प्रगति ढकाल
बुधवार, चैत्र ६, २०७५

नेपाल वन–जंगलमा धनी मुलुक हो । यसमा नेपालीले गर्व गर्ने गर्दछन् । तर, विडम्बनाका साथ भन्नैपर्छ, अधिकांश भू–भाग वन क्षेत्रले ओगटे पनि करोडौं मूल्यका काठ विदेशबाट आयात भइरहेको तीतो यथार्थ हाम्रोसामु छ । अझै पनि नीति–निर्माता तथा उच्च ओहदाका सरकारी प्रतिनिधिहरू संरक्षणमुखी वन व्यवस्थापनको नारामा अल्झिरहे । व्यवसायमुखी वन व्यवस्थापनका ऐजन्डाहरू त केवल भाषणमा मात्रै सिमित छन् अझै पनि । मुलुकले समृद्ध नेपालको परिकल्पना गरेको छ । मुलुक समृद्ध हुन त आर्थिक विकास आवश्यक पर्छ । यहाँको वन प्राकृतिक स्रोतको उपभोगबाट आर्थिक लाभ लिन सकिन्छ । वन आर्थिक समृद्धिको आधार हो ।

721
कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५

मुलुकको सबैभन्दा ठूलो औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको यतिबेला सिजी टेलिकम स्थापनाका लागि संघर्षरत छन् । एसटीएम टेलिकम खरिद गरी यस क्षेत्रमा हात हालेको सिजीले युनिफाइड लाइसेन्सका लागि भने अनेकौं झमेला बेहोरिइरहेको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत रहेका युवा उद्यमी चौधरी भने यस्तो झमेलाबाट बिचलित नभइ लाइसेन्सका प्रयासरत देखिन्छन् । उनको अर्जुनदृष्टि भने सिजी टेलिकम स्थापनापछि नेपालमा ई–कमर्स, ई–एजुकेसन, ई–हेल्थलगायतका क्षेत्रलाई स्थापित गराउनुमै देखिन्छ । अर्को साता हुने लगानी सम्मेलनका सन्दर्भमा पनि उनी प्रष्ट बिचार राख्छन् । स्वदेशी लगानीकर्ता उत्साहित नभए जतिसुकै सुविधा दिइए पनि विदेशी लगानीकर्ता आउन नसक्ने बिचार राख्ने चौधरीसँग लगानी सम्मेलन, लगानीको वातावरण, चौधरी समूहले भोगेका चुनौती र सिजी टेलिकमपछाडिका उनका योजनाका विषयमा कारोबारले गरेको कुराकानीको सार :

940
कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५

सरकारले प्रत्येक वर्ष १५ मार्चमा उपभोक्ता अधिकार दिवस मनाउने गर्छ । यो वर्ष पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ । उपभोक्ता अधिकार दिवस मनाए पनि उपभोक्ताहरू आफ्नो अधिकारबाट अझै सुरक्षित हुन सकेका छैनन् । बजारमा नुनदेखि सुनसम्ममा उपभोक्ता ठगिइरहेका छन् । लेभल नभएका सामान, म्याद नाघेका सामान, मिसावट, तौलमा कमी, मूल्यसूची नराख्ने, बढी मूल्य लिने जस्ता समस्या रहेका छन् ।

603
कारोबार संवाददाता
सोमवार, चैत्र ४, २०७५

जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या १९ पुगेसँगै बजार तातेको छ । कम्पनीको विस्तारसँगै बिमाको पहुँच १७ प्रतिशत पुगेको तथ्यांक पनि सार्वजनिक भएको छ । बिमा कम्पनीहरूको संख्या वृद्धि भएसँगै नियामक निकाय बिमा समितिले लगानी निर्देशिका संशोधन गरी लगानीको दायरा वृद्धि गरेको छ, जसका कारण अब बिमा कम्पनीहरूले घरजग्गाका साथै कृषि, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा पनि लगानी गर्ने बाटो पनि खुला भएको छ । लगानीको दायरा वृद्धि गर्ने समितिको निर्णय जीवन बिमा व्यवसायमा कोसेढुंगा हुने ज्योति लाइफ इस्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री बताउँछन् । यसले बिमा उद्योगमा भएको पुँजी देश विकासमा लगानी गर्न सकिने भएको र यसैअनुसार कम्पनीहरूले क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ ।

1283
गोपाल संग्रौला
आइतवार, चैत्र ३, २०७५

सामुदायिक विद्यालयप्रति आम अभिभावकले हेर्ने दृष्टिकोण अझै पनि संकीर्ण नै देखिन्छ । गुणस्तर नभएर नै हो कि अन्य कारण छन् ? प्रमुख कारण त गुणस्तर नभएरै हो । तर, अरु कारण पनि छन् । शिक्षाको लागि उचित भौतिक तथा शैक्षिक संरचनाको अभाव छ । धेरै शिक्षकहरूमा नैतिक तथा पेसागत मर्यादाको कमी देखिन्छ । शिक्षक तथा विद्यार्थीको राजनीतिक संलग्नताले पनि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरेको छ । शिक्षा निःशुल्क भइदिनाले व्यक्तिको प्रतिष्ठासँग जोडिन नसक्नु पनि अर्को कारण हो ।

