कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

राजधानीलाई विभिन्न पेसा–व्यवसाय र कर्मथलो बनाई स्थायी तथा अस्थायी बसोबास गरेका सर्वसाधारण ठूलो संख्यामा दसैंमा गाउँ फर्किरहेका छन् । फूलपातीदेखि कार्यालयहरू बिदा हुने भएकाले सवारी र हवाई यात्रुको चाप बढेको छ । सरकारसँग उपत्यकाबाट बाहिरने सर्वसाधारण्को यकिन तथ्यांक त छैन, ट्राफिक प्रहरीको अनुमानअनुसार दसैंंका बेला करिब ३० लाख मानिस उपत्यकाबाट बाहिरिन्छन् भने झन्डै त्यत्तिकै संख्यामा अन्य सहरी क्षेत्रबाट अर्कातर्फ आवतजावत गर्ने बताइन्छ ।

528
भीम गौतम
बुधवार, आश्विन १५, २०७६

अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ऊर्जा र सडक आयोजनाका लागि ५ सय मिलियन डलर अनुदान दिने गरी सम्झौता भैसकेको छ । नेपालमा आएको सहायतामध्ये अनुदानमा यो सबैभन्दा बढी हो । आयोजना अन्र्तगत ३१८ किलोमिटर प्रसारण लाइन तथा १२७ किलोमिटर सडक मर्मत गर्ने योजना छ ।

1197
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

नेपालीहरूको मुख्य पर्व दसैं सुरु भएको छ । आइतबार घटस्थापनादेखि सुरु भएको दसैं विजयादशमीसम्म विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यताअनुरूप मनाइन्छ । १० दिनसम्म मनाइने दसैंको टीकाको पाँच दिनपछि पूर्णिमालाई पनि दसैंकै अंगका रूपमा मान्ने गरिन्छ । अर्थात् पूर्णिमापछि मात्र औपचारिक रूपमा दसैं सकिएको मानिन्छ । दसैंपछि तिहार र तिहारपछि छठ आउँछ । तीनै पर्व राष्ट्रिय ठूला पर्वमा पर्छन् र महत्वका साथ मनाइन्छ ।

530
कारोबार संवाददाता
सोमवार, आश्विन १३, २०७६

दसैं सुरु भएसँगै बैंकमा नयाँ नोट साट्नेहरूको भीड छ । राष्ट्र बैंकले पनि दसैंको पूर्वसन्ध्यामा बजारमा नयाँ नोट पठाउने तथा नेपालीहरूले पनि चाडबाडमा पूजा÷दक्षिणका लागि नयाँ नोट प्रयोग गर्ने परम्पराका कारण बजारमा १ सय, ५०, २०, १० र ५ रुपैयाँ दरका नोटको माग उच्च छ । अहिले चलनचल्तीमा साना दरका नोटहरू बजारमा पर्याप्त भए पनि दसैं र तिहारका बेला नयाँ नोट प्रयोग गर्ने नेपालीको प्रचलनका कारण राज्यलाई वार्षिक ५० करोडको नोक्सानी हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

510
कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६

राजनीति सदावहार चल्ने खेल हो । शासन–व्यवस्था जुनसुकै होस्, राजनीति अक्षुण्ण रहन्छ । जुनसुकै शासन–व्यवस्थामा पनि आखिर देश चलाउने राजनीतिले नै हो । एउटा घर, समाज, कार्यालय, संघसंस्थाको जीवन्तताका लागि पनि राजनीति त चाहिन्छ तर देश चलाउने राजनीतिभन्दा पृथक् । राणाशासनको पतनपछि सुरु भएको खुला राजनीतिले खुला समाजको स्थापना गरेको छ भने राजनीतिमा समावेशी सिद्धान्त लागू भएको छ । सबैको उत्तिकै चित्त नबुझे पनि नेपालको संविधान–२०७२ यसअघिका संविधानभन्दा गुणौं समन्यायिक र समावेशी छ । यसको परख कार्यान्वयनले देखाउने हो ।

669
कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६

चाडपर्व नजिकिएसँग उपत्यकाको बजार तातेको देखिन्छ भने बजारभाउ अकाशिएको छ । तरकारीलगायतका सामग्रीहरूको भाउ अस्वाभाविक रूपले वृद्धि भइरहेको छ । सरकारी निकायले मासुको सजिलै आपूर्ति हुने बताइरहेका छन् । उता, उपत्यकाबाहिरका व्यापारी÷व्यवसायीहरू भने अपेक्षित व्यापार हुन नसकेको बताउँछन् ।

