तीर्थराज बस्नेत
आइतवार, फाल्गुन १३, २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया निष्कर्षतर्फ अघि बढिरहेको छ । एकताका लागि भनेर केही दिनअघि मात्रै दुई पार्टीबीच सातबुँदे आधारपत्रमा हस्ताक्षेरसमेत भइसकेको छ । गठबन्धन बनाएर निर्वाचनमा गएका दुई दलले बहुमत प्राप्त गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारसमेत गठन गरिसकेका छन् ।

1319
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

झपटबहादुर बोहरा विकास र योजनाका लागि नौलो नाम होइन । व्यवस्थापनमा स्नातकोत्तर बोहराले राजधानीबाहिर अर्थात् मोफसलमा २०५६ सालमा पहिलो विकास बैंक मालिका विकास बैंक स्थापना गरेका थिए । त्यसमा उनले ११ वर्षसम्म कार्यकारी अध्यक्ष भएर काम गरे । २०६४ सालमा स्थापित ग्रो मोर मर्चर बैंकर लिमिटेडको आठ वर्षसम्म संस्थापक अध्यक्ष भए ।

1835
सरस्वती ढकाल
बिहिवार, फाल्गुन १०, २०७४

मुलुकले पछिल्लो एक वर्षमा स्थानीय तहदेखि संघीयताअनुसार नयाँ बनेका प्रदेश सरकार र संघीय सरकारमा नयाँ नेतृत्व पाएको छ । आफ्ना लागि आफैं संविधान लेख्ने ६ दशक पुरानो नेपालीको सपना साकार भएसँगै मुलुकमा राजनीतिक विवाद सकिएको र आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति खन्याउने दलहरूको घोषणासँगै नयाँ सरकारका सामु राजनीतिक कार्यभार छैनन् ।

1533
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि यतिबेला मुलुक २०७२ असोज ३ मा जारी भएको संविधानले अपनाएको संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा छ । सात दशकदेखिको संक्रमणकालीन अवस्थाको अन्त्यसँगै मुलुकले वित्तीय सुशासन, आर्थिक विकास र समृद्धि खोजिरहेको छ । तर, संघीयता कार्यान्वयनको पहिलो अभ्यास गर्दै गरेको मुलुकलाई वित्तीय स्रोत व्यवस्थापन गर्न भने त्यति सहज छैन ।

1773
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

संविधानको अनुसूची–६ मा प्रदेशको एकल अधिकार सूचीमा रहेका २१ वटा अधिकार सूचीमध्ये अनुसूची–११ मा प्रदेशभित्रको व्यापार र अनुसूची–२० मा कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकरण, व्यापार व्यवसाय, यातायात र अनुसूची–१७ मा खानी अन्वेषण र व्यवस्थापनको अधिकार छ ।

1616
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

नेपाल राष्ट्र बैंकले अघिल्लो साता मौद्रिक नीतिको मध्यावधि समीक्षा गरेको छ । जसअन्तर्गत केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको पुँजी, कर्जा तथा निक्षेप अनुपात (सीसीडी) मा केही लचकता अपनाएको छ । यस्तै, केन्द्रीय बैंकले तोकेको स्थानीय तहमा शाखा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका वाणिज्य बैंकहरूले न्यूनतम पूर्वाधार पुगेका स्थानमा चालू आर्थिक वर्षभित्रै शाखा स्थापना गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

1482
जगन्नाथ दुलाल
आइतवार, फाल्गुन ६, २०७४

नवीन्द्रराज जोशी, नेपाली कांग्रेसभित्र बौद्धिक र शालिन नेताका रूपमा परिचित छन् । नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै हाल कांग्रेस केन्द्रीय सदस्य रहेका उनले उद्योग मन्त्रालयको कार्यभारसमेत सम्हालिसकेका छन् । बन्द भएका केही उद्योग सञ्चालन र उद्योगमा लगानी भिœयाउँदै व्यापक रूपमा रोजगारी सिर्जना गर्न उद्योगमन्त्रीका रूपमा उनले गरेको प्रयासका कारण उनी चर्चामा रहे ।

6845
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

नेपालमा सहरीकरण तीव्र गतिले बढेको छ । ६० प्रतिशतभन्दा बढी जनसंख्या सहरमा बसोबास गर्छन्, तर सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माको शब्दमा भन्ने हो भने विद्यमान नगरपालिकाहरू ‘सो कल्ड’ (तथाकथित) हुन् । उनी भन्छन्, “६५ प्रतिशत जनसंख्या नगरपालिकामा बसोबास गरिरहेका छौं, तर के नगर नगरजस्ता छन् ?” नेपालमा नगरपालिकाको संख्या २ सय ९३ पुगेको छ ।

