कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
421

फेस अफ मारवाडीको दोस्रो संस्करण होटल डेल अन्नपूर्ण, दरबारमार्गमा हुन गईरहेको आयोजकले जनाएका छन् । पेज थ्रि सर्भिसेज तथा पेज थ्री हाउटे कोन्टुर फेस अफ मारवाडी प्रतियोगिताका जन्मदाता हुन् । आयोजकका अनुसार यस वर्ष बलिवुड सेलीब्रेटीहरुको उपस्थितीले यस प्रतियोगिताको गरिमा बढाउनेछ । बलिवुड सेलीब्रेटी करण कुन्द्रा (अभिनेता तथा मोडल) र लोकप्रिय नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा यस कार्यक्रमको होस्टीङ्ग गर्ने भन्दै आयोजकले भारतका चर्चित नायिका एवमं मोडल श्वेता चौधरीका साथै नेपालका चर्चित कलाकारहरु मूख्य जूरीमा रहेको जनाउको छ । । साउन ४ गते शनिबार होटल डेल अन्नपूर्णमा सम्पन्न हुने यस प्रतियोगितालाई देश तथा विदेशबाट विभिन्न सेलीब्रेटीहरुले एकदम चासो लिएर नियालिरहेका भन्दै आयोजकले उत्सव इभेन्ट्सको सहकार्यमा प्रतियोगिता आयोजना हुने बतायो । मूख्य प्रायोजक कन्चनजंगा अगरबत्ती र जागुअर रहेको यस प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर र इटहरीबाट १६ जना प्रतिस्पर्धीले सहभागीता जनाएको पनि आयोजकले जनाएको छ ।