जोसेफ सिल्भानुस प्रमुख कार्यकारी अधिकृत स्ट्यान्डर्ड चार्टर्ड बैंक
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

६ वर्षदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका जोसेफ सिल्भानुस एकैनाशको बृद्धिदरमा (कन्सिस्टेन्ट ग्रोथमा) विश्वास राख्छन् । नेपालबाहेक अन्य ८९ देशमा बैंकिङ सेवा प्रदान गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्तर्राष्ट्रिय बैंक हो । नेपालमा तत्काल तरलताको समस्या नदोहोरिएमा ब्याजदर घट्ने बताउने जोसेफ स्थानीय तहमा शाखा विस्तार नगर्ने सोचमा छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई स्थानीय तहमा जानै पर्छ भन्दा पनि विज्ञताअनुसारको काम गर्न दिनुपर्ने उनको तर्क छ । बैंकअनुसार व्यावसायिक मोड फरक हुने भएकाले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका लागि अन्तर्राष्ट्रिय समुदायका लागि ढोकाका रूपमा रहेकाले त्यहीअनुसार काम गर्न दिनुपर्ने उनी बताउँछन् । बैंकमा हुने जोखिमको सुरक्षाका लागि लगानी गर्न नसक्ने हो भने बैंक संकटमा पर्ने सल्लाह दिने जोसेफसँग समग्र नेपाली बैंकिङ क्षेत्रका अवसर तथा चुनौतीका विषयमा कारोबारका सम्पादक कुबेर चालिसे र संवाददाता भुवन पौडेलले गरेको कुराकानीको सार ः

बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासको कार्यसम्पादनको अवस्था कस्तो छ ?
चालू आर्थिक वर्षको पहिलो त्रैमासको कार्यसम्पादनलाई तथ्यांकगत रूपमा हेर्दा बैंकले ४८ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० करोड रुपैयाँले धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको असोजसम्ममा बैंकले ७१ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप संकलन गरी करिब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको अवस्थालाई तथ्यांकगत रूपमा पनि कार्यसम्पादनको दृष्टिले हेर्दा अझ राम्रो छ । त्यसका साथै मलाई के लाग्छ भने हामीले निरन्तर रूपमा राम्रो गर्नुपर्छ । कुनै समयमा हामी संस्थाको वित्तीय अवस्थालाई गहिरो रूपमा नहेरी अन्डरलाइन गरेको तथ्यांकमा जान्छौं । पछिल्लो समयमा देखिएको वित्तीय बजारको अस्वाभाविक उतारचढाव र तरलतामा देखिएको समस्याका बाबजुद पनि हामीले विगतको प्रगति दरलाई कायम राखेका छौं । राम्रो हँुदै गर्दा ठूलो हुनुपर्छ भन्ने होइन । संस्थाको वासलातको आकार कत्रो छ वा नेटवर्थ कति छ भन्ने विषयले मात्र राम्रोको निर्धारण गर्दैन । यो भनेको हामीले गर्ने व्यवसायको तरिका हो । त्यसैले हामी गुणस्तरीय सेवा दिएर आफ्नो व्यवसाय गर्छौं । यो अवधिमा कर्मचारीहरूले संस्थाको रणनीतिअनुसार पूर्ण रूपमा मेहनत गरेका छन् । सबै कर्मचारी मित्रहरूबाट राम्रो आउटकम आएको छ । 
सन् १०१७ समग्र वित्तीय क्षेत्रका लागि निकै चुनौतीपूर्ण रह्यो । यो समयमा बैंक–वित्तीय संस्थाले तरलताको समस्या झेल्नुप¥यो । त्यो मात्र नभई विभिन्न नियमहरू आए । त्यसको पालना गर्नुप¥यो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको सन्दर्भमा कुरा गर्दा नियमको परिपालनाको सन्दर्भमा हामी पूर्ण रूपमा इमानदार छौं । हामीले धेरै होसियार भएर काम गरेका छौं । मैले भन्न खोजेको नियामकले तोकेको मापदण्डको नजिक पनि हामी पुगेनौं । हामीले एक दिनको राफसाफमा पनि नियम पालना नगरेको भन्ने छैन । बैंक भनेको नै यही हो भन्ने लाग्छ । त्यसैले हाम्रा लगानीकर्ता र ग्राहकलाई यो संस्था मन पर्छ । 

वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले समय–समयमा बैंक–वित्तीय संस्थालाई निर्देशन जारी गर्दै आएको छ । बैंकहरूले आफैं स्वनियममा बस्न किन नसेका होलान् ? यसलाईं तपाइले कसरी हेर्नुभएको छ ?
नियामक निकायको निर्देशन र स्वनियमलाई म एकै सिक्काका दुई पाटा भन्न पनि सक्थें, तर भन्दिनँ । नियामक निकायको काम भनेको बृहत् मार्गदर्शन ल्याउने र सुपरिवेक्षेण गर्ने हो । तर, मैले नियामक निकायले धेरै राम्रो काम गरेको पाएको छु । नेपाल राष्ट्र बैंकले सही दिशाको निर्देशन तथा मार्गदर्शन साना सम्भावनालाई पनि हेरेर नियमन गरेको छ । नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायले कलेज अफ रेगुलेटरको सिस्टमलाई कपी गरेका छन्, जुन धेरै राम्रो हो । कलेज अफ रेगुलेटरले हरेक अभ्यासको एक अर्कोमा सेयर गर्ने तथा लागू गर्ने भएकाले पनि राम्रो भएको हो । कलेज आफ रेगुलेटर भनेको एक–अर्कामा बलियो गरी बाँध्ने शक्ति हो । यसमा उनीहरु हरेक त्रैमासमा भेटघाट गरी कहाँ के भइरहेको छ भनेर छलफल गर्छन् । त्यसलाई नेपालले दुई पटकसम्म आयोजक नै भइसकेको छ । नेपालको अभ्यासमा रहेका ऐन–नियमहरू भारत, बंगलादेश, श्रीलंकालगायतका नजिकका राष्ट्रहरू पनि अभ्यासमा रहेका छन् । यसमा तपाईंले गलत गर्न पनि सक्नुहुन्न । साथै, सुपरभिजन बढाऊ पनि भन्न सक्नुहुन्न । बैंकहरूले पनि आफूलाई नेपाल राष्ट्र बैंकका फिँजिएका हातहरू हौं भन्ने देख्नुपर्छ । यदि देखिँदैन भने त्यसमा कुनै स्वार्थको काम छ भन्ने बुझ्नुपर्छ । त्यसैले बैंकहरु तथा केन्द्रीय बैंक एउटै पक्षका हुन् । त्यसैले स्वनियम र स्वशासित हुनु भनेको धेरै राम्रो कुरा हो । त्यसैले कसैकसैले धेरै निरीक्षणभन्दा स्वनियम धेरै राम्रो पनि भन्दछन् । बैंक–वित्तीय संस्थाहरू केन्द्रीय बैंकका फैलिएका हात हुन् । केन्द्रीय बैंक र बैंक–वित्तीय संस्था एक–अर्को पक्ष विपक्ष हुन सक्दैनन् । यसरी एकैपक्ष भएपछि समस्या पनि हँुदैन । 

