कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६
540

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सानो पदबाट सेवा गर्दै संस्थाको उच्च तहमा पुगेका सालिन व्यक्ति कुल आचार्य पर्वत जिल्लाको धायरिङ गाउँ हाल जलजला गाउँपालिका जन्मेका हुन् । कृष्ण भवन धर्म माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएर बागलुङ क्याम्पस पढ्दापढ्दै रोजगारीका लागि २० वर्षअघि बेलायत गएका आचार्य हाल एनआरएनएका उपाध्यक्ष छन् ।
माता पिताबाट सामाजिक कार्यको प्रेरणा मिलेर सामाजिक कार्य गर्न एनआरएनएको कार्यसमितिमा सन् २००७ मा सदस्यका रूपमा प्रवेश गरेका थिए । बेलायत गएर सेफको कामबाट क्यरियर सुरु गरी हाल संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । २००४ वेस्टरोल अवार्डसमेत प्राप्त गरेका उनले २००६ मा जागिर छोडेर ‘होली काउ’को नाममा रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । हाल यसलाई बढाएर ९ वटा शाखा पु-याएका छन् । एनआरएनए अभियानमा २००७ बाट सदस्य सुरु गरेर २००९ मा उपाध्यक्ष र २०११ अध्यक्ष (युके), २०१३ मा आईसीसी सदस्य तथा २०१५ युरोप संयोजक र हाल उपाध्यक्ष हुँदै कल्याणकारी विभागको संयोजकसमेत रहेका आचार्यको योगदान र उम्मेदवारीका विषयमा केन्द्रित रहेर सम्पादक कुबेर चालिसे र सहकर्मी गोपाल संग्रौलाले गरेको कुराकारीको सार :

गैरआवासीय नेपाली संघको विगतदेखि वर्तमानलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
वास्तवमा यो संगठन जब २००३ मा सुरु भयो, त्योभन्दा अगाडि हाम्रा अग्रजहरू विशेषगरी भीम दाइलाई सम्झन चाहन्छु । उहाँसहित उपेन्द्र महतो उहाँले पनि एनआरएनए स्थापनाको अवधारणा बनाउनुभएको हो । यो अवधारणालाई साकार बनाउन बेलायत जानुभयो । समग्रमा विगत १६ वर्षमा यो संस्था विधिवत् रूपमा अघि बढिसकेपछि अहिले मूल्यांकन गर्दा उपलब्धि भनेको नेटवर्क बनाउन सफल हुनु हो । एनआरएनएलाई डायस्पोराको सबैभन्दा ठूलो संगठन बनाउन सफल भएको छ । तर, अहिले डायास्पोराको संगठनलाई ठूलो बनाउन सफल भयौं तर संगठनलाई अझ द-हो बनाउन बाँकी छ । यो संगठनलाई नेपाल र नेपाली जनताले चाहेजस्तो बनाउन अझ कसरत गर्नुपर्ने आवश्यकता छ ।

