कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६
579

स्वस्थ रहन सन्तुलित खानपिनमात्र नभएर शारीरिक व्यायामको पनि जरुरत पर्छ । व्यायाम पनि अनेक प्रकारका छन् । पछिल्लो समय व्यायामको नयाँ शैली विकास भएको छ । त्यो हो, पानीमा गरिने व्यायाम । यसलाई अक्वा फिटनेस भनिन्छ ।
ललितपुरको झम्सीखेलस्थित भिभान्ता काठमाडौं होटलमा अक्वा फिटनेस उपलब्ध छ । यो एक किसिमको शारीरिक व्यायाम हो । यसमा स्विमिङ पुलभित्र संगीतको तालमा एरोबिक, एक्वा, जुम्बा, पानी योग आदि गरिन्छ । गर्मीको मौसममा यो व्यायामलाई विदेशतिर प्रख्यात फिटनेसका रुपमा लिइन्छ । यो फिटनेसले शारीरिक व्यायामका साथै मनोरञ्जन पनि प्रदान गर्छ । यो व्यायामले मानसिक तनाव हटाउनुका साथै शारीरिक स्फुर्ति पनि मिल्ने प्रशिक्षकहरु बताउँछन् ।

 

तस्बिर : पूर्णिमा श्रेष्ठ