कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६

नेपालका ७७ जिल्लामा राजस्व आर्जनमा १५ जिल्लाको अहं भूमिका छ । भारतसँग सीमा जोडिएका जिल्लाहरूबाट नेपालको राजस्व संकलनमा योगदान रहेको विदितै छ । व्यापार-व्यवसाय निरन्तर चलिरहने क्षेत्र हो । तर नेपालको सांस्कृतिक विविधताले गर्दा पनि कतिपय व्यापार-व्यवसाय चाहिँ मौसमी पनि देखिन्छ ।

232
दीपेन्द्र थापा
बिहिवार, आश्विन २, २०७६

नेपालको पर्यटन क्षेत्र अथाह सम्भावना बोकेको क्षेत्रमात्रै होइन अर्थतन्त्रमा यो क्षेत्रको राम्रो योगदान छ । पर्यटन तथा हस्पिटालिटी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था होटल संघ नेपालको अध्यक्षमा सृजना राणा छिन् । राणा पर्यटन र हस्पिटालिटी क्षेत्रमा चिरपरिचित छन् । सम्बन्धित क्षेत्रमा गतिलो काम गरेर नाम कमाउन सफल राणा अन्नपूर्ण ग्रुप तथा होटलको कार्यकारी निर्देशकसमेत हुन् । नेपाल चाइना चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको बोर्ड मेम्बर, भिजिट नेपाल इयर २०२० को कार्यक्रम कार्यान्वयन समिति उपसभापति राणा पर्यटन क्षेत्रको शूक्ष्म अध्येता पनि हुन् । महिला उद्यमशिलताका क्षेत्रमा पनि उत्तिकै सक्रिय उनी महिलाका मुद्दामा समेत विशेष जोड दिन्छिन् । जोन्टा इन्टरनेसनल डिस्ट्रिक २५, एरिया २ को संस्थापक सदस्य छन् । महिला उद्यमी महासंघ, दक्षिण एसिया महिला विकास मञ्च र सार्क चेम्बर महिला उद्यमशील परिषद्को उनी संस्थापक हुन् । नेपाल युथ फाउन्डेसनको सञ्चालक समिति सदस्य र जयन्ती मेमोरियल ट्रस्टको उपाध्यक्ष रहेकी राणा गत वैशाखमा होटल संघ नेपालको अध्यक्षमा निर्वाचत भएकी हुन् । उनीसँग नेपाल भ्रमण वर्ष २०२०, पर्यटन क्षेत्रको विकासका लागि चाहिने पूर्वाधार, नयाँ गन्तव्यको विस्तार तथा वर्तमान पर्यटनको अवस्थालगायतका समग्र विषयमा कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानी :

242
कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६

वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकहितका लागि सरकारबाट मान्यता प्राप्त संस्थाको नजिँकैदै गरेको अधिवेशनलाई गल्फबाट पनि निकै चासोको रुपमा हेरिएको छ । नेपाल छाडेर विदेशमा स्थायी बसोबास गर्ने नेपालीहरूको अवधारणामा सुरु भएको संस्थामा अहिले भने दुई वर्ष नेपाल छोडेर विदेश बसेको नेपाली नागरिक यसको सदस्य बन्न सक्ने हँुदा यसको दायरा फराकिलो हुँदै रोजगारको लागि अत्यधिक नेपाली रहेका गल्फतिर पनि फैलिँदै गएको छ ।

244
प्रगति ढकाल
बुधवार, आश्विन १, २०७६

नेपाल वनजंगलमा धनी छ । करिब ४५ प्रतिशत वनजंगल भए पनि काठलगायत अन्य वनपैदावारमा आत्मनिर्भर बन्न सकिरहेको छैन । वनमा राज्यको लगानी बढ्न नसक्नु र वनक्षेत्रमा काम गर्ने प्राविधिकहरू संरक्षणमुखी बन्दा ‘हरियो वन नेपालको धन’ भनिए पनि काठ आयात गर्नुपरेको बताउँछन् वनविद् तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानका डिन प्रा.डा. कृष्णराज तिवारी । प्राकृतिक स्रोत व्यवस्थापनमा नर्वेबाट विद्यावारिधि गरेका तिवारी २५ वर्षदेखि वन विज्ञानमा अध्यापन गराउँदै आइरहेका छन् । हक्की, आँटिला र मिजासिला स्वभावका तिवारी वनक्षेत्रमा देखिएका विकृतिको विषयमा खुलेरै विरोध गर्छन् । नेपालको वन निर्वाहमुखीमा मात्रै सीमित भइरहेको भन्दै व्यवसायीमुखी बनाएर वनलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने उनको तर्क छ । वनक्षेत्रमा अनुसन्धान निकै कम भएको र भएका अनुसन्धान पनि व्यावहारिक हुन नसकेको तिवारी बताउँछन् ।