एनआरएनए सामाजिक संस्था हो कि लगानी प्रवद्र्धन गर्ने संस्था हो ?
साँच्चै भन्नुपर्दा मेरो बुझाइमा यो सामाजिक संस्था नै हो । यसले सामाजिक कार्य गर्नुपर्छ । यसैगरी यो नेटवर्क पनि हो । सामाजिक संस्थाले कल्याणकारी कार्यमा नै धेरै केन्द्रित भएर आफ्ना क्रियाकलाप गर्नुपर्छ । यसका बाबजुद पनि डायास्पोरा यति द-हो हुँदाहुँदै पनि लगानी भिœयाउने कुरा संस्थागत नभइकन संस्थामा आबद्ध साना तथा ठूला समूह बनाएर हामीले काम गरिरहेका छौं । यो संस्थाको डायनामिक भनेको ‘बोथ अफ वे’ हो जस्तो लाग्छ । आपत परेको बेला नेपाली जनता र नेपाललाई परोपकारी सेवा र सहयोग गर्ने कुरा त संस्थाको डायनामिक नै हो । दोसो कुरा भनेको यति ठूलो नेटवर्कमा सक्षम नेपाली बाहिर बसिसकेपछि आफ्नो देशको मूल्यांकन गरी आपूmले पाएको दुःख सम्झेर आपूm के कारणले विदेसिनुपरेको भन्ने कुरालाई सम्झेर नेपालमा लगानी गर्नेदेखि लिएर विभिन्न कुरामा सदुपयोग गर्दै यो नेटवर्क प्रयोग गर्ने भन्ने कुरा पक्कै पनि हो । संस्थालाई लिएर बेला–बेलामा विवाद हुने पनि गरेको छ । एनआरएनएले के ग-यो-गरेन भनेर मूल्यांकन गर्ने गरिएको छ । सबैले बुझ्नुपर्ने कुरा भनेको एनआरएनएले आपंैm लगानी गर्दैन । संस्थामा आबद्ध भएका समूह, नेटवर्क र व्यक्तिले लगानी गर्ने हो । यसको उद्देश्य भनेको बाहिर रहेका नेपालीको समस्या सामधान गर्दै, बाहिर रहेका नेपालीलाई बलियो बनाउँदै नेपालको उन्नति र प्रगति गर्दै नेपालसँग सहकार्य गर्दै अघि बढ्ने हो ।

एनआरएनएमा ठूला पैसावाला र तल्लो तह र वर्गको दुई समूह छ भनिन्छ । त्यो तल्लो तहमा रहेको भनिएका समूहसँग कसरी मिलेर जान सकिन्छ ?
हामो डायास्पोरा अहिले कति जना एफडीआई गर्न सक्ने र ठूलाठूला लगानी ल्याउन सक्छ भन्ने कुराको मूल्यांकन गर्नुपर्ने हुन्छ । पहिलो जेनेरेसनको डायास्पोरा भनेको हामी सानो–सानो पुँजी जम्मा गरेर ठूलो बनाउन सक्ने तर केही व्यक्तिबाहेक सबै ठूलो लगानी गर्न नसक्ने अवस्थाको हुनुहुन्छ । मैले त बेला–बेला भन्ने गरेको छु, विदेशमा रहेका नेपालीको साथमा रहेको कतिपय पैसा निब्र्याजी बैंकमा त्यत्तिकै बस्ने गरेको छ । यसलाई फ्री रिपाट्रियसन गरेर नेपालमा ल्याउने हो भने धेरै पैसा नेपाल ल्याएर राख्न सकिन्छ । पैसा नेपाल ल्याउन सकियो भने यसले मुभमेन्ट बढाउन सकिन्छ । चाहेको बेला ल्याउन सक्ने र चाहेको बेला लैजान सक्ने वातावरण बनाइदिनुहोस् भनेर सरकारसँग बेला बेलामा लबिङ गर्दै आएका छौं । हामी डायास्पोरामा रहेका कति जनाले एफडीआई गर्न सक्नेछांै, मूल्यांकन गर्ने बेला आएको छ । अहिलेसम्म कतिले एफडीआई गरेका छन् भनेर रेकर्ड छ त ? भन्ने प्रश्न पनि बेला–बेला उठ्ने गरेको छ । मेरो भनाइ के भने सानो–सानो लगानी जम्मा गरेर ठूलो लगानी गर्न सकिन्छ । जस्तै सन् २०१२ मा लगभग हजार जनाले १ अर्ब रुपैयाँ जम्मा गरेर लगानी गर्न सक्ने अवस्था सिर्जना भएको राम्रो उदाहरण छ ।
हामीले १० अर्बको लगानी भिœयाउन स्थापना गरेको १० अर्बको कोषको विषयमा मेरो आफ्नै तर्क छ । यसमा सानो–ठूलो सबैले लगानी गर्नुपर्छ । यसका लागि रामो प्रोजेक्ट छानेर लगानी गर्ने प्रोजेक्टमा प्रोफेसनल व्यक्तिहरूको सुझाव लिएर अघि बढ्नुपर्छ । यसरी मात्र संसारभर छरिएर रहेको सानो पुँजी भएका नेपालीलाई विश्वास दिलाउन सकिन्छ । यसरी सानो पुँजी संकलन गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

