कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
440

इलाम- १८० औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर गरिएको ‘फेस फोटो आर्ट कन्टेस्ट–२०१९’ विनर इलाम जमुनाकी निलम गुरुङ भएकी छन् । उनले उपाधिसँगै भिबो ९० सी एन्ड्रोइड फोनसहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र पाएकी छन् । प्रतियोगिताको फस्ट रनर्सअफ रीता श्रेष्ठ, सेकेन्ड र सेकेन्ड रनर्सअफ भावना खपाङ्गी घोषित भएका छन् । उनीहरूलाई पनि ट्रफीसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा इलामका विशिष्ठ नागरिक युद्धप्रसाद वैद्य र नेपाल पत्रकार महासंघ इलामका पूर्वउपाध्यक्ष रोहितचन्द्र भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

इलामको मिसन इलाम, सम्पदा किड्स र शिखर प्रोडक्सन हाउस इलामले सञ्चालन गरेको प्रतियोगितामा जिल्लाका १५ जना युवा–युवतीहरूले सहभागिता जनाएका थिए ।
सोही कार्यक्रममा इलामका पुराना फोटोग्राफर सञ्जय प्रधान र युवा व्यवसायी लाब्साङ शेर्पालाई सम्मान गरिएको थियो । प्रधानले फोटो र भिडियोका क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै र शेर्पालाई शारीरिक अशक्तता भएर पनि सक्षम व्यवसायी तथा युवाहरूलाई रोजगारी प्रदान गरेकाले सम्मान गरिएको हो । शेर्पा जिल्लाका युवा समाजसेवीका रूपमा समेत परिचित छन् ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वैद्यले सम्मान पत्रसहित खादा र मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै उदयमान फोटो ग्राफीका रूपमा इलामका माधव लुइँटेललाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।