कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको समयमा बिमितहरुले घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइल एपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा सुरु गरेको छ ।

561
कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७

बिमा कम्पनीहरुको विस्तार र सर्वसाधारणमा आकर्षण बढेसँगै सर्वसाधारण नेपालीमा बिमाको पहुँच बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद्मा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै २०७६ फागुनसम्ममा करिव २२ प्रतिशत जनताको पहुँचमा बिमा पुगेको जानकारी दिए ।

715
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी वीरगन्ज शाखाले सहयोग हस्तान्तरण गरेको छ । इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रदेश २ प्रमुख रामरुप सहनीले वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरवागीलाई एक लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

633
कारोबार संवाददाता
आइतवार, जेठ ११, २०७७

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बिमा समितिले कोरोना बिमालेखमा कडाइ गरेको छ । समितिले निर्जीवन बिमा कम्पनीहरूलाई अन्डरराइटिङपछि मात्र बिमालेख जारी गर्न निर्देशन दिएको हो । समितिको निर्देशनअनुसार अब विदेशबाट आएका व्यक्तिहरूले अब सिधै कोरोना बिमा गर्न नपाउने भएका छन् । विदेशबाट आएका मानिसहरूले १५ दिन क्वारेन्टाइन र १५ दिन परिवारसँग घुलमिल भएपछि आरडीटी परीक्षण गराउनुपर्ने र त्यसमा संक्रमण नदेखिएमा मात्र कोरोनाको बिमा गर्न सक्नेछन् । आरडीटी परीक्षणको प्रमाणीकरण स्थानीय तहले गरिदिनुपर्ने व्यवस्थासमेत गरेको छ ।

1236
कारोबार संवाददाता
शुक्रवार, जेठ ९, २०७७

बिमा कम्पनीहरूले अनलाइनमार्फत बिमालेख बिक्री गर्न पाउने भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको र लकडाउनको समयअवधि समेत बढेपछि अनलाईनमार्फत बिमालेख बिक्री गर्न पाउने व्यवस्था गरेको हो ।

987
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बिमा गरेको छ । कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै लघुवित्तले कोरोना भाइरसबाट हुन सक्ने सम्भावित जोखिमको रक्षावरणका लागि प्रतिकर्मचारी १ लाख रुपैयाँ बराबरको सामूहिक कोरोना बिमा गरेको बताइएको छ । वि

778
कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला करिब ६७ हजार सर्वसाधारणले कोरोना भाइरसको बिमा गरेका छन् । गत सातासम्म ५ हजार ५० बिमा लेखबाट ६६ हजार ८ सय ६० जनाको कोरोना बिमा गरिएको नेपाल जीवन बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए । यसबाट बिमा कम्पनीहरुले ३ करोड ६३ लाख बिमा शुल्क संकलन गरेका छ । पछिल्लो समयमा विभिन्न कर्पोरेट हाउसहरुमा कर्मचारीको कोरोना बिमा गर्ने क्रम बढिरहेको छ । यसैगरी सर्वसाधारणले पनि कोरोना बिमालेख खरिद गर्न थालेको पाण्डेले बताए ।

745
कारोबार संवाददाता
सोमवार, जेठ ५, २०७७

कोरोना भाइरस सक्रमण नियन्त्रणका लागि सरकारका जारी गरेको लकडाउनकासँगै सर्वसाधारणको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई शिखर इन्स्योरेन्सले विभिन सामग्री सहयोग गरेको छ ।

516
कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷०७७ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

677
कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

पिपुल्स भोलेन्टियर्स जर्नालिस्ट फोरम (जनस्वयंसेवी पत्रकार मञ्च) ले ३० पत्रकारको एक लाख रुपैयाँको कोरोना बिमा गराएको छ ।

607
कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

शिखर इन्स्योरेन्स १ करोड भन्दा बढीको कोरोना भाइरस बिमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेष्ठ २ गते सम्म शिखर इन्स्योरन्सले करिब १८ सय कोरोेना भाइरस बिमालेख जारी गरी १ करोड १० लाख भन्दा बढीको कोरोनाभाइरस बिमाशुल्क संकलन गरेको छ ।

842
कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷०७७ को तेश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

730
कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७

एभरेष्ट इन्स्योरेन्स कम्पनीले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा कम्पनीले चालु आवको सोही अवधिमा ९ करोड ३१ लाख रुपैयाँ नाफा बढाएको हो । गत आवको चैत मसान्तसम्म कम्पनीले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

692
कारोबार संवाददाता
बिहिवार, बैशाख २५, २०७७

चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बिमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति दश लाख रुपैयाँको स्वास्थ्य बिमा गरेको छ । व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बिमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय बिमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बिमा गरिएको छ ।

666
कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७

राष्ट्रिय बिमा संस्थानले सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ लाख रुपैयाँ जम्मा गरको छ ।

775