पछिल्लो समयमा बैंकहरू नाफा मात्र बढाउने प्रयासमा रहेका देखिन्छन् भन्ने आरोप छ । यस विषयमा तपाईंलाई के लाग्छ, नाफा नै सबैकुरा हो त ? 
यदि नाफा केन्द्रित बैंकिङ सेवा हुने हो भने स्वच्छता, साख तथा सम्पूर्ण व्यवस्थापनका पक्षहरू प्रभावित हुन्छ । तपाईं आफ्ना बच्चालाई धेरै अंक ल्याउनका लागि चिट चोरेर परीक्षा पास गराउन चाहनुहुन्छ ? चाहनुहुन्न । त्यसैले तपाईंले आफ्नो परिवारमा एउटा गभर्नेन्स स्ट्यान्डर्ड लागू गर्नुभएको हुन्छ । त्यसैले नाफा मात्रै फोकस गर्ने र कानुनमा भएका कमजोरीलाई प्रयोग गर्ने हो भने समग्र प्रणालीमै समस्या आउन सक्छ । त्यसैले त्यस्तो समस्या समाधानका लागि बैंकलाई कारबाही गर्ने वा फाइन लगाउने गर्नुपर्छ । यस विषयमा विश्वव्यापी एजेन्डा नै बनेको पनि छ । यसले विगतमा केही समस्या पनि आएका थिए । अब हामी त्यस्ता समस्याबाट बाहिर आउनुपर्छ । 

बैंकहरूले पुँजी बढाएको अनुपातमा लगानीकर्ताले प्रतिफल खोज्ने भएकाले नाफा बढाउने दबाब त छँदै छ । विगतको तुलनामा लगानीकर्तालाई बढेको पुँजीमा प्रतिफल दिन तपाईं के गर्नुहुन्छ ?
विश्वास गर्नुहोस्, दीर्घकालमा नाफा धेरै गर्नुपर्ने दबाब आफैं हट्छ । बैंकिङ क्षेत्र भनेको कुनै उत्पादनमुलक कम्पनी जस्तो होइन । बैंकहरूको रचनात्मक बैंकिङ च्यानल धेरै न्यून छ । त्यसैले सबै संस्थालाई अवसरहरू छन् । त्यसैले मेरो बैंकको मोडल र अन्य बैंकको मोडल नै फरक छ । हामी एक–अर्कोसँग तुलना नै गर्न सक्दैनौं । हामीले लिन सक्ने जोखिम र अन्य बैंकले लिने जोखिममा धेरै फरक छ । त्यसैले व्यवस्थापन र सञ्चालकले आफ्नो कोर बिजनेस के हो, निर्णय गर्नुपर्छ । हाम्रो रणनीति कहिल्यै परिवर्तन हुँदैन । सबै एउटै रहन्छ । यो कुनै व्यक्ति वा बोर्डले चाहेर परिवर्तन हुँदैन । त्यसैले मैले कन्सिस्टेन्सी शब्द प्रयोग गरेको हुँ । हाम्रो रणनीतिलाई बोर्ड तथा सेयरधनीले पनि स्वीकृत गरिसकेको हुनाले परिवर्तन हुँदैन । 

स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने केन्द्रीय बैंकको निर्देशनको पालना कसरी गर्दै हुनुहुन्छ ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक भनेको अन्तर्राष्ट्रिय बैंक हो । यो बैंक अन्य ८९ देशमा छ । नेपालको छिमेकमा दुई ठूला देश अर्थात् अर्थतन्त्र छन् । त्यसैले नेपालमा अवसर छ । नेपालमा यो बैंक हुनु जरुरी पनि छ । त्यो त व्यवहारले नै प्रस्ट देखाएको छ । यो बैंक नेपालले विश्वमा गर्ने कारोबारको ढोका पनि हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालबाट गरिने सबै डलर क्लियरिङमध्ये ५५ प्रतिशत गर्छ । त्यसका साथै युरो, यानलगायतका करेन्सीका लागि हामी ढोका हौं । रातो किताबका अनुसार हामीले हरेक वर्ष करिब ६० प्रतिशत रेमिट्यान्स भिœयाउने उल्लेख छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत आउने रेमिट्यान्सअन्तर्गत एनआरएन, विदेशी संघ–संस्थाहरूको रहेको छ ।
हाम्रो सबल पक्ष भनेको नेपाललाई ग्लोबल मार्केटमा लग्ने हो । नेपाली उद्यमीलाई हाम्रो बैंकमार्फत विश्वमा लैजाने काम हुन्छ । नेपालमा स्ट्यान्डर्ड चार्टर्ड भएको कारणले नै विदेशी लगानी भित्रिने माध्यम भएको छ । हामीले नेपालमा सेवा दिएको हुनाले विदेशी लगानीकर्तालाई पनि एक प्रकारको भिसाजस्तै विश्वसनीय हुने वातावरण बन्छ । त्यसैले जुन बैंकसँग जे विज्ञता छ त्यसैको प्रयोग गर्दा राम्रो हुन्छ । स्थानीय तहमा शाखा स्थापना गर्न ब्रान्च बैंकिङमा विज्ञता भएका बैंकलाई लैजाँदा राम्रो हुन्छ । सबैलाई स्थानीय तहमा जा भन्नु ठीक नहोला ।

