प्रगति ढकाल
बुधवार, भदौ ४, २०७६

नेपाल वन जंगलको धनी देश हो । यहाँ उत्पादन भएका विभिन्न वन पैदावार आर्थिक समृद्धिका स्रोत हुन् । यहाँका जैविक विविधतायुक्त ठाउँ पर्यटकीय गन्तव्य हुन् । वन तथा प्राकृतिक स्रोतबाट नै देशले प्रशस्त आर्थिक आयआर्जन वृद्धि गर्न सक्छ । नेपालको करिब ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटे पनि विडम्बनाका साथ भन्नैपर्ने हुन्छ कि हामी अझै काठ आयात गरिरहेका छौ । संरक्षणमुखी वन व्यवस्थापनका कारण राज्यले वन पैदावारबाट मुनाफा लिन सकिरहेको छैन ।

124
लक्ष्मी सापकोटा
मंगलबार, भदौ ३, २०७६

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ । अमेरिका र इरानबीचको द्वन्द्वका कारण सुनको मूल्य अकासिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि पर्न गएको छ । सुनको मूल्य एक्कासि बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा पर्न गएको हो । गत असार १० मा सुनको मूल्य बढेर ६५ हजार रुपैयाँ कायम भएको थियो । लगातार उकालो लाग्दै आएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अहिले सुनको मूल्य बढेर तोलामा ७१ हजार ५ सय रुपैयाँसम्म पुगेको छ । एक महिनाको अवधिमा सुनको मूल्य तोलामा झन्डै ६ हजार ५ सय रुपैयाँ बढेपछि सुन खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।

108
यादव हुमागाई
सोमवार, भदौ २, २०७६

नेपाल राष्ट्र बैंकले बिमा बैंकहरूलाई बिमा पोलिसी बिक्री गर्न कडाइ गरेपछि बैंकमार्फत बिमा व्यवसाय विस्तारमा केन्द्रित भएका कम्पनीहरू झस्किएका छन् । बैंकास्योरेन्सको काम व्यवस्थित हुँदै धेरै अघि बढिसकेको अवस्थामा एक्कासि बन्दै गर्नु गलत भएको बताउँछन् एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम । विकृतिहरूलाई अन्त्य गर्दै व्यवस्थित गरेर लानुपर्नेमा काटेरै फाल्ने काम गलत भएको र यसबाट बिमा व्यवसायमा नकारात्मक असर पर्ने उनको तर्क छ । बिमा कम्पनीहरूको संख्या बढे पनि बजारमा विस्तार नभएकाले अस्वस्थ प्रतिस्पर्धा हुन थालेको उनी स्वीकार गर्छन् । बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई हटाउनका लागि मर्जर आवश्यकता देखिएको उनको भनाइ छ । यसैगरी बिमा बजार विस्तारका लागि सरकारी सम्पत्तिको बिमा गर्दै सर्वसाधारणलाई आकर्षित गर्नुपर्ने र न्यून आय भएका परिवारलाई बिमा गर्दा अनुदानको व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए । लामो समय बैंकिङ क्षेत्रमा काम गरेपछि बिमा व्यवसायमा प्रवेश गरिरहेका गौतमसँग बिमा व्यवसायको अवस्था, सम्भावना र चुनौतीबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानीको सार :

313
दिपेन्द्र थापा
आइतवार, भदौ १, २०७६

उड्डयन क्षेत्रको व्यवस्थापन तथा नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको प्रमुख (महानिर्देशक) मा सरकारले राजन पोखरेललाई असार १२ गते नियुक्त गरेको थियो । २०४७ सालमा तत्कालीन हवाई सेवा विभागमा प्राविधिक अधिकृत (एटीसी) बाट सेवा सुरु गरेका पोखरेलले व्यवस्थापनमा स्नातकोत्तर र कानुन संकायमा स्नातकको शैक्षिक उपाधि हासिल गरेका छन् । प्राधिकरणमा करिब ३ दशक लामो काम गरिरहेका पोखरेलसँग हवाई सुरक्षा, हवाई सम्झौता, अन्तर्राष्ट्रिय सम्बन्ध, विभिन्न हवाई दुर्घटना आयोगको संयोजक तथा सदस्य भएर काम गरेको अनुभव छ । हवाई सुरक्षाको नियमन र सुपरिवेक्षणमा दख्खल राख्ने पोखरेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नेपालका लागि सन २०१७ मा उडान सुरक्षा अडिट संयोजकको समेत कार्यभार सम्हालेका थिए । प्राधिकरणमा सरल, स्पष्ट वक्ता र दूरदर्शी छवि बनाएका उनै पोखरेलसँग उड्डयन क्षेत्रमा गर्नुपर्ने सुधार निर्माणाधीन विमानस्थलको अवस्था, काठमाडौंमा हुन गइरहेको ५६औं डीजीसीए कन्फ्रेन्सलगायत प्राधिकरणको भावी योजनामा केन्द्रित रही कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