827
निरु अर्याल
मंगलबार, भदौ ३१, २०७६

दुईतिहाई नजिकको बलियो सरकार यतिबेला संघीयता लागू भएपछि दोस्रो बजेटको कार्यान्वयनको चरणमा छ । बजेट कार्यान्वयनमा सरकार उदासीन हुँदा वित्तीय संघीयता ब्यवस्थापन झन चुनौतीपूर्ण बन्दै गएको अर्थविद डा. चन्द्रमणि अधिकारी बताउँछन् । लामो संक्रमणकालीन अवस्थाको अन्त्यपछि बनेको बलियो सरकारले समेत उत्पादन वृद्धि, लगानी प्रवद्र्धनसहित दिगो विकासको लक्ष्यलाई प्राथमिकता नदिँदा मुलुकको अर्थतन्त्र झनपछि झन विकराल अवस्थामा पुगेको उनको तर्क छ ।र्राष्ट्रियकरण गर्न सकेनौ ।

431
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

सहकारी ऐन–२०७४ को दफा ५१ मा सहकारीका लागि सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । ऐनअनुसार सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक र विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहने समितिले साउन दोस्रो साता सहकारीले ऋणमा अधिकतम १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकेसँगै सहकारी क्षेत्र तरंगित भएको छ ।

1336
मनोरञ्जन शर्मा
आइतवार, भदौ २९, २०७६

पछिल्लो समय नेपालका स्थानीय तहमध्ये चर्चामा रहेको तिलोत्तमा नगरपालिका एक हो । रुपन्देहीको मध्यभागमा अवस्थित यो नगर २०७१ सालमा स्थापना भएको हो । पाँच वर्षकै अवधिमा नगरपालिकाले विकास–निर्माणलगायतका क्षेत्रमा गरेको कार्य सम्पादनका कारण नै यो नगरले चर्चा पाएको हो ।

300
कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइँदै छ । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने भनेर निकै महŒवकांक्षी योजना अघि बढाएको छ । २०७४ साल साउन २९ गते नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणा भएसँगै पर्यटन क्षेत्र तरंगित छ । नेपालको पर्यटन क्षेत्रमा भारतको हिस्सा अग्रणी छ भने चीन र अमेरिकाबाट पनि पर्यटक आउने क्रम बढ्दो छ । हिजोका दिनमा नेपालमा पर्यटक सन्तोषजनक रूपमा आउने देशबाट अझ बढाउनुपर्ने र नयाँ क्षेत्रको खोजी पनि गर्नुपर्नेछ ।

285
दीपेन्द्र थापा
बिहिवार, भदौ २६, २०७६

२६ वर्षदेखि नेपालको पर्यटन उद्योगमा लागिरहेका खुमबहादुर सुवेदीले ०४९ सालमा ट्रेकिङ गाइड हुँदै ट्रेकिङ व्यवसायमा प्रवेश गरेका थिए । युनिक एड्भेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडोज र ट्रिपल ए ट्रान्सपोर्टका सञ्चालक सुवेदी साहित्य क्षेत्रमा नियात्राकारका रूपमा समेत परिचत छन् । उनले ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ नामक दुईवटा कृतिसमेत प्रकाशन गरेका छन् भने अन्तर्राष्ट्रिय म्यागेजिनमा स्तम्भ लेखनमा समेत सक्रिय छन् ।