खाडी र मलेसियामा रहेका नेपालीका मुद्दालाई चुनावबाहेक अन्य समयमा नउठाएको गुनासो आउनुको कारण चाहिँ के हो त ?
यो गुनासो म भर्खर कतार, कुबेत, बहराइन र मलेसिया घुम्दै गर्दा पनि बुभेंm । यो गुनासो सो क्षेत्रबाट आउनु उपयुक्त पनि छ । गैरआवासीय नेपाली सामाजिक संस्थाले यस सम्बन्धमा जनचेतनाका कार्यक्रम गर्दै अघि जानुपर्छ । यस बारेमा एउटा उदाहरण भन्छु । २००९-०१० मा यस्तै समस्या थियो । म त्यस बेला बेलायतको अध्यक्ष र उपाध्यक्ष हुँदा १२-१३ वटा नेपालीको लास मैले नै उठाएको छु । मेरो भनाइ के हो भने पहिलो पुस्ताको नेपाली असक्षम भएर विदेश जाँदाखेरि चाहे त्यो युरोप नै होस् त्यहाँ समस्या हुन्छ । अहिले पनि युरोपका साइप्रस, पोर्चुगल र माल्टामा हेर्नुभयो भने मध्यपूर्वमा भएका नेपालीका जस्तै समस्या छन् । यो सबै विषयका बारेमा जनचेतना जगाउनुपर्छ भनेको थिएँ । हामो कल्याणकारी कोषलाई प्रभावकारी बनाउनुपर्छ । जो बोल्न सक्छ उसले मात्र राहत पाएको देख्न सकिन्छ । जसले बोल्न सक्दैन, ऊ पीडित पनि हुन्छ र राहत पाएको देखिँदैन ।
हामीले श्रमिक कल्याणकारी कोषमा रकम जम्मा गरेर श्रमिकका समस्या सम्बोधन गरिएको छ । मध्यपूर्वमा रहेका श्रमिकको समस्यामा च्यारिटिकल र अन्य तरिकाले सहयोग गरेका छौं । अहिलेको मुख्य समस्या भनेको श्रम स्वीकृतिको प्रावधानले धेरै स्थानमा समस्या भएको देखिएको छ । यसमा नेपाल सरकार र एनआरएनए बसेर रिभ्यु गरेर आवश्यकता हो कि होइन निर्णय लिनुपर्छ । अर्को कुरा, अवैध तरिकाले नेपाली चेलीहरूलाई दुरुपयोग गरेर विदेश लैजाने गरिएको छ । यसरी लैजाने प्रक्रियालाई व्यवस्थित गरी सीप सिकाएर मात्र पठाउने व्यवस्था गर्नुपर्छ । गैरआवासीय नेपाली संघको स्थापनापछि विदेशमा रहेका नेपाली श्रमिकका समस्या विस्तारै हल हुँदै गइरहेका छन् । म व्यक्तिगत रूपमै तल्लो स्तरबाट दुःखसुख भोग्दै यो स्थानमा आएकाले विदेशमा रहेका नेपाली श्रमिकको समस्या राम्ररी बुझेको छु ।

विगतदेखि नै गैर आवासीय नेपालीको चुनाव भड्किलो भएको आरोप छ । यस पटकको चुनाव कस्तो होला ?
यसमा म सहमत छु । गैरआवासीय नेपाली संघलार्ई सामाजिक संस्थाको विकास गर्न सबै एकजुट भएर अघि बढ्नुपर्छ । गएको कार्यकालमा भएका अनियमितताका बारेमा आवाज उठाउँदै आएको छु । जस्तै एउटा पक्षले जितेपछि अर्को पक्षलाई कार्यक्रममा सहभागी नगराउने अभियानमा केही साथीहरू लाग्नुभयो । हामी सबैलाई सम्मान गर्नुपर्छ भनेर लडेकै थियौं । अहिले मेरो कार्यकालभरि (यसमा वर्तमान अध्यक्ष सालिन हुनुहुन्छ, उहाँसँग मेरो सहकार्य रहँदै आएको छ) संस्थामा रहेका केही साथीहरूले संस्थालाई दुरुपयोग गरिरहनुभएको छ । यस कारण पनि बेला–बेलामा यो संस्था भड्किलो भएको छ । यो चुनावमा संस्था केही भड्किलो भएको सबैले गुनासो गरेका छन् । संस्थामा भइरहेका नराम्रा कामहरू रोक्ने प्रयास गरिरहेका छौं ।

