कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

सूचना प्रविधि क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल स्थापनाकालदेखि नै प्राधिकरणमा कार्यरत छन् । राष्ट्रिय कम्प्युटर केन्द्रबाट सरकारी सेवा सुरु गरेका खनालले गोरखापत्र संस्थानमा समेत प्रशासकीय जिम्मेवारी पूरा गरिसकेका छन् । गोरखापत्रमा उनको सक्रिय र परिणाममुखी भूमिकाकै कारण उनलाई तत्कालीन सञ्चार मन्त्रालयबाट दूरसञ्चार प्राधिकरण स्थापनाका लागि खटाइएको थियो । प्राधिकरणको कार्यालय स्थापनादेखि सिस्टम बसाउन सुरुदेखि नै सक्रिय रहेका खनाल अहिले नीति निर्माण र कार्यान्वयनको उपल्लो भूमिकामा छन् । काठमाडौंको गोठाटारमा जन्मेका खनालले व्यवस्थापनमा स्नातक र जनप्रशासन क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् । २१ वर्षदेखि प्राधिकरणमा कार्यरत खनालले पूर्ण अधिकारसहित निमित्त अध्यक्षको जिम्मेवारी पाएका छन् । उनीसँग नेपालको समग्र दूरसञ्चार क्षेत्रको अवस्था, समकालीन समस्या तथा चुनौतीलगायतका विषयमा सरस्वती ढकालले गरेको कुराकानी ः

409
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

अर्थ मन्त्रालयले बिहीबार प्रदेश नं. २ को वीरगन्जमा आर्थिक वर्ष ०७६÷७७ को बजेटको राजस्व नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी छलफल तथा अन्तक्र्रिया आयोजना गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा प्रमुख अतिथि रहेको उक्त अन्तक्र्रियामा उद्योगीहरूले नेपालगन्जमा फलेको सामान वीरगन्ज ल्याउन विभिन्न झन्झटहरू बेहोर्नुपरेको गुनासो गरे ।

255
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

हामीले फेर्ने सासमा प्रदूषित हावा छ । प्रदूषित पानी पिइरहेका छौं । एउटा स्वस्थ मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । विश्व स्वास्थ्य सगंठनले २०१६ मा वायु प्रदूषणसम्बन्धी गरेको एक अनुसन्धानले काठमाडौं उपत्यकामा ५ गुणाले वायु प्रदूषण बढेको देखाएको छ । विश्व स्वास्थ्य सगंठनको २०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिब १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ ।

664
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

हामीले १४ वटा राष्ट्रिय योजना भोगिसकेका छौं भने १५ औं योजनाको सुरुवात भएको छ । बितेका योजनामा विकास र परिवर्तनको नारा र गफ पनि नलगाएका होइनौं । अझ खासगरी बहुदलीय प्रजातन्त्रपछि हालसम्मको ३० वर्षको अवधिमा आर्थिक विकास हुने गरी ठूला पूर्वाधार बनाउन सकिएन । तीन दशकमा युगान्तकारी परिवर्तन गर्न सकिएन । बर्सेनि बजेटको आकार बढ्दै गयो, तर जनताले अनुभूत हुने खालका पूर्वाधार विकास गर्न चुक्यौं । विगतको आलोचनाभन्दा पनि अबको आवश्यकता र अपरिहार्यता पूर्वाधार विकास नै हो भन्ने हेतुले कार्य गर्नुपर्ने खाँचो छ । संविधानले अंगिकार गरेको समृद्धिको लक्ष्य भेदन गर्न विगतका कमजोरी, समस्याहरूबाट पाठ सिकेर सक्षमताका साथ काम गर्नुको विकल्प छैन ।

664
कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६

संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले हरेक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएसँगै अहिले अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयका कर्मचारी बजेट निर्माणमा जुटेका छन् ।

433
यादव हुमागाई
सोमवार, बैशाख ३०, २०७६

सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारी ऐन–२०७४ जारी भएको एक वर्षपछि सरकारले सहकारी नियमावली–२०७५ जारी गरेको छ । विगतमा कमजोर ऐनका कारण सहकारीमा समस्या बढेको निष्कर्ष निकाल्दै नयाँ ऐन र नियमावलीमा कारबाहीका व्यवस्थाको कडाइ गर्नुका साथै फोर्स मर्जरका समेत व्यवस्था गरिएको छ । यसैगरी सहकारीका लागि आधार ब्याजदर तोक्ने, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणका व्यवस्था पनि ल्याइएको छ ।

1051
कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६

देश नयाँ संरचनामा प्रवेस गरेसँगै जनताले तीन तहको सरकार प्राप्ति गरे । तर पनि जनताले अझै अपेक्षाकृत विकास भएको महसुस गर्न सकेका छैनन् । ७ वटा प्रदेशले यसअघि दुई वटा बजेट ल्याएका थिए भने अब आर्थिक नयाँ वर्ष २०७६÷७७ को बजेट ल्याउने तयारीमा लागेका छन् ।

534
कारोबार संवाददाता
शुक्रवार, बैशाख २७, २०७६

वि.सं. २०३५ देखि नै विद्यार्थी राजनीतिमा जोडिँदै राजनीतिक आन्दोलनकै क्रममा तीन कालमा चार जेल जीवन बिताएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले एकाएक राजनीति छाडेर कृषि पेसामा लागेका छन् । वि.सं २०२१ मा रुकुम जिल्लाको धौलावाङमा जन्मिएका विष्टले मुसिकोट, खलंगाको विद्यालयबाट एसएलसीसम्म अध्ययन पूरा गरेका छन् ।