2639
धर्मेन्द्र कर्ण
आइतवार, चैत्र ३, २०७५

सरकारले विखण्डनवादी आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतसँग ११ बुँदे सहमति गरेर उनलाई राजनीतिको मूल धारमा ल्याएको केही दिनपछि नै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । सरकारका दुवै निर्णय विवादमा छन् । सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै सरकारका यी दुई निर्णयमा एकमत छैन । कतिपयले सीके राउतसँगको सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षित चालबाजीसमेत भन्ने गरेका छन् ।

601
मनोरञ्जन शर्मा
शुक्रवार, चैत्र १, २०७५

२०२० सालमा कास्कीको पोखरामा जन्मिएका शिवराज सुवेदीले लामो समयसम्म तत्कालीन नेकपा माले र तत्कालीन एमालेको विभिन्न तहमा रही काम गरे । राजनीति गर्दै जाने क्रममा रुपन्देहीको नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेर संघीय संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भए । आईएसम्मको अध्ययन गर्दागर्दै राजनीति सुरु गरेका सुवेदी पढाइ अघि बढाउन नसकेपछि स्वअध्यनमा थिए । केही समय नवलपरासीमा शिक्षण पेसासमेत गरेका सुवेदी मेयरमा निर्वाचित भएसँगै बुटवलको विकासका लागि विभिन्न योजना ल्याई अघि बढेको बताउँछन् । उनै सुवेदीसँग कारोबार दैनिकका प्रदेश ५ संयोजक मनोरञ्जन शर्माले बुटवलको विकासका लागि सुरु भएका काम, विकास योजनालगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सार :

1993
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५

मुलुक यतिबेला राजनीतिक बहसले जति तातेको छ, आर्थिक क्षेत्रमा पनि त्यस्तै पेचिलो बहस जारी छ । आर्थिक क्षेत्रमा बहसको विषय हो— बैंकको ब्याजदर । बैंकहरूले कर्जाको ब्याजदर उच्च लिएर अस्वाभाविक रूपमा नाफा कमाइरहेको भन्दै निजी क्षेत्रले आलोचनामात्र गरेको छैन कि यसविरुद्ध आन्दोलन नै भयो । ब्याजदर आन्दोलन चर्कंदै जाँदा मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने अवस्थासम्म आएको थियो । प्रधानमन्त्रीले विभागीय तथा सरोकारवाला मन्त्रीसहित निजी क्षेत्र र बैंकरसमेतलाई एकै ठाउँमा राखेर समस्या सम्बोधनको प्रयास गरे पनि यसबाट पनि समस्याको समाधान हुन सकेको छैन । निजी क्षेत्र र बैंकरहरूबीच छलफल र वार्ता चलिरहे पनि ब्याजदर घटाउने माग सम्बोधन हुने कुनै संकेत देखिएको छैन ।

680
भगवान खनाल
बुधवार, फाल्गुन २९, २०७५

२०३६ सालमा बाँकेमा जन्मिएका मोहम्मद इस्तियाक राईको पारिवारिक पृष्ठभूमि राजनीतिक थियो । उनका बुबाको चाहना मोहम्मद व्यावसायिक व्यक्ति बनून् भन्ने थियो । तर, कथाले माग्दै गएपछि उनी अन्ततः बुवा र हजुरबुबाको खान्दानी राजनीतिक क्षेत्रमा होमिए । चिकित्सक बन्ने लक्ष्यलाई पूर्णतया हापेर राजनीतिमा लागेका राई ३९ वर्षमा दोस्रो पटक मन्त्री पदमा आसिन छन् । गत जेठ १८ गते सहरी विकास मन्त्री नियुक्त भएका राई पहिलो पटक २०६८ वैशाख २३ गते श्रम तथा यातायात मन्त्री नियुक्त हुँदा बहुदलीय व्यवस्थापछिका सबैभन्दा कम उमेरका क्याबिनेट मन्त्री बन्ने सौभाग्य पाए ।

960
किरण आचार्य
मंगलबार, फाल्गुन २८, २०७५

सरकारको नारा निकै गज्जबको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । तर, केन्द्रीय बहसको विषय भने समृद्धिका मुद्दाभन्दा पनि राजनीति नै रहँदै आएको देखिन्छ । नाम मात्रको प्रतिपक्ष र टालटुले प्रवृत्तिका सत्ता सञ्चालकका राजनीतिक स्वार्थमा रुमल्लिएको क्षेत्र हो— कृषि क्षेत्र । मल, बीउ, सिँचाइदेखि प्रविधिसम्ममा समस्या र उत्पादित वस्तुको बजारको ग्यारेन्टी नहुँदा सबैभन्दा पीडित यही कृषिक्षेत्रमा संलग्न ६६ प्रतिशत हाराहारीका जनसंख्या छन् । कृषिमा पनि पछिल्ला वर्षमा सबैभन्दा बढी चुनौतीको सामना गरेको क्षेत्र हो दुग्ध क्षेत्र । वार्षिक उत्पादन वृद्धिदर ४ प्रतिशत र माग ८ प्रतिशतले बढिरहेको यो क्षेत्र अर्थतन्त्रका लागि पनि उत्तिकै महत्व राख्ने क्षेत्र हो ।

