कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
282

रुपीज ईन्टरनेशनल स्कुलको आयोजनामा हाईस्कुल थ्रीअन थ्री अन्तर विद्यालय बास्केटबल प्रतियोगिता भदौ ३० गते हुने भएको छ । प्रतियोगितामा आयोजकसहित १२ छात्र टिम र ६ छात्रा टिमको सहभागिता रहने आयोजक रुपीज ईन्टरनेशनल स्कुलका प्रिन्सिपल प्रेम प्रकाश साहुले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा कक्षा १० देखि १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । असोज दुई गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु रुपीज ईन्टरनेशनल स्कुलमा खेलाइनेछ । प्रतियोगिताका विजेताले शिल्ड र मेडल प्राप्त गर्नेछन् । साथै नगद पुरस्कार पनि प्राप्त गर्नेछन् । छात्र र छात्रा दुवै समूहतर्फ प्रतियोगिताको विजेताले २० हजार र दोस्रोले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ ।


सातामा धेरै पढिएको