कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून छ । आन्तरिक राजस्व विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल जनसंख्याको सवा ६ प्रतिशत मात्रै करको दायरामा छन् । तथ्यांकअनुसार हालसम्म करदताको संख्या १६ लाख ६८ हजार ६ सय ७ पुगेको छ । चालू आर्थिक वर्षमा सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि करदाताको संख्या ४५ हजार बढेको सरकारको दाबी छ । यस्तै व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिएर व्यवसाय गर्नेको संख्या ९ लाख ६३ हजार ९९६ पुगेको विभागको तथ्यांक छ । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७ लाख ४ हजार ६ सय ११ छ । प्यान लिनेतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १ लाख ८१ हजार ९ सय २८ र अन्तःशुल्कतर्फ ६० हजार २ सय ७४ रहेको विभागले जानकारी दिएको छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्यबाहेक अन्य वस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको विभागले जनाएको छ । यद्यपि मुलुकको ठूलो हिस्सा करको दायराभन्दा बाहिर छ । करिब ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको नेपालमा संघीयता लागू भएसँगै करमैत्री वातावरण र राजस्व संकलनमा सरकार चनाखो हुनुपर्ने देखिन्छ । यसका अतिरिक्त मुलुकलाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका साथै दिगो विकासको लक्ष्य हासिल गर्न र सन् २०३० भित्र मध्यम आय भएको मुलुकको कोटीमा पु¥याउन सरकारलाई ठूलो चुनौती छ । यसै सेरोफेरोमा सरकारले आयोजना गरेको छैटौं कर दिवसका अवसरमा निजी क्षेत्रका अगुवाहरूले समेत हालको कर प्रशासनमा देखिएका समस्या र कर प्रशासनलाई सक्षम बनाउन सुझाव दिएका छन् । प्रस्तुत छ, उनीहरूले दिएको सुझावको सार :

818
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

अंग्रेजी शिक्षक हुने उद्देश्यसहित काठमाडौं छिरेका भुवनकुमार दाहाल हाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । ऐच्छिक अंग्रेजी र अर्थशास्त्रमा स्नातक गरेका दाहालले व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । बैंकमा आफ्नो करियर सुरु गरेदेखि शिक्षकको लक्ष्यलाई बिर्सेर बैंकरका रूपमा स्थापित हुनाका लागि बैंकमा जागिर सुरु गरे पनि एमबीए गरेका दाहालले सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीको दोस्रो कार्यकाल सुरु गरेका छन् ।

1188
कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

संघ र प्रदेशको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै आउँदा कास्कीमा पनि विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो पक्षमा मत पार्न जनताको घरदैलोमा पुग्न व्यस्त भएका छन् । कास्कीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका १७ दलका ९९ जनाले उम्मेदवारी दिएका छन् । कास्कीमा संघ र प्रदेशको निर्वाचन यही मंसिर २१ गते हुने भएको छ भने मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने पक्का भएको छ । उद्यपि साना दल तथा स्वतन्त्र उम्मेदवारले पनि आफूहरूको जित हुने दाबी गरिरहेका छन् । यसै सन्दर्भमा कारोबारकर्मी दिननाथ बरालले कास्कीका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसँग गरेको कुराकानीको सार :

868
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दलहरू चुनावी अभियानमा व्यस्त छन् । मतदातालाई आ–आफ्नो पक्षमा पार्न लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ताहरू विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । रामेछापमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । १ प्रनितिधिसभा र २ प्रदेशसभाका लागि रामेछापमा १२ वटा दलले उम्मेदवारी दिएका छन् । नजिकिँदै गएको मतदानका समयसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको प्रचारप्रसारमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । जिल्लाका सबै उम्मेदवार र पार्टी आ–आफ्ना एजेन्डा लिएर जनताका घरदैलोमा पुगिरहेका छन् । ९० वटा मतदान स्थलका १ सय ९१ मतदान केन्द्रबाट जिल्लाका कुल १ लाख ५२ हजार ४ सय ६५ जनाले मतदान गर्दैछन् । रामेछापका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूसँग कारोबारकर्मी रमेश ढुंगेलले गरेको कुराकानीको सार :

803
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

सिन्धुपाल्चोकमा आइतबार हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल उत्कर्षमा पुगेको छ । जिल्लामा हेभिवेट उम्मेदवारबीचको प्रतिस्पर्धाका कारण निर्वाचन निकै रोचक पनि हुँदै छ । दुईवटा गठबन्धनका हेभिवेट उम्मेदवारका कारण कसले बाजी मार्ने हुन् भन्ने सर्वत्र चासो छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पशुपतिशमशेर राणा र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका शेरबहादुर तामाङबीच प्रतिस्पर्धा छ । अहिले उम्मेदवारहरू विकासे एजेन्डासहित मतदातालाई आफ्नो पक्षमा पार्न अधिकतम् प्रयास गरिरहेका छन् । सिन्धुपाल्चोकको विकासका लागि दुईवटा गठबन्धनका उम्मेदवारका एजेन्डाका विषयमा कारोबारकर्मी किशोर बुढाथोकीले गरेको कुराकानीको सार :