बैंकहरूमा पनि जसको जेमा विज्ञता छ, त्यसैमा काम गराउन भन्न खोज्नुभएको हो ?
यस सन्दर्भमा नियामकले महशुस पनि गरिसकेको छ । जस्तै, तपाईंको जलविद्युत् लगानी विकास कम्पनी स्थापना भएको छ । जलविद्युत् र पूर्वाधार निर्माण गर्नका लागि एक वर्ष स्रोत भएको पैसा लगेर बैंकहरूले ५० वर्षका लागि लगानी गर्न त सक्दैनन् । यसमा सम्पत्ति र दायित्वको मिसम्याच हुन्छ । त्यसैले सरकारले जानेर जलविद्युत् लगानी विकास कम्पनी स्थापना गरेको छ, तर पनि बैंक–वित्तीय संस्थाहरू गरिरहेका छन् । त्यसैले यसमा एउटा पब्लिक पोलिसी बन्नु जरुरी छ । त्यो पोलिसीले कस्ता खालका संस्थाहरूले दीर्घकालीन लगानी गर्न सक्छन् भने छुट्याउनु जरुरी छ । अहिले सबै बैंकको वासलात मिसम्याच छ । तर, हाम्रो भने अहिलेसम्म सन्तुलित नै छ । त्यसका लागि केन्द्रीय बैंकको माध्यमबाट सबै बैंकले बिजनेस मोडलअनुसार काम गर्न सक्छन् भनेको हो ।

पछिल्लो समयमा नेपालमा पनि साइबर आक्रमणका घटना देखिन थालेका छन् । यस्ता घटनाबाट कसरी सुरक्षित हुन सकिन्छ ?
साइबर अपराधीले पनि कमजोर पक्षमा नै हात हाल्ने हुन् । यसका लागि सम्पूर्ण इन्डस्ट्रिजकै एउटा स्ट्यान्डर्ड हुनुपर्छ । दोस्रो पक्षमा कुरा गर्दा सानोभन्दा सानो हुन सक्ने अपराधलाई पनि निरुत्साहित गर्नुपर्छ । सानाभन्दा साना कमजोर पक्षलाई पनि ध्यान दिनुपर्छ । नेपाली बैंकहरू औसतमा सन्तुष्ट भएको देखिन्छ, तर औसतले नै सम्पूर्ण पिक्चरलाई नाश गर्छ । यसका लागि उच्च तहको सतर्कता र होसियारी अपनाउनुपर्छ । त्यसैले ह्याकरले पनि वातावरण बुझेर कमजोरलाई आक्रमण गर्ने हुन् । त्यसैले स्ट्यान्डर्ड चार्टर्ड बैंकको सन्दर्भमा पनि कर्मचारी भर्नादेखि हरेक पक्षको जोखिमको पूर्ण एसेसमेन्ट गरेर मात्र काम गर्छौं । हाम्रो सम्पूर्ण क्षेत्र भनेको डिजिटल माध्यममा आधारित छ । त्यसैले कुनै पनि पक्षलाई होसियारी गराउन छोड्नु हँुदैन । त्यसैले बैंकिङ क्षेत्रको सुरक्षाका लागि नै धेरै लगानी गर्नुपर्छ । यदि तपाईं आफ्नो प्लेटफर्म, स्टाफ तथा प्रोटोकलमा लगानी गर्नु हुन्न भने तपाईंको बैंकमा धेरै समस्या हुन्छ । 
कसैले पनि बैंक सञ्चालन गरेर एक वर्षमै नाफा दिन्छु वा रिटर्न अन इक्युटी १५ देखि २० देखाउँछु भन्न हुँदैन । कस्ट अफ ननकम्प्लायन्स र कम्प्लायन्सको पनि उत्तिकै खर्च लाग्छ । नियामक निकायको निर्देशन पालना नगरेको खण्डमा जरिवाना लाग्छ भने पालना गर्दा पनि खर्च लाग्छ । यो कुरा सर्वसाधारणले बुझ्दैन, तर सञ्चालकले बुझ्नुपर्छ । नियमन जहिले पनि दोहोरो खर्च लिएर आउँछ ।