1022
कारोबार संवाददाता
बुधवार, बैशाख २५, २०७६

नुवाकोटको सुनखानीमा जन्मिएका मधु भेटुवाल अहिले विद्युत् विकास विभागका महानिर्देशक छन् । चितवनको भरतपुर महानगरपालिकाको नारायणी उच्च माविबाट माध्यमिक शिक्षा पूरा गरेका भेटुवालले पुल्चोक इन्जिनियरिङ संस्थानमा प्रमाणपत्र र स्नातक तह पूरा गरे । उनले बेल्जियमबाट जलस्रोतमा स्नातकोत्तर गरेका छन् ।

1366
कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६

वित्तीय प्रणालीको नियामक निकायमा ३० वर्ष सेवा गरेर अवकाश पाएका वासुदेव अधिकारी हाल सरकारी लगानी रहेको सबैभन्दा पुरानो नेपाल बैंकको अध्यक्षको जिम्मेवारीमा छन् । नेपाल बैंकको सञ्चालकपछि अध्यक्ष भएका अधिकारीसँग नेपाल राष्ट्र बैंक हुँदा विभिन्न महŒवपूर्ण मानिने नियमन, सुपरिवेक्षण, विदेशी विनिमयलगायतका विभागमा रहेर काम गरेको अनुभव छ ।

1854
कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६

अन्तर्राष्ट्रिय व्यापार विज्ञ डा. रत्नाकर अधिकारी विश्व व्यापार संगठनअन्तर्गतको इनह्यान्स्ड इन्ट्रिग्रेटेड फेमवर्क (ईआईएफ) का कार्यकारी निर्देशक हुन् । ईआईएफले नेपालसहित विश्वका सबै अल्पविकसित देशको व्यापार अभिवृद्धिका लागि सहयोग गर्दै आएको छ ।

1008
यादव हुमागाई
सोमवार, बैशाख १६, २०७६

बिमा व्यवसायमा नयाँ कम्पनी थपिएसँगै बिमाको पहुँच १७ प्रतिशत पुगेको छ । नयाँ कम्पनीको प्रतिस्पर्धाले बिमाको पहुँच वृद्धि भए पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको र यसले समग्र बिमा व्यवसायलाई नै बदनाम गराउने जोखिम बढेको औंल्याउँछन् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत रमेशकुमार भट्टराई ।

1864
कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६

अर्थ मन्त्रालयले बिहीबार प्रदेश नं. २ को वीरगन्जमा आर्थिक वर्ष २०७६÷७७ को बजेटको राजस्व नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी छलफल तथा अन्तक्र्रिया आयोजना गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा प्रमुख अतिथि रहेको उक्त अन्तक्र्रियामा उद्योगीहरूले नेपालगन्जमा फलेको सामान वीरगन्ज ल्याउन विभिन्न झन्झटहरू बेहोर्नुपरेको गुनासो गरे । भारतको दिल्ली पु-याएर दिल्लीबाट वीरगन्जमा आयात गर्नुपर्ने अवस्थाको सिर्जना हुनु दुःखद रहेको भन्दै उनीहरूले यसको सहजताका लागि बजेटले सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

644
कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६

मुलुकका ३ सयभन्दा बढी विज्ञापन एजेन्सीको प्रतिनिधित्व गर्ने नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) २०४७ सालदेखि यस व्यवसायमा आबद्ध छन् । विज्ञापनका क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव संगालेका रिजाल गत वर्षको माघदेखि आनको नेतृत्वमा छन् । मनोविज्ञान विषयमा स्नातकसम्म अध्ययन गरेका रिजाल विज्ञापनका क्षेत्रमा भने निकै अनुभवी र जानकार व्यक्तिका रूपमा चिनिन्छन् । आफूलाई सूचनाको हकसम्बन्धी अभियन्तासमेत भन्न रुचाउने रिजाल नेपालमा सूचनाको हकको विषयलाई स्थापित गराउन पनि आफ्नो सक्रिय भूमिका रहेको बताउँछन् ।

1604
भीम गौतम
बुधवार, बैशाख ११, २०७६

३६ वर्ष इन्जिनियरिङ विषयमा प्राध्यापन गरेका प्राध्यापक डाक्टर त्रिरत्न ब्रजाचार्य अहिले नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष छन् । इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन बज्राचार्य अहिले पनि प्राध्यापनमा सक्रिय छन् । २०४१ सालमा सहायक परीक्षकबाट यस क्षेत्रमा लागेका उनीसँग इन्जिनियरिङ शिक्षा परियोजनालगायतमा समेत काम गरेको अनुभव छ । तत्कालीन शोभियत संघबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट जलस्रोतमा पीएचडी गरेका थिए । एकैपटक इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष बनेका ब्रजाचार्यसँग एसोसिएसनले अघि बढाएका योजना, इन्जिनियरिङ क्षेत्रबारे सरकारको धारणा, इन्जिनियर विदेश जानुपर्नाका कारण, अन्य देशले इन्जिनियरिङ क्षेत्रलाई दिएको महत्व लगायतबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

880