270
भीम गौतम
बुधवार, भदौ २५, २०७६

नेपाल उद्योग परिसंघले आज बुधबारदेखि दुईदिने तेस्रो पूर्वाधार सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा सातै प्रदेशका प्रारम्भिक पहिचान भएका ८२ सहित १ सय १५ परियोजना शोकेस गर्न लागिएको छ । सम्मेलनका क्रममा सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्राविधिक शिक्षा, जलविद्युत्, कृषिलगायतका आयोजना सम्मेलनमा शोकेस गरिन लागेको छ । प्रदेशका परियोजनाहरूमा समेत निजी क्षेत्रको लगानी आकर्षणका लागि साझा थलोका रूपमा लिइएको सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५ सयभन्दा बढी सहभागी हुँदैछन् । सबै प्रदेशका मुख्यमन्त्री तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीसमेत सहभागी हुने सम्मेलनका क्रममा पूर्वाधार क्षेत्रलाई केन्द्रित गरेर विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्न लागिएको छ । विकास र समृद्धिका लागि मुख्य आधार मानेर पूर्वाधार विकासका लागि निजी क्षेत्रले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई महŒवका साथ हेरिएको छ । नेपालको सन्दर्भमा पूर्वाधार क्षेत्रमा देखिएको खाडल, यसमा आवश्यक लगानीका साथै चुनौती, समस्या र नीतिगत व्यवस्थापन लगायतमा केन्द्रित रही कारोबारकर्मी भीम गौतमले आयोजक, पूर्वाधार क्षेत्रमा कार्यरत सरकारी निकायका प्रतिनिधि र विज्ञहरूसँग गरिएको संक्षिप्त कुराकानी : पूर्वाधार लगानीका लागि नेपालमा ठूलो अवसर महाप्रसाद अधिकारी प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन, जुन आयोजना गर्न लागेको छ, यसले पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्छ । नेपालको विकासका लागि पूर्वाधार सबैभन्दा महŒवपूर्ण हुन्छ । पूर्वाधार सम्मेलनमा हुने छलफल र बहसले पूर्वाधार क्षेत्रको विकास अघि बढाउन सहज हुन्छ । सम्मेलन गर्नु एकदम सकारात्मक काम हो । परिसंघले निरन्तर रूपमा पूर्वाधार सम्मेलन गर्दै पनि आएको छ । परियोजनाहरू शोकेस गर्ने र यसबारे बजारीकरण गर्ने सम्मेलन राम्रो माध्यम पनि हो । राज्यले मात्र नभई निजी क्षेत्रले समेत यो कार्य गरिरहेको छ । यसले सकारात्मक परिणाम ल्याउनका लागि सहयोग गर्छ । अरू केही नभए पनि नेपालबारेमा विदेशी लगानीकर्ता, सहभागीलाई जानकारी दिने काम हुन्छ । नेपाल पूर्वाधार क्षेत्रमा धेरै पछाडि परेको मुलुक हो । पूर्वाधार लगानीका लागि नेपालमा ठूलो अवसर पनि छ । पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता पनि छ । यस्ता सम्मेलनले सकारात्मक भूमिका निर्वाह गर्न सक्छन् । पूर्वाधार सम्मेलन लगानी भिœयाउनका लागि ठूलो सहयोग पु¥याउँछ । अहिलेको सम्मेलन लगानी बोर्डले गरेको लगानी सम्मेलनपछि