तपाईंले भनेजस्तो प्लेटफर्म, स्टाफ तथा प्रोटोकलमा बैंकहरूले ठूलो लगानी गर्नुपर्दा सर्वसाधारणलाई त असर गर्ने भयो नि । यसले त बैंकको कर्जा झनै महँगो हुने भयो होइन ?
त्यसैले मैले बैंकर्स एसोसिएसनलाई भन्ने गरेको छु । हामीले हाल जे गरिरहेका छौं त्यो अल्पकालीन उपायहरू अर्थात ट्याक्टिस मात्रै हो । ट्याक्टिसमा विश्वास नगरीकन दीर्घकालीन रणनीतिमा विश्वास गर्नुपर्छ । हाल एसोसिएसनले जति बेला पनि निर्णय गरेको छ, त्यो ट्याक्टिकल डिसिजन मात्रै छ । हरेक संस्थाको कम्तीमा पनि पाँच वर्षे रणनीतिक योजना हुनुपर्छ । रणनीति योजनाअनुसार गएको खण्डमा सामान्य विषयमा नियामकले निर्देशन दिइरहनु पर्दैन । अहिले विश्वमा नै मानिसहरूको चौथो विश्वासिलो सल्लाहकारका रूपमा बैंकर हुन् । यदि बैंकहरूले नै सही सल्लाह दिँदैनन् भने यो क्षेत्र नै समस्यामा पर्छ । तर, आज हामीले बैंकर एउटा पेसा हो भनेर व्यवहार गर्न छाडेका छौं । हामीले सर्वसाधारणलाई बैंकरभन्दा पनि अन्य कुनै पक्ष भएर व्यवहार गर्दै आएका छौं । त्यसैले आज जुन बैंकहरू छन् त्यो भनेको निरन्तर लागिरहेर भएको हो । बैंकिङ भनेको साइकल हो । बैंकमा आज जे भएको छ, त्यो कुनै जादु होइन । यो निरन्तरताको परिणाम हो । हामीले कर्मचारीलाई पूर्ण रूपमा सन्तुष्ट बनाउँदै आएका छौं । आज हामी कर्मचारीका परिवारको हितको लागि पनि काम गर्दछौं । यी कुरा बिर्सनु हुँदैन ।

यस सन्दर्भमा केन्द्रीय बैंकले बैंकहरूलाई नै पाँचवर्षे योजना बनाएर जान भनेको छ । हाम्रो बैंकिङ क्षेत्रले देखावटी रूपमा मात्रै सुधार गरेका हुन् ? 
केन्द्रीय बैंकले योजना बनाउन भनेको भए पनि त्यो बैंकका सबै तहको योजना हुँदैन । योजना भनेको बैंकको हरेक तहबाट हुनुपर्छ । व्यवस्थापनको नेतृत्व वा प्रमुख कार्यकारी अधिकृतले बनाएको योजना होइन । त्यसका साथै लगानीको निर्णय गर्दा कागजातमा नखोजिने योजनाको प्रभावकारी भएन नि । प्रमुख कार्यकारी फेरिँदा योजना पनि जानु त भएन नि ! त्यसका लागि रणनीति हुनुपर्छ । त्यो भएको खण्डमा कम्पनीले आफैं काम गर्छ । रणनीतिक रूपमा गएको खण्डमा लगानी तथा अन्य विषयहरूको योजना बन्न सक्छ । तपाईंले सफल हुनका लागि योजना बनाउन समय खर्च गर्नुपर्छ, जसले गर्दा ग्राहकहरू आफ्नो पैसा हामीलाई दिँदा ढुक्क हुन सक्छन् । 

