कारोबार संवाददाता
बुधवार, फाल्गुन १५, २०७५

प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । मंगलबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारी प्रस्तावक तथा अञ्जना विसंखे र मनकुमारी जिसी समर्थक रहेको उक्त सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको हो ।

942
कारोबार संवाददाता
आइतवार, फाल्गुन १२, २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण क्षेत्रमा बिमाको पहुँच पु¥याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव कार्यक्रममा उनले भने, “ग्रामीण जनसमुदायमा बिमाको पहुँच अत्यन्त न्यून छ, अब बिमा कम्पनीहरूले ती ठाउँमा पहुँच पु¥याउने काम गर्नुपर्छ ।”

1049
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले सुदूरपश्चिम, कर्णाली र ५ नम्बर प्रदेशको अभिकर्ता पुनर्ताजकीय तालिम धनगढीमा सम्पन्न भएको छ । उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरी बुधबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

895
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाद्वारा आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । पाताराशि, गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ७ सय १६ जना किसानले क्षतिपूर्ति पाएका हुन् ।

1306
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले नेपालगन्ज शाखा, घोराही शाखा तथा बुटवल शाखा गरी नयाँ तीन शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । नेपालगञ्ज, घोराही तथा बुटवल तीनवटै शाखा कार्यालयहरूको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले आइतबार, सोमबार तथा बुधबार गरेका थिए ।

1081
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम जीवन बिमा योजना ल्याउने क्रममा पारिवारिक खुसीका पलहरूमा आर्थिक सुरक्षाको अनुभूति प्रदान गर्न ‘दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)’ जीवन बिमा योजना चलनमा ल्याएको छ ।

1250
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

बाँके र बर्दियाका १४ सय बढी कुखुरा व्यवसायीले बिमा कम्पनीहरूले कुखुराको बिमा गर्न नमानेको गुनासो गरेका छन् । उनीहरूले आफूले पालेका पन्छीको बिमा नहुँदा ठूलो जोखिम मोलेर व्यवसाय गर्नुपरेको बताएका छन् ।

1002
कृष्ण न्यौपाने
आइतवार, पुष २२, २०७५

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने असहाय एवं आर्थिक रूपमा विपन्न परिवारको स्वास्थ्य बीमा गराउने भएको छ ।

1433
कारोबार संवाददाता
सोमवार, पुष ९, २०७५

सम्पत्ति बिमा शुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ । बिमा समितिले २०५८ सालको सम्पत्ति बिमा निर्देशिका आइतबार परिमार्जन गरेपछि बिमाको शुल्क घट्ने भएको हो । निर्देशिकालाई समय सापेक्ष बनाउन परिमार्जन गरिएको समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले बताए ।

1256
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नेपाल सरकारले चालू आव ०७५/७६ को बजेट वक्त व्यबाट व्यवस्था गरेबमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

1299
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ जीवन बिमा योजना ‘श्रीवृद्घि जीवनबिमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट बिहीबार उक्त जीवनबिमा योजना सार्वजनिक गरिएको हो ।

1364
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

प्राइम लाइफ इन्स्योरेन्सले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई विशिष्ट अतिथिहरू सूचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी र मार्केटिङ विभाग प्रमुख नविन थापा, अतिथि कम्पनिका ५ नं. प्रदेश प्रमुख शिव पौडेललगायत रहेका थिए ।

1277
अमृता राई
सोमवार, पुष २, २०७५

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बैंकान्स्योरेन्ससम्बन्धी सेवा आदान–प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

1226
कारोबार संवाददाता
आइतवार, पुष १, २०७५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे कीर्तिपुरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले गरेका थिए । उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थिति थियो ।

1071
यादव हुमागाई
शुक्रवार, मंसिर २८, २०७५

संघीय बिमा ऐन जारी गर्न ढिलाई भएसँगै बिमा व्यवसाय विस्तारका योजनाहरू समेत ओझेलमा परेका छन् । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले संघीयता अनुसार बिमालाई व्यवस्थित गर्नका लागि विभिन्न कार्यक्रम बनाएपनि ऐनकै कारण कार्यक्रमहरू सुरु हुन सकेका छैनन् ।

1134