कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
456

उत्कृट सेवा महिलाको सन्तुष्टि मध्यनजर राखी कोटेश्वर सेतीओपी मार्गमा रहेको रिगेल व्युटी स्टेसन सञ्चालनमा आएको छ । सो व्युटी स्टेसन नेपाल महिला संघ नेपाली काग्रेसकी केन्द्रिय सदस्य श्रीमती भद्रा भण्डारीबाट समुद्घाटन भएको हो । व्युटी स्टेसन महिलाहरुका लागि चाहिने सौन्दर्य र कला कपाल सम्बन्धी कक्षा सञ्चालन गर्नुका साथै विवाहका लागि महिलाहरुलाई चाहिने सृंगार सम्पूर्ण काम गर्ने मुख्य उदेश्यले सञ्चालनमा आएको बताइएको छ ।
बबिता मानन्धर कायस्थ र एलिजा ठकुरी महिलाहरुको साझेदारीमा सञ्चालित उक्त रिगेल व्युटी स्टेसनमा महिलाहरुलाई आवश्यक पर्ने सुबिधाहरु पनि रहेको छ ।
बजारको माग आफ्नो रहर र आत्मनिर्भर हुने मन भएका सम्पुर्णलाई व्युटी स्टेसनले स्वागत गर्ने जनाएको छ । जसमा सौन्दर्य कला कपालको कला सब सिकाई आत्मनिर्भर हुने काममा सहयोग गर्ने तथा भबिश्यमा पेशानै यही बनाउने उदेश्य भएकाहरुलाई पेशामा निखार ल्याउन रिगेल व्युटी स्टेसनसदा तप्तर रहने जनाएको छ ।