हुँदैछ । लगानी सम्मेलन २०१९ लाई पछ्याउनका लागि पनि यसले सहयोग गर्छ । लगानी सम्मेलनमा पूर्वाधार क्षेत्रका विभिन्न मुद्दामा केन्द्रित हुन्छ । सम्मेलन नै पूर्वाधार क्षेत्रबारे गन्थन, मन्थन हुन्छ । लगानीकर्ता, नीति निर्माणकर्ता, कार्यान्वयनकर्ता सबैले एकै ठाउँमा बसेर छलफल गर्दा यसले अघि बढ्नका लागि बाटो पनि देखाउँछ । यो ठूलो अवसर पनि हो । निजी क्षेत्र पनि सरकार सँगसँगै गइरहेको यसले अनुभूति दिलाउँछ । लगानीका लागि केही समस्या, केही अभाव छ भने सम्मेलनको निचोडले सहयोग पु¥याउँछ । त्यहाँ उठ्ने विषयको सम्बोधन गर्नका लागि यसले सरकारलाई पनि घचघच्याउँछ । लगानी सम्मेलनका सन्दर्भमा केही नीति तथा कानुनलाई अघि बढाइएको छ । केही नीति आइसकेका छन् भने केही आउने क्रममा छन् । छिटो ल्याउनका लागि पनि यस्ता सम्मेलन सहयोगी बन्छन् । लगानीकर्ताका प्रतिक्रियाहरूले र सम्मेलनमा हुने यस्ता छलफलले लगानीमैत्री कानुन ल्याउनका लागि थप सहयोग पुग्छ । नेपालमा पूर्वाधार क्षेत्रमा लगानीको अभाव रहेकाले त्यो लगानी भिœयाउनका लागि समग्रमा पूर्वाधार सम्मेलन सहयोगी बन्छ । लगानीका लागि सहज वातावरण बनाउने साझा थलो शतिसकुमार मोर अध्यक्ष, नेपाल उद्योग परिसंघ नेपाल उद्योग परिसंघले विगतदेखि नै पूर्वाधार सम्मेलन गर्दै आएको छ । यस वर्ष पनि आयोजना गरेका छौं । यो तेस्रो पूर्वाधार सम्मेलन हो । सम्मेलनमा स्वदेशी र विदेशबाट गरी ५ सयभन्दा बढी सहभागी हुँदैछन् । नेपालको पूर्वाधार क्षेत्रको विकास हेर्ने हो भने हालसम्म धेरै उपलब्धि भएको देखिँदैन । लगानी सम्मेलनमा सातै प्रदेशका परियोजनाहरू शोकेस गर्न लागिएको छ । यसमा सातै प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू पनि सहभागी हुँदैछन् । सम्मेलनका क्रममा भएका प्रस्तुतीकरण र छलफलबाट सातै प्रदेशमा लगानीको सम्भावना के–के छन् भनेर स्पष्ट रूपमा थाहा हुन्छ । पूर्वाधार विकासका लागि के–कस्ता परियोजनाहरू अघि बढाउनुपर्छ भन्ने पनि थाहा हुन्छ । अहिले हामीले सडक निर्माणलाई विशेष जोड दिँदै आएका छांै । अहिले नेपालको पूर्वाधार क्षेत्रको विकासमा जेजस्ता कमी–कमजोरी देखिएका छन्, त्यसबारे पनि प्रस्ट हुन्छ । कुनै पनि देशको आर्थिक क्रान्ति र प्रगतिमा पूर्वाधार क्षेत्रको मुख्य भूमिका हुन्छ । सम्मेलनका क्रममा एउटा पूर्वाधार क्षेत्रका रूपमा रहेको पर्यटनकै कुरा गर्ने हो भने भिजिट नेपाल–२०२० लाई पनि विशेष महŒव दिएका छौं । त्यसैगरी सडक, जलविद्युत्, कृषि, उद्योगलगायतका पूर्वाधार विकासका परियोजना पनि प्रस्तुत गर्दैछौं । यसमा पूर्वाधार विकासमा देखिएका नीतिगत, कार्यान्वयनगत समस्याबारे छलफल गर्दैछौं । सम्मेलनकै क्रममा विकसित देशहरूले कसरी