2262
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

भेषराज दुवाडी चितवनका सफल पर्यटन व्यवसायी तथा उद्योगी हुन् । दुवाडी होटल स्टार बैंक्युटका सञ्चालक, युनाइटेट बेभरेज प्रालिका अध्यक्ष तथा स्यान्डविच होम सोलुसनका सञ्चालक हुन् । आर्थिक तथा सामाजिक विकासका अभियानमा उनी निकै सक्रिय छन् । दुवाडी चितवन उद्योग संघ चितवनका अध्यक्ष हुन् । यस्तै क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्षसमेत हुन् ।

1922
मीनकुमार नवोदित
बिहिवार, फाल्गुन ३, २०७४

संविधानमा उल्लेख भएअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै मुलुक संघीयतामा प्रवेश गरिसकेको छ । तीनै तहको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनको एउटा चरणसमेत पूरा भइसकेको छ । प्रादेशिक र केन्द्रीय सरकार बन्ने तयारी भइरहेको छ । कतिपय प्रदेशमा मुख्यमन्त्री नियुक्ति भइसकेका छन् । संघीयतामा गएसँगै मुलुकले आर्थिक रूपमा फड्को मार्ने उद्योगी महेश जाजू बताउँछन् । प्रादेशिक र केन्द्रीय सरकारले लगानीमैत्री नीति ल्याउनुपर्ने उनको सुझाव छ ।

1107
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

प्रदेश नम्बर ४ को अस्थायी राजधानी पोखरा नेपालकै पर्यटनको राजधानी हो । पोखराभित्रका विभिन्न तालतलैया तथा पोखराको एक कुनामा बसेर देख्न सकिने तीनवटा हिमालले अनुपम प्राकृतिक स्वाद पस्किरहेका छन् । पोखरालाई केन्द्रबिन्दु बनाएर यस आसपासका हिमाललगायतका भूगोलमा घुम्न, रमाउन सकिन्छ । उता पोखरा केन्द्रित भई फस्टाएको प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइलटले पोखराको पर्यटनमा इँटा थपेका छन् भने थकाली ब्रान्डको नेपाली खाना उत्तिकै लोकप्रिय छ ।

1423
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

अरुण भ्याली जलविद्युत् कम्पनीले कस्ता जलविद्युत् आयोजनाहरू अघि बढाइरहेको छ र ती आयोजनाहरूको अवस्था के छ ? ०४९ सालमा विद्युत् ऐन, जलविद्युत् विकास नीति र विद्युत् नियमावली लागू भयो । नेपाल विद्युत् प्राधिकरणको ऐनमा संशोधन भयो । नेपालमा विद्युत् क्षेत्रमा निजी लगानीका लागि कानुुनी व्यवस्था भएको अहिले २५ वर्ष भएको छ । निजी क्षेत्रबाट पहल गर्दै जलविद्युुत् विकासमा यात्रा गर्ने र विद्युत् विकासलाई आफ्नो प्रमुख व्यावसायिक लक्ष बनाइ लागि परेको कम्पनीहरूमध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड पहिलो श्रेणीमा पर्छ ।

1689
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

प्रदेश नम्बर ४ को विकासका प्रमुख क्षेत्र पर्यटन र जलविद्युत् नै देखिएका छन् । ११ जिल्लामध्ये गोरखा, मनाङ, मुस्ताङ, लमजुङ र कास्कीका हिमाली क्षेत्रमा पर्यटनको अपार सम्भावना छ भने नवलपरासीदेखि प्रदेशको राजधानी तोकिएको पोखरा सहर आसपासमा उद्योग, कलकारखानाका लागि उपयुक्त देखिन्छ ।

1597
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा स्वाभाविक रूपमै प्रशस्तै लगानी लाग्ने भए पनि विकेन्द्रीकरण तथा नागरिकको सरकारसँगको सहज पहुँचका लागी अर्को विकल्प छैन । तर सरकार, राजनीतिक दल, विज्ञ, नागरिक समाजलगायतका सरोकारवालाहरूले संघीयता व्यवस्थापनका लागि लाग्ने खर्चको स्रोतबारे संशयमा नै रहेका छन् । संघीयता व्यवस्थापनका लागि लाग्ने खर्च एकातिर भए पनि नेपालको आगामी दिशा भने आर्थिक विकास र परिवर्तन लक्षित हुनुपर्छ, जसद्वारा आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ भन्नेमा सबेको एकमत नै छ ।

2312
तीर्थराज बस्नेत
आइतवार, माघ २८, २०७४

नेकपा एमालेका सचिव हुन्— प्रदीप ज्ञवाली । फागुनको पहिलो साताबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने र फागुनभित्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको विषयलाई समेत टुंगोमा पु¥याइने उनी बताउँछन् । एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयले पार्टी एकतामा प्रभाव नपर्ने उनको तर्क छ ।

1957