809
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

पूर्वी पहाडी जिल्ला पाँचथरमा चुनावी सरगर्मी निकै बढेको छ । मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनका लागि मत माग्न उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय भएका छन् । निर्वाचनको अन्तिम समयमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । पाँचथरमा विशेष गरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । विकासका एजेन्डालाई प्रमुख प्राथमिकतामा राखेर उम्मेदवारहरू मत माग्न क्रियाशील भइरहेका बेला दुई गठबन्धनका उम्मेदवारहरूसँग कारोबारकर्मी दीपक बोहोराले गरेको कुराकानीका सार :

706
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि राजनीतिक दलहरू चुनावी अभियानमा व्यस्त छन् । मतदाताहरूलाई आफ्नो पक्षमा पार्न दलका कार्यकर्ताहरू आफ्ना विभिन्न एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । सिन्धुलीमा नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा रहेको सिन्धुली जिल्लामा निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी निकै बढेको छ । मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको प्रचार–प्रसार कार्यक्रममा पनि प्रतिस्पर्धा देखिएको छ । सबै उम्मेदवार र पार्टी आ–आफ्ना एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । सिन्धुलीका केही उम्मेदवारका एजेन्डा र प्रतिबद्धताका विषयमा कारोबारकर्मी कृञ्जला पुलामीले गरेको कुराकानीको सार :

1255
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले आफ्नो कार्यभारसमेत सम्हालिसकेका छन् । मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा छ । निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेका छन् । तीनै घोषणापत्र देखाएर उम्मेदवारहरू मत माग्न व्यस्त छन् । राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका आर्थिक एजेण्डा निकै महत्वाकांक्षी भएकाले धेरैले त्यसमा चासो देखाएका छन् ।

1118
कारोबार संवाददाता
आइतवार, मंसिर ३, २०७४

पूर्वसभामुख दमननाथ ढुंगाना प्रतिनिधिसभातर्फ भक्तपुर २ बाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ढुंगानालाई सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेपछि धेरैलाई आश्चर्यमा पारेको छ । ०४८ सालको आमनिर्वाचनबाट काठमाडौं–२ बाट निर्वाचित भएका वरिष्ठ अधिवक्ता ढुंगाना प्रतिनिधिसभामा सभामुख बनेका थिए । पछिल्लो एक दशकयता सक्रिय राजनीतिमा नदेखिएका उनी नागरिक अगुवा र मानवअधिकारवादीका रूपमा परिचित छन् । उनले आफ्नो उम्मेदवारी राजनीतिमा देखिएको विकृति सफा गर्नका लागि भएको बताएका छन् । उनै ढुंगानासँग कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार:

858
कारोबार संवाददाता
आइतवार, मंसिर ३, २०७४

नेकपा एमालेका युवा नेता महेश बस्नेतले भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेत आफूले गरेका काम र वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । लामो समयपछि सक्रिय राजनीतिमा फर्किएका पूर्वसभामुख दमननाथ ढुंगाना उनका प्रतिस्पर्धी छन् । ढुंगानाले भक्तपुरबाट सम्मान र इज्जत पाए पनि मत भने नपाउने बस्नेतको दाबी छ । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा तेस्रो भएका बस्नेत यो पटक २०४६ सालदेखिको कांग्रेसको गढ तोड्ने दाबी गर्छन् । उनै बस्नेतसँग चुनावी तयारी, रणनीति र एजेन्डाका बारेमा कारोबारकर्मी तीर्थराज बस्नेतले गरेको कुराकानीको सार :

707
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

विगत लामो समय पर्यटकलाई पदयात्रामा घुमाउने व्यवसाय सम्हालेका नवराज दाहाल भर्खरै मात्र झन्डै १ हजार २ सय ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा निर्वाचित भएका छन् । झन्डै ३० वर्षदेखि पर्यटन व्यवसायमा लागेका दाहाल यसअघि सन् २००५ मा टानको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए भने सन् २००८ मा महासचिव भएर काम गरेको अनुभव छ ।