अहिले जुन प्रक्रिया र पद्धतिमा एकै खालको नेतृत्वमा एनआरएनए चलिरहेको छ । यसमा फरक प्रकारका विज्ञ, प्राध्यापक र कुनै क्षेत्रको प्रतिनिधित्व गर्ने तल्लो तहको मानिस नेतृत्वमा आउन किन सक्दैन ?
यही तरिकाले गयो भने मैले भन्ने गरेको छु । फर नेपाली बाइ नेपाली कतै गएर बाई नेपाली बियुआई (बाई) नहोस् अझ गएर बीवाईई पनि नहोस् भन्ने गरेको छु । त्यसैका लागि हामीले भिजन २०२० एन्ड वियोन्ड भनेर पारित गरेका छौं । उसलाई क्रमशः सुधार गरेर भोलि फाउन्डेसन बनाएर पैसा संकलन ग-यौं भने एकेडेमी बनाएर त्यसमार्पmत संस्था सञ्चालन गर्न सक्ने बनायौं भने प्राध्यापक र डाक्टरमात्र होइन, श्रमिकले पनि संस्था सञ्चालन गर्ने वातावरण बनाउन सकिन्छ । मैले मौका पाएँ भने यसको फम्र्याट चेन्ज गरेर बनाएरै छाड्छु ।

संस्थाको फम्र्याट चेन्ज गर्ने फरमूलाचाहिँ के हो ?
भोलि गएर हामीले चुनावी प्रक्रिया यस्तो बनाउनु हुँदैन । इन्ट्रेस्ट बाहिर रहेर काम गर्नुपर्छ । म उदाहरण दिन चाहन्छु । म बेलायत एनआरएनएको संरक्षक र पूर्वअध्यक्ष पनि हुँ । अहिले त्यहाँ चुनाव भएर १४ हजार सदस्य बन्दै गर्दा समस्या भयो त्यो समस्या सामधान गर्नतर्पm लागें । हामी । इन्ट्रेस्टभित्र रहेर गर्नु हुँदैन । संस्थाभित्र रहेर संस्थाको हित हुने गरी निर्णय गर्नुपर्छ । संस्थामा रहेर निःस्वार्थ काम गरियो भने मात्र संस्थामा सदस्य, पूर्वअध्यक्ष र अरूको इज्जत हुन्छ । संस्थालाई अघि बढाउन फाउन्डेसन स्थापना गरेमा विश्वभरका नेपालीले आर्थिक सहयोग गर्नेछन् । विशेषज्ञताका आधारमा व्यक्ति छनोट गरेर उनीहरूको क्षमताअनुसार काम दिन सकियो भने संस्था आपैंm चल्दै जानेछ ।

एनआरएनएको चुनाव र कतिपय अन्य महŒवपूर्ण काममा राजनीति हावी हुने गरेको आरोप छ नि ?
यो सत्य हो, म यसलाई स्वीकार्छु । त्यसलाई मलजल गर्न हाम्रो नेतृत्व नै लागेपछि हावी हुने नै भयो । फेरि पनि भने बेलायतको चुनाव हुँदै गर्दा कुल आचार्य संसारभर घुम्दै थियो । मैले राजनीतिमा रुचि नै राखिनँ । म नेपालमा यसलाई यो पार्टीको बनाउनुपर्छ भनेर लागिनँ । राजनीति गर्ने कसले पहिला बनायो भन्ने कुरा चाहिँ मूल्यांकन गर्नुपर्छ । यहाँ आफ्नो अनुकूलता प-यो भने पूरा राजनीति गर्ने तर अरूले अलिकति मात्र राजनीति गर्ने सोच राख्यो भने पनि संस्थागत रूपमा मेल पठाउने हाम्रो संस्थाको विकृति छ । र, संस्थामा यस्तो परिस्थिति बनाएको अवस्था छ । दुईवटा पार्टीको प्रत्यक्ष रुचि देखिएको छ । तर, मलाई विश्वास छ । हाम्रो नेतृत्वले यसलाई साझा संस्थाका रूपमा नै राख्न सक्छौं ।