प्रगति गरे भन्ने पनि प्रस्तुत हुँदैछन् । यसमा दक्षिण कोरियाले कसरी आफूलाई विकासमा फड्को मा¥यो भनेर पनि हामीले त्यहाँका पूर्वप्रधानमन्त्रीबाट अनुभव सुन्दैछौं । यसले हाम्रो देशका नीति–निर्मातालाई समेत अगाडिको बाटो हिँड्न सहज हुन्छ । अहिले तीन तहको सरकार भएकाले तीनै तहबीच समन्वय भएर कसरी पूर्वाधारका ठूला आयोजना अघि बढाउन सकिन्छ भनेर छलफल हुन्छ । यसले त्यहाँका अवसरहरूलाई उपयोग गरेर पूर्वाधार निर्माणमा कसरी अघि बढ्न सकिन्छ भनेर स्पष्ट रूपमा छलफल हुन्छ । प्रदेशले परियोजनाहरू शोकेस गरेपछि सम्मेलनमा आएका लगानीकर्ताले आफ्नो चासोअनुसारका परियोजनाहरूमा लगानीका लागि थप छलफल गर्न बाटो खुल्छ । सम्मेलन निजी क्षेत्रले लगानीका लागि राम्रो फोरम बन्न सक्छ, अर्थात् सम्मेलन पूर्वाधारको लगानीका लागि सहज वातावरण बनाउने साझा थलो बन्छ । पूर्वाधार परियोजनाको लगानीका लागि सरकारको नीति नै मुख्य आधार शंकर शर्मा पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग मलगायतको समूह पूर्वाधार सम्मेलनमा सहभागी हुने परियोजनाहरूको छनोटका लागि प्रदेश प्रदेशमा गएका थियौं । यसमा लगानी बोर्डको समूहले पनि सहजीकरण गरेको थियो । प्रत्येक प्रदेश सरकारलाई परियोजनाहरूको सूची बनाउन पनि भनेका थियौं । लगानी बोर्डले परियोजनाहरूको नामावलीबाट उपयुक्त छान्नका लागि पनि सहयोग ग¥यो । तर, मुख्य परियोजनाको सूची त प्रदेश सरकारले बनाएको थियो । छनोट गरेका परियोजनाहरूको सानो व्याख्या गरेर यसबारे थप छलफल गरेर सूची बनाइएको छ । परियोजनाहरूको सूचीमा भौतिक, पर्यटन, कृषि, औद्योगिकलगायतसँग सम्बन्धित परियोजनाहरू छन् । यी परियोजनाहरू अघि बढाउनका लागि सबैभन्दा पहिला त सम्भाव्यता अध्ययन नै हुनुप¥यो । अहिले पहिचान गरेको त खाली सम्भाव्य परियोजनाहरू हुन् भन्ने मात्र हो । सम्भाव्यता अध्ययनका लागि त्यहाँको जनसंख्या, सडकलगायतका पूर्वाधारको अवस्थालगायतको विश्लेषण गर्नुपर्छ । अर्को मुख्य कुरा, प्रदेश सरकारहरूले ती परियोजनाहरूमा लगानी आकर्षण गर्नका लागि के गर्छन् भन्ने महŒवपूर्ण हुन्छ । यसमा नीति नै मुख्य हुन्छ । पूर्वाधार परियोजनाको लगानीका लागि सरकारको नीति नै मुख्य आधार हो । अहिले छनोटमात्र हो, अब यसको आर्थिक विश्लेषण गर्नुपर्छ । भौगोलिक अवस्थाको पनि विश्लेषण हुनुपर्छ । यसमा प्रदेश सरकारसँग केन्द्रीय सरकारको समन्वय र सहजीकरण पनि मुख्य हुन्छ । हामीले गएर उहाँहरूसँग परामर्श गर्दा प्रदेशका सरकारका अधिकारीहरूको चासो भने देखिएको छ । निजी क्षेत्र आएर लगानी गरिदियोस् भन्ने चाहना उनीहरूको छ । तर, निजी क्षेत्र आउनका लागि सहुलियतका आकर्षण के दिने, कसरी दिने कुरा अझै स्पष्ट छैन । यसबारे प्रदेश सरकार