कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
374

जुम्ला । हिमाल बचाऔँ अभियान जुम्लाको पातारासीबाट सुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को तेसो केन्द्रीय बैठकले हिमाल बचाऔँ अभियानलाई प्राथमिकता दिँदै २१ बुदे जुम्ला पातारासी घोषणापत्र जारी गरेको छ ।
भदौ २० र २१ गते जुम्लामा चलेको केन्द्रीय बैठकले सामुदायिक वनको माध्यमबाट पर्यापर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय गरेको महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताइन् । अध्यक्ष पाठकले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रमा परेकोले हिमाल बचाऔँ अभियानलाई प्राथमिकता दिँदै जुम्ला पुगेको बताइन् ।