कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
1965

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आइ–पे रेमिटका कार्यकारी प्रमुख इन्द्रप्रसाद शर्माबीच आइ–पेको अन्तर्राष्ट्रिय बिप्रेषण गर्ने तथा नेपाल बैंक लिमिटेडको स्वदेशी तथा विदेशी विप्रेषण भुक्तानी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस व्यवस्थाअन्तर्गत ग्राहकले नेपाल बैंकको शाखा सञ्जाल बाहेक आइ–पेको देशभर रहेको ७ हजार ५ सय भुक्तानी केन्द्रमध्ये कुनै पनि केन्द्रबाट नगद रकम प्राप्त गर्न तथा नेपाल बैंकको रेमिटयन्स खातामा निःशुल्क जम्मा गर्न सकिनेछ ।