रासस
मंगलबार, फाल्गुन ७, २०७५

नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले ‘नेपालमा भारत महोत्सव’ शुरु भएको छ ।

287
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २, २०७५

सिन्धुपाल्चोक (हेलम्बु) । हेलम्बुमा रहेका अल्पसंख्यक ह्योल्मो जातिहरू एक महिनाभित्र मर्चेगुम्बाका शैलीमा निर्माण गरिएको घरभित्र बस्न पाउने भएका छन् । पर्यटकीय गाउँ हेलम्बु गाउँपालिकास्थित तेम्बाथानमा ह्योल्मो संस्कृति झल्कने एकीकृत बस्ती निर्माण अन्तिम चरणमा पुगेकाले ह्योल्मोहरूले चिसो टहराबाट मुक्ति पाउने भएका हुन् ।

411
रजनी श्रेष्ठ
बिहिवार, फाल्गुन २, २०७५

पिङ्काथन खेल (दौड) कै यौटा माध्यम हो । यसको सुरुवात भारतीय मोडल एवं कलाकार मिलिन्द सोमनले सन् २०१२ मा गरेका हुन् । महिलामा देखिने स्तन क्यान्सरविरुद्धको अभियानमा यो दौड प्रतियोगिता सुरु भएर अहिले महिला सशक्तिकरणमा नयाँ क्रान्ति नै बनेको छ । पहिलो पटक मुम्बईमा आयोजना हुँदा २ हजार महिला सहभागिताबाट सुरु भएर अहिले १ हजार बढी पिङ्क सिस्टरहरुलाई आवद्ध गराएको छ । अहिले यो खेल मुम्बईका विभिन्न ८ मुख्य सहरमा आयोजना हुँदै आएको छ । प्रत्येक वर्ष ३ हजार बढी महिला यो दौडमा सामेल हुने गरेका छन् । ३ वर्षअघि यसलाई मेरै पहलमा नेपालमा भित्र्याइएको हो ।

568
रजनी श्रेष्ठ
बिहिवार, फाल्गुन २, २०७५

पिङ्काथन काठमाडौंको तेस्रो संस्करण फागुन ११ गते शनिबार हुने भएको छ । पिङ्काथन महिला सशक्तिकरणका लागि गरिएको एक दौड (म्याराथन) प्रतियोगिता हो, जसमा महिलाहरुको मात्रै सहभागिता हुन्छ । सहभागी महिलालाई पिङ्क सिस्टर पनि भनिन्छ ।

556
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

महिला अधिकारकर्मी तथा राजनीतिकर्मी लक्ष्मीकन्या बुढाको ‘कर्णालीमा महिला भाग–२’ नामक पुस्तक बुधबार विमोचन गरिएको छ । कर्णालीका महिलाले द्वन्द्वकालकालदेखि आजसम्म भोगिरहेका विभिन्न पीडाहरुलाई पुस्तकमा प्रस्तुत गरिएको छ । लक्ष्मीकन्या दश वर्षे जनयुद्धदेखि विभिन्न आन्दोलन तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी अधिकारकर्मी हुन् ।

460
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

पर्यटन व्यवसायी कर्ण शाक्यको नयाँ पुस्तक ‘कोष : जीवनपछिको जीवन’ मंगलबार लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेल, समालोचक र साहित्यकार गीता त्रिपाठी र लेखक शाक्यले पुस्तक लोकार्पण गरेका थिए ।

477
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

इन्टरनेटमा रहेका बाल यौन दुव्र्यवहारजन्य सामग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाइल्ड सेफ्टी पोर्टल चाइल्ड सेफ्टी डट ओआरजी डट एनपी सुरु भएको छ ।

420
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

विवेश श्रेष्ठले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१९ को उपाधि जितेका छन् । प्रोस्टाइल सफ्ट एन्ड साइनी तेलको उत्पादक तथा बजार व्यवस्थापन कम्पनी डाबर नेपालले एलिस रिसेप्सन्समा आयोजना गरेको तथा कान्तिपुर एचडी च्यानलद्वारा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमकाबीच विजेताको घोषणा गरिएको कम्पनीले जनाएको छ । प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१९ डाबर नेपाल तथा ग्रुप अफ इभेन्ट एन्टरटेनर्स (जीईई)को सहकार्यमा आयोजना गरिएको हो ।

450
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

जुगल गाउँपालिका–३ (साविक गुम्बा गाविस) मा पर्ने तेम्बाथान गाउँ सिन्धुपाल्चोकको कर्णालीभित्रको पनि कर्णालीमा पर्छ । यहाँका बासिन्दा दैनिक जीवनयापनमा पर्ने आवश्यकताका सेवाबाट बञ्चित छन् ।

498
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार र संस्कृति रहेको छ । लिम्बू समुदाय आजको आवश्यकता भनेको नै मातृभाषासँगै लिपी संरक्षण भएकाले सिरीजंगा लिपी सिक्दै आएका छन् । लिपी संरक्षणका लागि किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर शाखाले लिपी संरक्षण कार्यक्रम आयोजना गरेको छ ।

464
कारोबार संवाददाता
बिहिवार, माघ १७, २०७५

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा किरण केसी, लोकप्रिय गायकद्वय सत्यराज आचार्य, स्वरुपराज आचार्य तथा नेपाली फुटबलका स्टार स्ट्राइकर रोहित चन्दको उपस्थितिमा नेपग्यास्मले आफ्नो पाँचौं संस्करणको स्ट्यान्डअप कमेडी सम्पन्न गरेको छ ।

402
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

लमजुङ सदरमुकाम बेसीसहरसँगै रहेको नरुवाल मगर गाउँमा होमस्टे सुरु गरिएको छ । मगरहरूको बाहुल्य रहेको बेसीसहर–२ नरुवालमा मगर संस्कृतिको जगेर्नाकै निम्ति व्यावसायिक होमस्टे सुरुवात गरिएको हो ।

411
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

हरेक वर्षझैं यस वर्ष पनि आर्टुडियोको आयोजनामा ‘लिटल पिकासो १२औं श्रृंखला ः विन्टर आर्ट क्याम्प २०१९’ सम्पन्न भएको छ । क्याम्प गएको पुस १७ देखि २८ गतेसम्म भएको हो ।

387
मेगराज खड्का
बिहिवार, माघ १०, २०७५

रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ का २९ वर्षिय दुर्गाराज बुढाको परिचय नै दौड हो । जहाँ र जतिबेला पनि बजार, डाँडापाखा र बेसीहरूमा दौडिरहने बुढाको लक्ष्य विश्व च्यापियनसम्म बन्नेछ । स्नातकसम्मको शिक्षासमेत हासिल गरेका बुढाको सपना पढेलेखेर सरकारी वा अन्य कुनै जागिर खाने सोच नै छैन । उनको केवल लक्ष्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक बन्नु नै हो ।

536
कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

विराटनगरमा समावेशी खाना महोत्सव हुने भएको छ । विराट फुड फेस्टा नामबाट तीनदिने महोत्सव आयोजना गर्न लागिएको हो ।

606