोबार संवाददाता
बुधवार, कार्तिक ६, २०७६
421

चौंथो विश्वमहिला सम्मेलनको २५ औं वार्षिकोत्सवका उपलक्ष्यमा समानान्तर राष्ट्रिय प्रतिवेदन तयारीका सिलसिलामा आयोजित बेइजिङ्गप्लस २५ को राष्ट्रिय समीक्षा कार्यक्रम २० बुँदे काठमाडौं घोषणा–पत्रजारी गर्दै कात्तिक ५ गते मंगलबार सम्पन्न भएको छ ।
सातै प्रदेसका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन महिलाबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले गरेकी थिईन । उद्घाटन मन्तब्यमाउनले महिला हिंसा अन्त्यगर्न सरकारले जिम्मेवार भएर कामगर्ने भन्दै अभियानलाई थप उत्सासिहत हुन हौसला दिईएकी थिईन । उनले स्थानीयतहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीयतहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको जानकारी दिईन ।

अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरीएको दिगो विकास–लक्ष्यप्राप्तिका लागि बेइजिङ घोषणा तथाकार्ययोजनाको पूर्ण एवं प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पक्षमाजोड दिँदै; बेइजिङ घोषणा तथा कार्ययोजना, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने मागगर्दै कार्यक्रम सम्पन्न गरिएको छ ।
राष्ट्रिय सञ्जाल संस्थाबियोण्ड बेइजिङ कमिटी (बिबिसी) प्रदेशस्तरीय सम्मेलनबाट प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं घोषणा–पत्रजारी गरेकाहौ । संघीयता कार्यान्वयन संगसंगै राजनीतिक, सामाजिकतथाआर्थिक विकासका चरण तथाप्रक्रियाहरू लगायत सार्वजनिकएवं निजी क्षेत्रमा लैङ्गिक सवालहरूको मूलप्रवाहीकरण गर्ने नीति, कानुन, कार्ययोजनातथाकार्यक्रमहरुको बन्नकालागिहाम्रो घोषणा पत्र र कार्यक्रमबाट आएको निचोडले सहयोग पु-याउने बिश्वास लिईएको छ ।
बियोण्ड बेइजिङ कमिटी (बिबिसी)को स्थापनाकाल देखीका अग्रज महिला अधिकारी  देखी किशोरी अधिकारकर्मी सम्मको सहभागिताले उत्कृष्ट निचोड निकाल्न सफलभएको छ । संविधान लगायत विभेदकारी कानूनहरूको तुरून्त संसोधन गरी सारभूत लैङ्गिक समानता कायम गर्नु पर्ने अपरिहार्यतालाई यो कार्यक्रमले अझै प्रचार प्रसार गर्न सहयोग पु-याएको छ । राजनीतिक, सामाजिक, आर्थिक तथाअन्य सार्वजनिकजीवनका निर्णय प्रक्रियाका सबै चरणमा सन् २०३० सम्ममा ५०ः५० कायमगर्न नेपालको संविधानले प्रदत्त गरेका समावेशीएवं समानुपातिक सहभागितालाई कार्यान्वयनका लागि देशभरबाट सहभागि महिला अधिकारकर्मीहरुले अभियानगर्ने प्रतिबद्धता जनाईएकोे छ ।
घरेलु कामलाई आगामी राष्ट्रिय जनगणनामा समेट्दै त्यसलाई औपचारिक तथा अनौपचारिक क्षेत्रमा संलग्न कामकाजी महिलाहरूको तथ्याङ्क निकाल्न हामिले दवाव दिनेज नाईएको छ ।
दिगो विकास हासिलगर्न राष्ट्रिय स्तरदेखि स्थानीय स्तरसम्म लैङ्गिक संयन्त्रहरूलाई सकृय बनाउन स्थानीयतहदेखी नै जोड दिनमागगरिएको छ । राष्ट्रिय महिलाआयोगलाई यथाशीघ्र कानून, नीतिद्वारा सुसज्जितबनाई जनशक्तिएवं वित्तिय श्रोत साधन सम्पन्न गराउन आह्वान गर्दछौं । बलात्कार, दुव्र्यवहार, हिंसा, शोषण र साइवर अपराध विरूद्ध बनेकाकानूनहरूको प्रभावकारी रूपमाकार्यान्वयन गरी यौनजन्य हिंसा र अपराधहरूबाट महिला र बालिकाको सुरक्षाको ग्यारेन्टी गर्दै दण्डहीनताको अन्त्यगर्न कार्यक्रमले माग गरेको छ । महिलातथाकिशोरीहरुको यौन तथाप्रजनन स्वास्थ्यअधिकार बारे पुरुषमहिला, यौनिकअल्पसंख्यक, किशोर किशोरीहरुमा व्यापक शिक्षा सचेतनाजगाई यौनजन्य हिंसा, दुव्र्यवहार, वलात्कार, बालविवाहको रोकथामगर्न आह्वानगरिएको छ ।