336
सरस्वती ढकाल
बिहिवार, आश्विन ९, २०७६

नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि ध्रुव थापा गतसाता सर्वसम्मतिबाट चयन भएका छन् । तीनवर्षे कार्यकालका लागि चयन भएका थापा सिमेन्ट उद्योग आत्मनिर्भर भएसँगै चुनौतीको चाङ थपिएको अनुभूति गर्छन् । सिमेन्ट उद्योगको स्थायित्व र गुणस्तरीय उत्पादनका लागि निजी क्षेत्रका सिमेन्ट उत्पादक र सरकारबीच सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । यद्यपि सरकारकै नीतिका कारण नेपाली सिमेन्ट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको थापा बताउँछन् ।

772
भगवान खनाल
बुधवार, आश्विन ८, २०७६

सुरेन्द्र विष्टको जन्म बैतडीको शिवनाथ गाउँपालिकाको तल्लोसोराड क्षेत्रमा भए पनि बाल्यकाल भने डडेलधुराको भित्री मधेसमा बित्यो । त्यसपछि कक्षा ८ मा अध्ययन गर्नका लागि कञ्चनपुरको महेन्द्रनगर झरेका विष्ट अहिले भीमदत्तका नगरपालिकाका प्रमुख हुन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहमध्ये कञ्चनपुरमा ७ नगरपालिकासहित ९ वटा स्थानीय तह छन् । पुरानो मध्येको एक नगरपालिका भीमदत्त काठमाडौंबाट ७ सय ५० किलोमिटर दूरीमा पश्चिम दिशामा अवस्थित छ ।

1220
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । व्यवसायीले आइतबारदेखि घर जानका लागि अग्रिम टिकटसमेत खुला गरेका छन् । दसैं नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढ्न थालेको छ । चाडपर्वलाई लक्षित गरेर सरकारले उपत्यकाका विभिन्न नौं स्थानमा सहुलियत पसल सञ्चालन गरिरहेको छ । सरकारले सञ्चालन गरेको सहुलियत पसलमा ठूला व्यापारिक मलमा सरह नै मूल्य कायम छ । सबै ठाउँमा सहुलियत पसल नहुँदा उपभोक्ताले सो सुविधा पाउन सकेका छैनन् । यस्तै निजी क्षेत्रका ठूलठूला व्यावसायिक हाउस, बिगमार्ट, भाटभटेनीले समेत सहुलियत मूल्य सामान बिक्री सुरु गरेका छन् । चाडपर्वमा बजारमा चहलपहल बढ्ने हुँदा व्यवसायीले कालोबजारी गरी उपभोक्ता ठग्ने गरेका छन् । कमसल सामान, म्याद नाघेको, सामानको बिक्री बढी हुनेगर्छ । चाडपर्वको मौका छोपेर व्यवसायीले पनि अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् । बजारमा आपूर्ति व्यवस्था के छ, बजार अनुगमन कसरी भइरहेको छ, चाडपर्वका बेला हुने कृत्रिम अभाव, कालोबजारी, ठगी नियन्त्रण गर्नका लागि सरकारबाट के–कस्ता प्रयास भइरहेको छ, बजारको अवस्था के छलगायतका विषयमा सरोकारवाला व्यक्तिसँग गरिएको कुराकानीको सार :

553
निरु अर्याल
सोमवार, आश्विन ६, २०७६

दुईतिहाई नजिकको बलियो सरकार यतिबेला संघीयता लागू भएपछि दोस्रो बजेटको कार्यान्वयनको चरणमा छ । बजेट कार्यान्वयनमा सरकार उदासीन हुँदा वित्तीय संघीयता ब्यवस्थापन झन चुनौतीपूर्ण बन्दै गएको अर्थविद डा. चन्द्रमणि अधिकारी बताउँछन् । लामो संक्रमणकालीन अवस्थाको अन्त्यपछि बनेको बलियो सरकारले समेत उत्पादन वृद्धि, लगानी प्रवद्र्धनसहित दिगो विकासको लक्ष्यलाई प्राथमिकता नदिँदा मुलुकको अर्थतन्त्र झनपछि झन विकराल अवस्थामा पुगेको उनको तर्क छ ।

834
भुवन पौडेल
सोमवार, आश्विन ६, २०७६

आजभन्दा करिब ६ महिनाअघि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका गणेशराज पोख्रेल बैकिङ क्षेत्रसँग भने सिटिजन्स बैंकको स्थापनासँगै जोडिएका हुन् । बैंक स्थापनाको समयमा नै माथिल्लो तहको जिम्मेवारी सम्हालेका पोख्रेल यसअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए । बैंकिङ क्षेत्रसँग जोडिनुभन्दा अघि शैक्षिक क्षेत्रमा उच्चतहको जिम्मेवारी निर्वाह गरेका पोख्रेलले व्यावसायिक प्रशासनमा स्नाकोत्तर गरेका छन् ।