1122
भुवन पौडेल
सोमवार, फाल्गुन २७, २०७५

बैंकिङ क्षेत्रमा २५ वर्ष बिताइसकेका अजयविक्रम शाह पछिल्लो समयमा लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंकिङ क्षेत्रमा लामो समय विताइसकेको भए पनि शाहले संस्थाको बागडोर सम्हालेको भने पहिलो अनुभव हो । केही महिनाअघि मात्र लक्ष्मी बैंकको नेतृत्व लिएका शाहले फिजिटाइज्डका माध्यमबाट ग्राहक सेवा गर्ने योजना रहेको बताए । शैक्षिक रूपमा गणित विषयमा स्नातकोत्तर गरेका शाहले तत्कालिन ग्रिलेज बैंकको टेलरदेखि बैंकिङ करिअर सुरु गरेका हुन् ।

796
कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५

सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएपछि नेपालको राजनीति तरंगित भएको छ । अघिल्लो दिन सर्वोच्च अदालतको आदेशपछि रिहा भएका राउतसँग भोलिपल्टै सरकारले महत्वका साथ सहमति गरेपछि सत्तारुढ दलभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रतिपक्षी दलहरूले विखण्डनको माग त्याग्नु स्वागतयोग्य भए पनि सहमतिमा प्रयोग भएका भाषालाई भने शंकाको दृष्टिकोणले हेरिरहेका छन् । देशद्रोहको आरोपमा पटक पटक गिरफ्तार हुँदै आएका राउतले आफू बुद्धको सन्तान भएको भन्दै मूलधारको राजनीतिमा आउने संकेत गरे । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

699
मीनकुमार नवोदित
शुक्रवार, फाल्गुन २४, २०७५

२०७२ सालमा जारी भएको संविधानले तोकेअनुसार यतिबेला राज्यका हरेक तह र तप्कामा महिला सहभागिता बढेको छ । संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेपछि अधिकांश स्थानीय तहको उपप्रमुखमा महिला छन् । प्रमुख पद नपाए पनि उपप्रमुख पदमै रहेर महिलाले उदाहरणीय कार्य गरेका छन् । तथापि धेरैजसो स्थानीय तहमा संविधान र ऐनले तोकेबाहेकका अधिकार आफूहरूले पाउन नसकेको महिला उपप्रमुखहरूको गुनासो छ ।

843
रेशमराज रोकाया
बिहिवार, फाल्गुन २३, २०७५

कर्णाली प्रदेश सरकारले प्रदेश समुन्नतिका लागि विभिन्न कार्यक्रममार्फत हाल युवा लक्षित विभिन्न कार्यक्रम ल्याएको छ । यहाँको सीमित ज्ञान र सीपको प्रयोग गरी उच्च मूल्यका वन पैदावरको खेती, सुन्दर प्राकृतिक स्थान, चालचलनको प्रचारप्रसार गरी सबैलाई आयआर्जनको मूल थलोमा ल्याउन सकिने अवस्था छ । हाल सबै जिल्लामा सडक सञ्जाल विस्तार र स्थानीय तहमा पनि यसको विस्तार गरी समृद्धिको यात्रा तय गर्न सकिने अवस्थालाई ध्यानमा राखी प्रदेश सरकारले योजनाहरू अघि बढाएको छ । कर्णाली प्रदेशको वर्तमान अवस्था र प्रदेश सरकारको भावी रणनीतिलगायतका विषयमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बूढासँग कारोबारकर्मी रेशमराज रोकायाले गरेको कुराकानीको सार :

797
भीम गौतम
बुधवार, फाल्गुन २२, २०७५

काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित मादनकुँडारीमा जन्मिएका जितराम लामा अहिले गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्ष छन् । व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर उनी विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील छन् । देशभरि सञ्जाल भएको र अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्षका अतिरिक्त लामा एसिएन डेभलपमेन्ट एलाइन्सको सहअध्यक्ष, एसियन एनजिओ कोलिसनको उपाध्यक्ष र राष्ट्रिय गैसस महासंघहरूको अन्तर्राष्ट्रिय महासंघ फोरस इन्टरनेसनलको परिषद् सदस्य पनि छन् । ग्रामीण समाज कल्याण संघ नेपाल (आर्सो नेपाल) का अध्यक्ष लामाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको नागरिक संस्थाहरूका तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका छन् भने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था र अडिटर्स एसोसिएसन नेपालका सदस्य पनि उनी छन् ।

2710