कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६

ग्राहकहरूलाइ बिमा सेवाका अतिरिक्त देशको सम्पूर्ण प्रदेशहरूमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालर भरतपुर–१०, चितवनस्थित चितवन मेडिकल कलेजसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । सम्झौतापश्चात् कम्पनीसँग आबद्ध चितवन तथा धनगढीलगायत आसपास क्षेत्रका महानुभावहरू लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त छ ।

708
कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६

सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारअन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानीबापत १४ लाख रुपैयाँबराबरको रकम भुक्तानी गरेको छ ।

673
कारोबार संवाददाता
शुक्रवार, जेठ १७, २०७६

सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजनाअन्तर्गत मृत्यु दाबी भुक्तानीबापत मंगलबार ३ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । बर्दिबास, महोत्तरीमा एक कार्यक्रम गरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले स्वर्गीय श्रिचन महतोको श्रीमती जानकी महतोलाई उक्त रकम एकमुष्ठ भुक्तानी गरेका हुन् ।

551
कारोबार संवाददाता
बिहिवार, जेठ १६, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा कम्पनीहरूको संख्या घटाउनका लागि मर्जरमा प्रोत्साहन गर्ने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७६-७७ को बजेटमार्फत उनले मर्जर हुने कम्पनीलाई दिइने आयकर छुटको व्यवस्था एक वर्षका लागि थप गरिएको उल्लेख गरे । हाल १९ वटा जीवन, २० वटा निर्जीवन र एक पुनर्बिमा गरी ४० वटा बिमा कम्पनीले नेपालमा सेवा दिइरहेका छन् । कम्पनीको संख्या वृद्धिसँगै बिमाको पहुँचको बृद्धिलाई भने अर्थमन्त्री खतिवडाले उपलब्धिका रूपमा ब्याख्या गरे ।

622
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

सानिमा बैंककले, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकवर्गहरूका लागि बिमा योजना ल्याएको छ । यस योजनाअन्तर्गत ६ घातक रोगहरूको रक्षावरण सहितको ३ लाख रुपैयाँ बिमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बिमा बैंकले गरी दिने जनाएको छ ।

866
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

बिमाको पहुँच विस्तारमा उल्लेख्य सुधार भएको छ । आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्ममा बिमाको पहुँच १८ प्रतिशतमा पुगेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै बिमा साक्षरताका कारण बिमामा राम्रो सुधार भएको बताए ।

778
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

आफ्नो ग्राहकहरूलाई बिमा सेवाका अतिरिक्त देशको सम्पूर्ण प्रदेशहरूमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा प्रदेश नं ५, बुटवल–६, रुपन्देहीस्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

574
कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६

ग्राहकवर्गहरूको सुरक्षा र निश्चिन्तताका लागि नवीनतम जीवन बिमा योजनाहरू ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३ औं शाखा कलैया, बारामा सञ्चालन गरेको जनाएको छ ।

569
कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरेका थिए ।

576
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

वीरगन्जमा निर्जिवन बिमा कम्पनी अजोडले आफ्नो कारोबार सुरु गरेको छ । सोमबार वीरगन्जमा क्षेत्रीय कार्यालयको उद्घाटन गरेर कारोबार सुरु गरेको हो । इन्स्योरेन्सको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बिमा कम्पनीहरूलाई बिमा समितिले नै हस्तक्षेप गरेको आरोप लगाए । सेवा बिक्री गर्ने बिमा कम्पनीलाई मूल्य निर्धराण गर्न स्वतन्तता नदिएर बिमा समितिले हस्तक्षेप गर्ने गरेको उनको तर्क छ ।

721
कारोबार संवाददाता
मंगलबार, बैशाख २४, २०७६

ग्राहकलाई बिमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ज्योतिलाइफले भंैसेपाटी, ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालसँग स्वास्थ्य सेवामा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

800
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

खोटाङमा स्वास्थ्य बिमा गर्नेहरूको संख्या १७ हजार नाघेको छ । २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको खोटाङमा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेको स्वास्थ्य बिमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले जानकारी दिए ।

919
कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६

‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ सरकारले घोषणा गरेको स्वास्थ्य बिमा अभियानअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम संखुवासभामा सुरु भएको छ ।

965
लक्ष्मण ढुंगाना
बुधवार, बैशाख १८, २०७६

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमा कम्पनीहरूले जनचेतना जगाएका कारण नेपालमा बिमा गर्नेहरूको संख्या बढ्दै गएको बताएका छन् । पछिल्लो समय नागरिकमा बिमाप्रति आकर्षण बढिरहेको भन्दै उनले ७ प्रतिशतबाट बढेर १८ प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको बताए ।

916
कारोबार संवाददाता
सोमवार, बैशाख १६, २०७६

बीमा समितिले बीमा कम्पनी मर्जरमा लैजान विभिन्न सहुलियत घोषणा गर्दै आइतबार निर्देशिका जारी गरेको छ।

1088