1931
धर्मेन्द्र कर्ण
आइतवार, आश्विन ५, २०७६

नेपालमा नागरिकतासम्बन्धी विवाद त्यतिखेर चर्किन थाल्योे जतिखेर यसलाई हरेक कामकाजका लागि बाध्यकारी प्रमाणको रूपमा बनाउन सुरू गरियो । यो विषय जनमत संग्रहपछि जन्मसिद्धको प्रावधानलाई अध्यादेशबाट खारेज गरेपछि विस्तारै समस्याको रूपमा बल्झियो । यो राजनीतिक विषय बन्यो र नागरिकताको एजेन्डा ०४६ मा सद्भावना पार्टीले बनाएयता यो एजेन्डा मधेसीको एजेन्डामात्र बनेर गयो । समस्याको समाधान त्यो पार्टी संसद्मा पुगे पनि हुन सकेन । गो यसअघि नै पूरा गर्नुपर्ने थियो ।

420
कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६

नेपालका ७७ जिल्लामा राजस्व आर्जनमा १५ जिल्लाको अहं भूमिका छ । भारतसँग सीमा जोडिएका जिल्लाहरूबाट नेपालको राजस्व संकलनमा योगदान रहेको विदितै छ । व्यापार-व्यवसाय निरन्तर चलिरहने क्षेत्र हो । तर नेपालको सांस्कृतिक विविधताले गर्दा पनि कतिपय व्यापार-व्यवसाय चाहिँ मौसमी पनि देखिन्छ ।

547
दीपेन्द्र थापा
बिहिवार, आश्विन २, २०७६

नेपालको पर्यटन क्षेत्र अथाह सम्भावना बोकेको क्षेत्रमात्रै होइन अर्थतन्त्रमा यो क्षेत्रको राम्रो योगदान छ । पर्यटन तथा हस्पिटालिटी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था होटल संघ नेपालको अध्यक्षमा सृजना राणा छिन् । राणा पर्यटन र हस्पिटालिटी क्षेत्रमा चिरपरिचित छन् । सम्बन्धित क्षेत्रमा गतिलो काम गरेर नाम कमाउन सफल राणा अन्नपूर्ण ग्रुप तथा होटलको कार्यकारी निर्देशकसमेत हुन् । नेपाल चाइना चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको बोर्ड मेम्बर, भिजिट नेपाल इयर २०२० को कार्यक्रम कार्यान्वयन समिति उपसभापति राणा पर्यटन क्षेत्रको शूक्ष्म अध्येता पनि हुन् । महिला उद्यमशिलताका क्षेत्रमा पनि उत्तिकै सक्रिय उनी महिलाका मुद्दामा समेत विशेष जोड दिन्छिन् । जोन्टा इन्टरनेसनल डिस्ट्रिक २५, एरिया २ को संस्थापक सदस्य छन् । महिला उद्यमी महासंघ, दक्षिण एसिया महिला विकास मञ्च र सार्क चेम्बर महिला उद्यमशील परिषद्को उनी संस्थापक हुन् । नेपाल युथ फाउन्डेसनको सञ्चालक समिति सदस्य र जयन्ती मेमोरियल ट्रस्टको उपाध्यक्ष रहेकी राणा गत वैशाखमा होटल संघ नेपालको अध्यक्षमा निर्वाचत भएकी हुन् । उनीसँग नेपाल भ्रमण वर्ष २०२०, पर्यटन क्षेत्रको विकासका लागि चाहिने पूर्वाधार, नयाँ गन्तव्यको विस्तार तथा वर्तमान पर्यटनको अवस्थालगायतका समग्र विषयमा कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानी :

549
कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६

वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकहितका लागि सरकारबाट मान्यता प्राप्त संस्थाको नजिँकैदै गरेको अधिवेशनलाई गल्फबाट पनि निकै चासोको रुपमा हेरिएको छ । नेपाल छाडेर विदेशमा स्थायी बसोबास गर्ने नेपालीहरूको अवधारणामा सुरु भएको संस्थामा अहिले भने दुई वर्ष नेपाल छोडेर विदेश बसेको नेपाली नागरिक यसको सदस्य बन्न सक्ने हँुदा यसको दायरा फराकिलो हुँदै रोजगारको लागि अत्यधिक नेपाली रहेका गल्फतिर पनि फैलिँदै गएको छ ।

423