स्पष्ट हुनु जरुरी छ । पूर्वाधार सम्मेलनले लगानीका लागि सुसूचित गरेर आकर्षण गर्ने काम गर्छ नै । यसमा धेरै मुद्दा पनि उठ्छन् । मुख्यतया त केन्द्रीय सरकार र प्रदेश सरकारले बनाउने नीतिले लगानीका धेरै विषय निर्धारण हुन्छन् । अघि बढाउन सकिने परियोजनाहरूमा उनीहरूले सहयोग गर्ने विषयमा भने थप स्पष्टता आउँदा लगानीकर्तालाई सहज हुन्छ । उनीहरूले लगानीबारे विश्लेषण गरेर अघि बढ्न सक्छन् । नेपाली जनशक्तिको विकास गर्न सक्नुपर्छ पदम शाही अध्यक्ष, नेपाल यातायात पूर्वाधार समाज नेपाल नेपालमा पूर्वाधार क्षेत्रको विकास र लगानीका लागि वातावरण बनाउनु आवश्यक छ । सरकारले राष्ट्रिय गौरवका र प्राथमिकता प्राप्त आयोजना जुन अघि बढाएको छ । यसमा प्रगति हासिल गर्नका लागि वातावरण प्रमुख कुरा हो । यसका लागि उचित वातावरणको आवश्यकता पर्छ । कहाँ–कहाँ यसको अवरोध र समस्या छन्, त्यसको विस्तृत रूपमा अध्ययन गरेर यसलाई न्यूनीकरण गर्नु आवश्यक हुन्छ । यसबारे बहस, छलफल त धेरै हुन्छ तर यसैको कारणले काम भएको छैन । अर्को मुख्य कुरा जनशक्ति हो । यसका लागि दक्ष जनशक्ति आवश्यक पर्छ । पूर्वाधार निर्माण र सञ्चालनका लागि आवश्यक जनशक्ति नेपालमा अभाव छ । हरेक जस्तो पूर्वाधार परियोजनामा अमेरिकन, युरोपियन लगायतका देशका विज्ञ भनेर आउँछन्, उनीहरूले यति धेरै पैसा लिन्छन् कि त्यो पैसाले नेपालका सयौं मान्छेलाई दिन पुग्छ । नेपालमै नेपाली जनशक्तिको विकास गर्न सक्नुपर्छ । लगानीको कुरा गर्दा बाह्य र आन्तरिकबाट हुने लगानीमा ध्यान दिनुपर्छ । ठूला वा साना पूर्वाधार बनाउँदा यसको गुणस्तरमा पनि ध्यान दिनुपर्छ । अर्बांै रुपैयाँको लगानी हुन्छ तर यसको मर्मतका लागि ध्यान दिइँदैन । लगानी सम्मेलन वा पूर्वाधार सम्मेलन जे हुँदा पनि यसको कार्यान्वयनमा जाँदा आउने चुनौती, समस्या तथा निर्माणको दिगोपनमा ध्यान दिओस् । लगानी गर्ने लगानीकर्ता आफंै–आफैं खोजेर पूर्वाधार निर्माणका लागि आउँछन् । मुख्यतया लगानीकर्ता आऊँ–आऊँ भन्ने वातावरण बनाउनुपर्छ । जबसम्म उचित वातावरण हुँदैन, तबसम्म लगानीकर्ताहरू आउँदैनन् । आन्तरिक रूपमा लगानीका लागि चाहिने सबै किसिमको वातावरण हुनुपर्छ । देखाउँदा सबै कुरा आकर्षक देखाउने तर व्यावहारिक रूपमा त्यो नभए लगानीकर्ता आउने सम्भावना हुँदैन । नेपालमा पूर्वाधार क्षेत्रमा लगानी आउने सम्भावना भएकाले आन्तरिक रूपमा लगानी आउनका लागि उपयुक्त अवस्था सिर्जना हुनुपर्छ । यसका लागि अहिलेका समस्या र अवरोधहरूको पहिचान गरेर त्यसको समाधानका लागि काम हुनुपर्छ । पूर्वाधार परियोजना अघि बढाउनका लागि आवश्यक पर्ने सबै अवयवलाई ठीक र तयारी अवस्थामा राखे लगानीकर्ताहरू आउने सम्भावना धेरै हुन्छ । ०००००००