219
कारोबार संवाददाता
बिहिवार, श्रावण ३०, २०७६

प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । हेल्पिङ क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेस र ललितपुर डिष्ट्रिक बडिविल्डिङ एण्ड फिटनेस एशोसिएसनको साझेदारीमा यो हुन लागेको हो । प्रतियोगिता आगामी भदौ १३ र १४ गते ललितपुरमा हुँदैछ ।

242
विप्लव काफ्ले
शुक्रवार, श्रावण ३१, २०७६

उपभोग्य हरेक सामानको मूल्य बढेको छ । महँगीको मारमा उपभोक्ता छन् । आयमूलक काम गरेर जीविकोपार्जन गर्न सर्वसाधारणलाई मुस्किल पर्दै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय दूधको मूल्य बढाउने सोचमा छ । दुग्ध उत्पादक किसानले चर्को दबाब दिएपछि दुग्ध विकास संस्थान (डीडीसी) लाई दूधको मूल्य अवस्थाबारे अध्ययन गर्न सुझाएको छ । दुग्ध सहकारी १० रुपैयाँ, डेरी उद्योग ६ रुपैयाँ बढाउनुपर्ने पक्षमा उभिएका छन् ।

348
प्रगति ढकाल
बुधवार, श्रावण २९, २०७६

नेपाल प्राकृतिक सम्पदामा धनी छ । नेपालमा उत्पादन हुने जडिबुटी मुलुकको आर्थिक समृद्धिको आधार हो । ७ हजार प्रजाति जडिबुटी औषधिजन्य भए पनि २७० प्रजातिलाई मात्रै वनस्पति विभागले आइडेन्टीफाइ गरेको छ । नेपालले जडिबुटी निर्यात प्रवद्र्धन गर्ने नीतिका साथ खेती विस्तार, अध्ययन अनुसन्धानमा प्राथमिकता दिने तथा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गरिदिने हो भने जडिबुटी निर्यात बढाउन सकिने र जडिबुटीबाटै मुलुकको आर्थिक समृद्धि हुने बताउँछन् , नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरे ।

389
किरण आचार्य
मंगलबार, श्रावण २८, २०७६

पछिल्ला वर्षहरूमा नेपालमा खाद्य स्वच्छताको विषय अलिक बढी उठ्न थालेको छ । एकातिर खाद्यान्न, तरकारी, दूध, तेललगायतका खाद्य पदार्थमा गुणस्तरमाथिको प्रश्न र अर्कातिर वर्षौंदेखिको कुपोषणसमेत चुनौतीको विषय बन्ने गरेको छ । जनस्तरमा स्वच्छ खानेकुराप्रति सचेतना केही बढेजस्तो देखिए पनि खाद्यान्नको स्वच्छताको विषय, खाने बानीको विषय अझै पनि मुख्य बहसको विषय बन्न सकेको छैन ।

338
भुवन पौडेल
सोमवार, श्रावण २७, २०७६

सनराइज बैंकलाई फरक बनाएर चिनाउने योजनामा रहेका जनक शर्मा पौड्यालले केही साताअघि मात्र बैंकको व्यवस्थापनको नेतृत्व सम्हालेका छन् । यसभन्दा अघि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी भइसकेका पौड्यालले बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवसहित करिब ३२ वर्ष बिताइसकेका छन् ।

1384
धर्मेन्द्र कर्ण
आइतवार, श्रावण २६, २०७६

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दीर्घकालीन जनयुद्धको नाममा थालेको संशस्त्र संघर्षको दौरानमा रोल्पाका जनताले दिएको अतुलनीय बलिदानले नेपाली राजनीतिक इतिहासमा आफ्नो अमीट छाप छोडेको यस जिल्लालाई तत्कालीन माओवादी नेतृत्वले विकास र समृद्धिका लागि युद्ध पर्यटनको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