902
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

६ वर्षदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका जोसेफ सिल्भानुस एकैनाशको बृद्धिदरमा (कन्सिस्टेन्ट ग्रोथमा) विश्वास राख्छन् । नेपालबाहेक अन्य ८९ देशमा बैंकिङ सेवा प्रदान गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय बैंक हो । नेपालमा तत्काल तरलताको समस्या नदोहोरिएमा ब्याजदर घट्ने बताउने जोसेफ स्थानीय तहमा शाखा विस्तार नगर्ने सोचमा छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई स्थानीय तहमा जानै पर्छ भन्दा पनि विज्ञताअनुसारको काम गर्न दिनुपर्ने उनको तर्क छ । बैंकअनुसार व्यावसायिक मोड फरक हुने भएकाले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका लागि अन्तर्राष्ट्रिय समुदायका लागि ढोकाका रूपमा रहेकाले त्यहीअनुसार काम गर्न दिनुपर्ने उनी बताउँछन् । बैंकमा हुने जोखिमको सुरक्षाका लागि लगानी गर्न नसक्ने हो भने बैंक संकटमा पर्ने सल्लाह दिने जोसेफसँग समग्र नेपाली बैंकिङ क्षेत्रका अवसर तथा चुनौतीका विषयमा कारोबारले गरेको कुराकानीको सार

873
कारोबार संवाददाता
बुधवार, कार्तिक २२, २०७४

सरकारी सेवाबाट अवकाशपछि कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा निर्देशकसमेत बनिसकेका भुसाल अहिले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छन् । भूकम्प गएको साढे दुई वर्ष भए पनि भूकम्पपछिको पुनर्निर्माणको काम अझै सुस्त छ । ९० प्रतिशतभन्दा बढी निजी आवास निर्माण हुन सकेका छैनन्, तर भूकम्पपछि मात्र प्राधिकरणले उनीसहित चार प्रमुख कार्यकारी अधिकृत पाएको छ । आगामी जेठभित्र ६० प्रतिशत निजी आवास निर्माण गरिसक्ने लक्ष्य राखेको बताउने भुसालसँग पुनर्निर्माणको अवस्था, समस्या, चुनौती, आगामी योजनालगायतबारे कारोबारले गरेको कुराकानीको सार

1026
कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४

विगतमा चुनाव भन्नेबित्तिकै झोला बोकेर जेलनेल बसेका तथा राजनीतिक विचार भन्न सक्नेहरू मात्रै चुनावी मैदानमा हुनुपर्ने सोच रहँदै आएको थियो । तर, पछिल्लो समय चुनावमा भने सबै राजनीतिक दलले आर्थिक समृद्धि र विकासका नारा सार्न थालेका छन् । मुलुकको राजनीति र क्रान्तिकारी कुरा मात्रै बिक्ने समाज अहिले विकास खोजिरहेको छ भने प्रत्येक घर आर्थिक समृद्धिका लागि लडिरहेको छ । पछिल्लो समयका पार्टीहरूको घोषणापत्र हेर्ने हो भने पनि समृद्धि र आर्थिक विकासकै मुद्दा अगाडि बढाएको पाइन्छ । मुद्दा मात्रै फेर्ने तर नेतृत्व नफेर्ने पार्टीहरूले अहिले निकट भविष्यमै हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भने युवा उद्यमीलाई उम्मेदवारका रूपमा अगाडि सारेका छन् ।

1102
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १७, २०७४

मुलुकको पुरानो औद्योगिक तथा व्यापारिक घराना ज्योति समूहको तेस्रो पुस्ताका प्रतिभाशाली प्रतिनिधि अभिक ज्योति पछिल्लो कम्पनी नेपाल जेनरल मार्केटिङ प्रालि (एनजीएम) का अध्यक्ष हुन् । हजुरबुबा मणिहर्ष ज्योतिले स्थापना गरेको व्यवसायलाई दोस्रो पुस्ताका पद्मज्योति र अभिकका बुबा डा. रूप ज्योतिले उचाइमा पु¥याएका छन् । तेस्रो पुस्ताका अभिक प्रतिस्पर्धी व्यापार र बदलिँदो प्रविधिसँग उत्तिकै जानकार रहे पनि सधँै लो प्रोफाइलमा रहन रुचाउँछन् । ज्योति समूहअन्तर्गत दर्जनभन्दा धेरै उत्पादनमूलक उद्योग तथा भारतका स्थापित ब्रान्डका ट्रेडिङ व्यवसाय सञ्चालनमा छन् । ५५ वर्षभन्दा लामो समय नेपाली डन्डी बजारमा आफ्नो प्रभुत्व अब्बल बनाउन सफल हिमाल स्टिल ज्योति समूहभित्रकै प्रतिष्ठित कम्पनी हो । युवा उद्यमी ज्योतिले नर्थ इस्टर्न युनिभर्सिटी, बोस्टन, अमेरिकाबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र इन्जिनियरिङ म्यानेजेमेन्टमा स्नातकोत्तर गरेका छन् । सन् २००४ मा अमेरिकाको उच्च शिक्षापछि नेपाल फर्किएका उनी हिमाल आइरनमा बजार व्यवस्थापन, कम्प्युटर शाखा, नेटवर्क म्यानेजमेन्टलगायतमा कामको अनुभवी छन् । अहिले पनि ज्योति समूहको सूचना प्रविधि डेस्क ज्योतिले हेर्छन् ।

830