तपाईंको चुनावी एजेन्डा के हो ?
संसारभर रहेका नेपालीको क्षमता छुट्याएर काम गर्नुपर्नेछ । मैले १० बुँदे चुनावी एजेन्डा प्रस्तुत गरिसकेको छु । हामीले देशको समृद्धिका लागि विदेशमा रहेको ज्ञान, सीप र प्रविधिलाई व्यवस्थित र सकारात्मक रूपमा विकासका लागि प्रयोग गर्नुपर्छ । त्यो भनेको जोसँग जे क्षमता छ त्यो त्यसलाई जिम्मा दिएर काम गर्न लगाउने हो । सुरुका दिनमा उठाइएको नागरिकका विषयमा लबिङ गरेर टुंगो लगाउँछु । अहिले नेपालमा रहेको सम्पत्ति के हुने भनेर नेपाली डराइरहेका छन् । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा पनि थप छलफल गर्नेछु । अर्को भनेको पहिलो पुस्ताको श्रमलाई व्यवस्थित गर्न गर्नुपर्ने काम गर्नेछु । जहाँ–जहाँ धेरै नेपालीको समस्या छ, त्यो देशमा मैले धेरै भ्रमण गरें । युरोपमा पोर्चुगल, खाडीमा कतार, बहराइन र मलेसियालगायतका देशमा भ्रमण गर्नुको उद्देश्य के हो भने श्रमिकका मुद्दाका बारेमा काम गर्नेछु । एनआरएनएलाई साझा संस्था बनाउन विदेशमा रहेका विभिन्न प्रकार संघ–संगठन र संस्थालाई एनआरएनएसँग आबद्ध गराउने लक्ष्य छ ।
नेपालमा विदेशी पर्यटक भिœयाउन जति गर्नुपर्ने हो त्यति गर्न सकिएको छैन । यसका लागि विश्वभर रहेका नेपालीसँग सहकार्य गरे नेपालका थप संख्यामा पर्यटक भिœयाउन काम गर्नेछु । विविध समस्याका बाबजुद संस्थालाई स्वतन्त्र बनाई आफैं एक प्रणाली सञ्चालन हुने गरी संरचनात्मक सुधार गर्ने योजना छ । भिजन २०२० एन्ड बियोन्डमा रहेका विषयवस्तुलाई आत्मसात् गर्दै अघि बढ्ने योजना बनाएको छु ।

चुनावको सिलसिलामा तपार्इंको घरमा आक्रमण भयो भन्ने हल्ला आएको थियो । के हो ?
मेरो ८६ वर्षकी आमा हुनुहुन्थ्यो । म र आमा भएका बेला मलाई नै लक्षित गरेर केही अज्ञात वस्तुले हानिएको रहेछ । म घरमा नभएका बेला यस्तो घटना भएको थियो, जुन मेरै बेडमा लक्षित गरेर हानिएको रहेछ । भाग्यले म त्यहाँ थिइनँ । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । मेरो चुनावी अभियानलाई बाधा पु-याउन दुष्प्रयास भएको हो कि भन्ने मलाई लागेको छ । यस्तो कसैको दुष्प्रयास भएको हो भने दुःखद कुरा हो । अरू बेला भएको भए शंका गर्ने कुरा थिएन । यसरी नै मेरो घरमा २० वटा झयाल छन्, अरूमा भएको भए पनि शंका गर्ने कुरा हुँदैनथ्यो । तर मेरै कोठाको झयालमा भएको हुनाले शंका गर्ने ठाउँ छ । यद्यपि यो घटनाले मलाई अझ सशक्त बनाएको छ ।