506
कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरिसकेको छ । यो लक्ष्य प्राप्तिका लागि सानो कसरतले पर्यटक ल्याउन भने हम्मे–हम्मे पर्ने देखिएको छ । नेपाल वायुसेवा निगमले भनेको गन्तव्यमा उडान भर्न नसक्नु, युरोपमा सीधा हवाई सम्पर्क नहुनु, पर्यटकीय गन्तव्यको विकास नहुनुजस्ता कारणले नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य सुधार हुन कठिन छ । सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन हालसम्मकै ठूलो संख्या हो ।

373
कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६

तनहुँको १० वटा स्थानीय तहमध्ये व्यास नगरपालिका जिल्लाको सदरमुकाममा अवस्थित नगरपालिका हो । स्थानीय तह हरूमध्ये बढी आर्थिक स्रोत भएको नगरपालिका पनि व्यास नै हो । १४ वडा रहेको यो नगरपालिकाभित्र विकट ग्रामीण बस्तीका साथै पडाडी क्षेत्र पनि छन् । नगरपालिकालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिने थुप्रै आधार तथा स्रोत छन् । प्रशस्त प्राकृतिक स्रोतसाधन र प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू पनि छन् यहाँ । व्यास पराशर क्षेत्र, छाब्दी बाराही मन्दिर यहाँका प्रमुख तीर्थस्थल हुन् भने मानहुँकोट, सहिद गाउँ पुलिमराङलगायतका ठाउँ पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन् ।

410
प्रकाश लम्साल
बिहिवार, श्रावण २३, २०७६

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ –निजगढ दु्रतमार्ग, निजगढ स्मार्ट सिटीको निर्माण र चर्चाले निजगढ नगरपालिकाले नाम पाएको छ । चुरे पर्वतमालाको फेदीमा अवस्थित निजगढ नगरपालिकाले थुप्रै राजनेता उत्पादन गर्नेदेखि लिएर पञ्चायती कालमा होस् वा माओवादी द्वन्द्वमा ठूला नेताहरूको आश्रयस्थल बनेको निजगढ नगरपालिकाले २ दशकदेखि सामाजिक संघ–संस्थामा निःस्वार्थ लाग्दै आएका नगर प्रमुखको जिम्मेवारी सुरेश खनाललाई दिएको छ ।

589
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

जुलियो क्वाजियाटो संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को क्षेत्रीय इनोभेसन सेन्टर फर एसिया प्यासिफिकका प्रमुख हुन् । क्वाजियाटोले दुबई सरकारको सेन्टर फर गभर्मेन्ट इनोभेसनमा समेत काम गरिसकेका छन् । इन्टरनेसनल डेभलपमेन्ट एन्ड पब्लिक सेक्टर अर्गनाइजेसनको इनोभेसन स्किल टिमको वरिष्ठ कार्यक्रम व्यवस्थापकका रूपमा काम गरेका उनी हालै नेपालको एक्सेलेटर ल्याब शुभारम्भको क्रममा नेपाल आएका थिए । नेपालमा एक्सेलेटर ल्याबमार्फत विकास र व्यवसायमा ठूलो योगदान पुग्ने बताउँदै उनी यसले नयाँ आविष्कार र नवीनतम प्रविधिको विकासका लागि सहयोगी बन्ने अपेक्षा गर्छन् । क्षेत्रीय इनोभेसन सेन्टर फर एसिया प्यासिफिकका प्रमुख रहेका उनीसँग एक्सेलेटर ल्याबको स्थापनासँगै नेपालमा हुनसक्ने नयाँ आविष्कार, प्रभाव, यसले विकास र व्यवसायमा गर्न सक्ने प्रवद्र्धन लगायतबारे कारोबारले गरेको कुराकानीको सार :

397
कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ । अमेरिका र इरानबीचमा भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । सुनको मूल्य एक्कासि बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा समेत पर्न गएको छ । गत १० असारमा सुनको मूल्य बढेर ६५ हजार रुपैयाँ कायम भएको थियो । केही समय उतारचढाब रहेको सुनको मूल्य अहिले आएर पुनः उकालो लागेको छ ।

486