हामीकहाँ आर्थिक वृद्धिदर र बैंकहरूको नाफा वृद्धिदर मिल्दैन भन्ने गुनासो छ । आर्थिक क्षेत्र निष्क्रिय भएको अवस्थामा पनि बैंकहरूको नाफा अत्याधिक बढेकै हुन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
यदि तपाईंले अर्थतन्त्रअनुसार बैंक चलाउनुभएको छ भने कुल गार्हस्थ्य उत्पादनका तŒवहरूको योगदान हुन्छ । नेपालको सन्दर्भमा पुँजीमा गरेको लगानीको प्रतिफल दर धेरै छ । किनकि नेपाल विकासको चरणमा प्रवेश गरेको देश हो । बैंकहरूले जे गरिरहेका छन् त्यो राम्रो हो, तर यो दिगो होइन । अर्थतन्त्रको सुधार हुने भनेको उत्पादन बढ्ने तथा सरकारी खर्च बढ्ने आधारमा हुन्छ । 
तपाईंले कसरी व्यवहार गर्नुहुन्छ । तपाईंको व्यवहारले आउटकम देखिन्छ र आउटकमले तपाईं के हो भन्ने बाहिर आउँछ । यसका लागि कडक्ट धेरै महŒवपूर्ण फ्याक्टर हो । यसका लागि स्वनियमको कुरा हो । यदि तपाईं स्वनियममा बस्नुहुन्छ भने आउटकम पनि निरन्तर हुन्छ । पैसा सबैले कमाउँछन् । तर, कसरी कमाएका छन् भन्ने कुराले महŒव राख्छ । 

अन्त्यमा ब्याजदर धेरै भएर उत्पादन लागत बढ्यो भन्ने व्यावसायीहरूको गुनासो छ । वित्तीय प्रणालीको ब्याजदर कहिलेदेखि घट्न थाल्छ ?
ब्याजदर तल झर्नुपर्छ । विगतमा गरिएका गलत निर्णयबाट हामीले सिकिसकेका छौं । ट्याक्टिकल भएर काम ग¥यौं, तर रणनीतिक भएनौं । तरलताको समस्या नदोहोरिएको खण्डमा एकपछि अर्को त्रैमास गरेर ब्याजदर घट्छ । साथै, पछिल्लो समयमा हुन्डीको कारोबार बढेको छ । त्यसले गर्दा बैंकिङ क्षेत्रमा पैसा आएको छैन । यसले यो क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि समस्या ल्याउन सक्छ । वित्तीय क्षेत्रको कृत्रिम बलले स्थानीय उद्योगहरू समस्यामा पर्न सक्छन् । त्यसकारण नेपाल राष्ट्र बैंकले चालेका कदमहरू ठीक छन् ।
अन्त्यमा, मेरो विचारमा नेपाल स्टक एक्सचेन्जमा (नेप्से) अन्य उद्योगहरू पनि समावेश भए त्यसले अर्थतन्त्रको सहि प्रतिनिधित्व गर्दछ । हाल नेप्सेलाई नेप्से भन्नुभन्दा बैंकेक्स भन्न उपयुक्त हुन्छ होला । यदि यो नेप्से सबै क्षेत्रको सहभागितामा नहुने हो भने यसले रियल अर्थतन्त्र देखाउन सक्दैन । यसका लागि धितोपत्र बोर्डले अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई पनि ल्याउने प्रयास गरेको छ । त्यो राम्रो हो ।