364
कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६

गत शनिबारबाट लागू हुने गरी मुलुकभर दूधको उपभोक्ता मूल्य प्रतिलिटर ६ रुपैयाँ बढेको छ । मूल्य वृद्धिको विषयलाई लिएर धेरैबाट ‘किसानसम्म मूल्य पुगेमा ठीकै छ’ भन्ने खालको प्रतिक्रिया आइरहेको छ । मूल्य वृद्धिको बहस गर्नुअघि नेपालको दुग्धक्षेत्रको तथ्य पनि उत्तिकै महŒवपूर्ण छ । करिब–करिब आत्मनिर्भरताको बिन्दुमा रहेको दुग्धक्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा मात्र ९ प्रतिशत योगदान गर्छ । प्रतिदिन साढे ३ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह हुने दुग्धक्षेत्रमा उद्योगीको मात्र ३० अर्ब लगानी रहेको अनुमान छ भने उद्योगबाट करिब १ अर्ब राजस्व सरकारलाई जाने गरेको तथ्यांक छ ।

359
भुवन पौडेल
सोमवार, भदौ २३, २०७६

बैंकिङ क्षेत्रको गुरुका रूपमा चिनिएका सञ्जीव सुब्बा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकर एसोसिएसन र एसियन डेभलपमेन्ट बैंकको लगानीमा स्थापना भएको नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) को प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । तत्कालीन ग्रिनलेज बैंकमा आफ्नो व्यावसायिक जीवन सुरु गरेका सुब्बासँग करिब १० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

833
धर्मेन्द्र कर्ण
आइतवार, भदौ २२, २०७६

६ पार्टीको एकीकरणबाट बनेको चुनावबाट तेस्रो ठूलो दल बनेको, महाधिवेशनबाट संरचनात्मक ढाँचामा आइनसकेको र पार्टीको स्वरूप ग्रहण नगरेकै अवस्थामा एकपटक फेरि एकीकरणको माध्यमबाट राजपा अर्को राजनीतिक शक्ति बन्ने प्रक्रियामा अघि बढिरहेको छ । त्यसैले महाधिवेशनका गतिविधि सुस्त छन् । अध्यक्ष–मण्डलीय प्रणालीमा रहेको राजपाका नेताहरूले सम्मान र समानता आधारमा एकीकरण हुनुपर्ने माग अगाडि बढाइरहेका छन् । राजपा आफैं पनि आन्तरिक विवादबाट मुक्त हुन सकेको छैन । विशेष गरी गत वर्ष अध्यक्ष–मण्डलमा संयोजकको चक्रीय प्रणाली अपनाएदेखि विवाद चर्किएको हो ।

1042
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

पेशाले निर्माण व्यवसायी वीरेन्द्रराज पाण्डे निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हुन् । पूर्वाधार निर्माणमा साढे ४ दशक अनुभव बोकेको कम्पनी नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका पाण्डे यस क्षेत्रमा बौद्धिक तथा तार्किक व्यक्तित्वका रूपमा स्थापित छन् । उनको कम्पनीले हाउजिङ तथा सहरी विकास, सडक तथा पुल, खानेपानी स्रोत व्यवस्थापन, सञ्चार नेटवर्क विकास, रेट्रोफिटिङलगायत निर्माणसम्बन्धी परामर्श सेवा पनि प्रदान गर्दछ । पाण्डे नेपाल उद्योग परिसंघले प्रत्येक २ वर्षमा आयोजना गर्दै आएको पूर्वाधार सम्मेलनको तेस्रो संस्करणका संयोजकसमेत हुन् । यसअघिका सम्मेलनमा पनि आयोजकका रूपमा सक्रिय सहभागी पाण्डे तेस्रो सम्मेलनलाई ऐतिहासिक बनाउन जुटेका छन् । मुलुकमा राजनीतिक स्थायित्वको आभाष भएको तथा सरकारले पनि ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान अघि बढाएका बेला पूर्वाधार सम्मेलन मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुनेमा उनी आशावादी छन् । पाण्डेसँग यसअघिका सम्मेलनका उपलब्धि तथा आउने साता हुने सम्मेलनको तयारी एवं नेपालको पूर्वाधार विकासका विविध पक्षका विषयमा कारोबारकर्मी सरस्वती ढकाल र दीपेन्द्र थापाले गरेको कुराकानी :

588
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

सेन्टर फर एसियन फिलान्थ्रोपी एन्ड सोसाइटी (क्याप्स)ले नेपालमा पहिलो पटक डुइङ गुड इन्डेक्सको सर्भेक्षण गर्दैछ । क्याप्सकी प्रमुख कार्यकारी अधिकृत रुथ ए शापिरो (पीएचडी)ले यसै सिलसिलामा केही समय अघि नेपाल भ्रमण गरेकी थिइन् । प्रत्येक २, २ वर्षमा गरिने डुइङ गुड इन्डेक्स सर्भेक्षणको पहिलो संस्करण २०१८ मा प्रकाशित हुँदा नेपाल समेटिएको थिएन । तर सन् २०२० मा प्रकाशित हुने डुइङ गुड इन्डेक्सको दोस्रो प्रतिवेदनमा नेपाललाई समेट्न चौधरी फाउन्डेसनको सहकार्यमा क्याप्सले नेपालमा सर्भेक्षण गरिरहेको छ ।

2304